पारसले उत्कृस्ट बलिंग गर्दा प्रदेश-३ को पहिलो जित



प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको मुलपानी मैदानमा सम्पन्न खेलमा पारस खड्का कप्तानीको प्रदेश-३ ले प्रदेश-५ लाई ६ विकेटले पराजित गरेको छ।

समुह ‘ए’ अन्तर्गत रहेको  प्रदेश-३ को प्रतियोगितामा यो पहिलो जित हो। यस अघि एपीएफसंग प्रदेश-३ ४१ रनले पराजित भएको थियो। अंकतालिका 

खेलमा टस जितेर प्रदेश-३ ले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको प्रदेश-५ ले कमजोर ब्याटिंग गर्ने क्रममा ४२ ओभरमा १२२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। १२३ रनको लक्ष्य प्रदेश-३ ले २१.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

प्रदेश-३ को लागि ओपनर रित गौतम र रबिन जोशीले पहिलो ७२ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। रितले ३७ र रबिनले ३५ रन बनाए। इशान पाण्डेले अविजित २१ र आदील खानले अविजित १२ रन बनाउदै टिमलाई जितसम्म पुर्याए। पारस खड्का १ र अभिषेक बस्नेत २ रन बनाएर आउट भए।

प्रदेश-५ को बलिंगमा अनिल खरेल ( ३-०-२६-२ ) र सिद्धान्त शाहीले ( ४-१-१६-२ ) २/२ विकेट लिए।

पारस खड्का र सुर्य तामांगको उत्कृस्ट बलिंग 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा प्रदेश-५ लाई १२२ रनमा सिमित गर्न कप्तान पारस खड्काले ४ र सुर्य तामांगले ३ विकेट लिए।

पारसले १० ओभरमा ३ मेडन ओभर गर्दै २४ रन खर्चिए भने तामांगलले १० ओभरमा ३ ओभरनै मेडन गर्दै १६ रन खर्चिए। यस्तै नन्दन यादबले २ विकेट ( ८-१-३१-२ ) र प्रतिश जिसीले १ विकेट ( १०-४-२५-१ ) लिए।

प्रदेश-५ को लागि ब्याटिंगमा शुबेन्दु पाण्डेले सर्वाधिक २० रन बनाए भने सुरज दराईले १८, सन्दिप सुनारले १४ र सौरभ खनालले १३ रन बनाए। प्रदेश-३ ले अतिरिक्तको रुपमा २२ रन खर्चेको थियो।

Surya Tamang

( फिचर फोटो , फाइल – पारस खड्का  )





थप समाचार

पुरनको आक्रामक अर्धशतक बाबजुद वेस्टइन्डिज पराजित, पाकिस्तानलाई अग्रता

दोश्रो खेलमा घरेलु टोलि वेस्टइन्डिजलाई ७ रनले पराजित गर्दै पाकिस्तानले ४ खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता लिएको छ। […]

होल्डरको घातक बलिंग, राम्रो सुरुवातका बाबजुद पाकिस्तानको मध्यम योगफल

पाकिस्तानको वेस्टइन्डिज भ्रमण अन्तर्गत ४ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेल जित्न पाकिस्तानले वेस्टइन्डिजलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको […]

द हन्ड्रेड : क्लार्क चम्किंदा म्यानचेस्टरको जित

वेल्स फायरलाई ७ विकेटले पराजित गर्दै म्यानचेस्टर ओरिजिनलले इंग्ल्यान्डमा जारी द हन्ड्रेड लिग अन्तर्गत दोश्रो जित दर्ता गरेको छ। कार्डिफ […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट उडानाको सन्यास

श्रीलंकन क्रिकेटर इसुरु उडानाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। उडाना भारत बिरुद्ध भर्खरै सम्पन्न एकदिवसीय र टि-२० सिरिजमा टिमको […]

बेन स्टोक्सले क्रिकेटबाट लिए ब्रेक

इंग्ल्यान्ड क्रिकेट टिमका स्टार अलराउण्डर बेन स्टोक्सले अचानक  सबै किसिमको क्रिकेटबाट ब्रेक लिने निर्णय लिएका छन्। ३० वर्षीय अलराउण्डरले तत्काल […]

‘द हन्ड्रेड’ भिन्सको कप्तानी इनिंग्समा ब्रेभको पहिलो जित

रोमान्चक खेलमा मोईन अलि कप्तानीको बर्मिङगम फोनिक्सलाई ४ विकेटले पराजित गर्दै जेम्स भिन्स कप्तानीको साउदर्न ब्रेभले ‘द हन्ड्रेड’ लिगमा पहिलो […]