Singapore Vs Nepal
Live Score +
Home - समाचार - अज्मलको एकै ओभरमा पारसको ४ छक्का ! ( भिडियो सहित )

समाचार

अज्मलको एकै ओभरमा पारसको ४ छक्का ! ( भिडियो सहित )

Wicketnepal Staff
Editor
  •  
  •  
  •  
  •  
  •  
  •  

टु एक्स क्रिकेट युएसए कपको फाइनलमा पुर्ब बिश्व नम्बर १ एकदिवसीय बलर सईद अज्मलको एकै ओभरमा ४ वटा छक्का प्रहार गरेपछि नेपाली राइनोजका कप्तान पारस खड्काले वाहवाहि बटुलेका छन् ।

अमेरिकाको मुसा क्रिकेट स्टेडीयममा सम्पन्न फाइनलमा हस्टन स्पार्क्सको प्रतिनिधित्व गरेका अज्मललाई पारस खड्काले कुनै मूल्य दिएनन् र एकै ओभरमा २४ रन प्रहार गरे । खेलको १४ औ ओभरमा बलिंग गर्न आएका अज्मललाई पारसले ओभरको पहिलो बलमै छक्का प्रहार गरि स्वागत गरेका थिए ।

टेस्ट क्रिकेटमा पाकिस्तानको लागि सबैभन्दा छिटो १०० विकेट लिने अफस्पिनर अज्मलको पहिलो बलमै छक्का प्रहार गरेपछि पनि पारस रोकिएनन् । ओभरको तेश्रो, पाचौ र छैठौ बलमा पनि पारसले छक्का प्रहार गरे । लगातार बिशाल छक्का प्रहार गरेका पारसको अगाडी बिश्व क्रिकेटका कुनै बेलाका बलिंग जादुगर निरिह देखिए । स्कोरकार्ड हेर्नुस 

पारसले आक्रामक ब्याटिंग गर्दै ३८ बलमा ७७ रनको इनिंग खेल्ने क्रममा कुल ६ चौका र ६ छक्का प्रहार गरे । अज्मलले आफ्नो ४ ओभरमा कुनै पनि विकेट हात पर्न सकेनन् र ५६ रन खर्चे जुन नेपाली राइनोजको जितको लागि महत्वपूर्ण बन्न पुग्यो ।

३५ टेस्टमा १७८ विकेट लिएका अज्मलले अन्तिम पटक गत बर्ष अप्रिलमा बंगलादेशसंग सिरिज खेलेका थिए ।

सन् २०१४ मा आईसीसीले बलिंग याक्सनमा औला ठड्याउदै अन्तर्राष्ट्रिय क्रिकेटमा बलिंग गर्न प्रतिबन्ध लगाएपछि अज्मलले पुनः २०१५ मा बंगलादेश टुरमा पाकिस्तानी टोलिमा पुनरागमन गरेका थिए ।

टु-एक्स युएसए कपमा हस्टन स्पार्कस् टिमबाट पाकिस्तानी विकेटकिपर ब्याट्सम्यान कामरान अकमल पनि खेलेका थिए जसले राइनोज संग १९ रन मात्रै बनाउन सकेका थिए । यस्तै अर्का  पाकिस्तानी रास्ट्रिय क्रिकेटर असद अलिले भने ३ विकेट लिंदै उत्कृस्ट बलिंग गरेका थिए जो प्रतियोगिताकै उत्कृस्ट बलर समेत चुनिए ।

६० हजार डलर पुरस्कार राशीको प्रतियोगिता नेपाली राइनोजले हस्टन स्पार्कसलाई ५४ रनले पराजित गर्दै जितेको हो ।

भिडियो हेर्नुस :- 


  •  
  •  
  •  
  •  
  •  
  •