पारसको विकेट पछि नेपाललाई रोहितबाट आशा



आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा स्कटल्याण्डको सामना गरेको नेपालले खराब ब्याटिंग प्रस्तुत गरेको छ।

सुरुवाती ५ विकेट ३९ रनको स्कोरमा ८ ओभरमै गुमाएपछि कप्तान पारस खड्काले अर्धशतक बनाएर सम्हालेको नेपाली इनिंग पारसको विकेट पछि पुनः खराब अवस्थामा पुगेको छ। लिस्ट ‘ए’ क्रिकेटमा हजार रन प्रहार गर्ने क्रममा लिस्ट ‘ए’ को सातौँ अर्धशतक पुरा गरेपछि पारस ६३ रन व्यक्तिगत स्कोरमा आउट भए। ७५ बलको सामना गरेको पारसले १० चौका प्रहार गरेका थिए।

यो समाचार तयार पार्दा नेपालले ३२ ओभरमा १११ रनको स्कोरमा ७ विकेट गुमाएको छ। रोहित पौडेल ११ रन तथा बसन्त रेग्मी ५ रनमा ब्याटिंग गरिरहेका छन्।

यस अघि ओपनर ज्ञानेन्द्र मल्ल ( १ ) र दिलिप नाथ ( ४ ) चाडैनै आउट भएपछि ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरी ( १ ) , शरद भेसावकर ( ० ) तथा आरिफ शेख ( २ ) आउट भएपछि नेपालले ५ जना ब्याट्सम्यानलाई ३९ रनको कुल योगफलमै गुमाएको थियो। पाँचौं विकेट गुमेपछि पारसले सोमपाल कामिसंग छैठौं विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए। सोमपाल २५ औ ओभरमा टिमको योगफल ८१ रन हुँदा व्यक्तिगत १८ रनमा रन आउट भए।

नेपाललाई नाजुक स्थितिमा पुर्याउन स्कटल्याण्ड ओपनिंग बलर स्टुवार्ट व्हिटिंगघमले ३ विकेट लिने क्रममा दिलिप नाथ, दिपेन्द्र ऐरी र शरद भेसावकरलाई पेभेलियन पठाए । यस्तै सफ्यान शरिफ र रिचीबेरिंगटनले समान १/१ विकेट हात पारेका छन्।

प्रतियोगिताको पहिलो २ खेलमा स्कटल्याण्डले अफगानिस्तान र हंगकंगलाई पराजित गरिसकेको छ भने नेपालले पहिलो खेलमा जिम्बाबेसंग हार बेहोरेको थियो।

स्कोरकार्ड

 

 





थप समाचार

काठमाडौँ मेयर कपमा सन्दिपले मेयर-११ टिमको कप्तानी गर्ने, कहिले छ खेल

फाल्गुन २२ गते देखी काठमाण्डौमा सुरु हुने पहिलो संस्करणको काठमाण्डौ मेयर कप एकदिवसीय राष्ट्रीय प्रतियोगितामा स्टार लेग स्पिनरसन्दीप लामिछानेले काठमाण्डौ […]

काठमाडौँ मेयर कप : दुई सोनुलाई मौका दिंदै बागमती प्रदेश टिमको घोषणा

फाल्गुन २२ गते शनिवार देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको ‘काठमाडौँ मेयर कप’ राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघले […]

रुपन्देही सुपर लिग : अनिल खरेलले ५ विकेट लिंदा वेष्टर्न विजयी, देवदह घटुवा

प्रकाश न्यौपाने, भैरहवा, फागुन २० रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार डिभिजन ‘ए’को खेलमा […]

काठमाडौँ मेयर कपको प्रत्यक्ष प्रशारणको लागि क्यान र डीश मिडिया विच सम्झौता

यही फाल्गुन २२ गते देखि काठमाडौँमा सुरु हुने काठमाडौँ मेयर कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको प्रशारणको लागि नेपाल क्रिकेट संघ र […]

स्पिनर बिरुद्ध कमजोर इंग्ल्यान्ड २०५ मै सिमित

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत चौथो तथा अन्तिम टेस्ट नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सुरु भएको छ। सिरिजमा भारत २-१ ले अघि […]

पीएसएल रोकियो, खेल नखेली फर्कने भए सन्दिप लामिछाने

पछिलो केहि दिन देखि कोभीड-१९ को बढ्दो पोजेटिभ केसहरुका कारण पाकिस्तानको कराचीमा जारी पाकिस्तान सुपर लिग २०२१ तत्काल लागु हुने […]