धोनीलाई लक्षित गर्दै पठानको व्यंग्यात्मक ट्वीट “कसैको लागि उमेर अंक मात्रै, अरुको लागि खेल छोड्ने कारण”



क्रिकेट प्रेमीहरुले शुक्रबार चेन्नाई सुपर किंग्स र सनराइजर्स हैदरावाद बीचको खेलमा महेन्द्र सिंह धोनीको थकित रुप देखे। क्रिकेट पिचको सबैभन्दा छिटो दगुर्नको लागि परिचित मध्येका एक ब्याट्सम्यान धोनीले स्ट्राइक रोटेट गर्न संघर्ष गरे। संघर्षका बाबजुद धोनीले अविजित ३६ बलमा ४७ रन बनाए।

चेन्नाईले १६५ रनको लक्ष्य पछ्याउने २० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो। ७ रनको हार लिगमा चेन्नाईको लगातार तेश्रो हार थियो। धोनी र रभिन्द्र जडेजा ( ५० ) ले प्रयास गरेता पनि जित हाँसिल गर्ने लक्ष्यमा असफल रहे।

सामाजिक संजालमा चेन्नाईको हार र धोनीको संघर्ष पछि धोनीको फिटनेसलाई लिएर ठूलो आलोचना भएको छ। चेन्नाई कप्तान १ वर्ष भन्दा बढी समय पछि क्रिकेटमा फर्केका हुन्। आईपीएल अघि अन्तिम पटक उनले विश्वकपको सेमीफाइनलमा न्युजिल्यान्ड बिरुद्ध खेलेका थिए।

यही सन्दर्भमा भारतीय क्रिकेट टिमका पूर्व फास्ट बलर इरफान पठानले व्यंग्यात्मक ट्वीट गरेका हुन्। यद्दपी पठानले कसैको नाम भने लिएका छैनन्। तर ट्वीटको आशय हेर्दा भारतीय पूर्व कप्तानलाई लक्षित गरेको जो कसैले बुझ्न सक्छ।

पठानले लेखेका छन् – “कसैको लागि उमेर अंक मात्रै हो तर अरुको लागि खेल छोड्नु पर्ने कारण …”

पठानको ट्वीटले धोनीलाई लक्षित गर्दै आफ्नो भारतको लागि आफ्नो करियर लामो नहुनुको असन्तुष्टि पनि लुकेको थियो। भारतको लागि २९ टेस्ट, १२० वानडे र २४ टि-२० खेलेका पठानले अन्तिम पटक भारतको लागि २०१२ मा खेलेका थिए। तर त्यसपछि उनले टिममा कमब्याक गर्न सकेनन् र ३६ वर्षीय खेलाडीले यसै वर्ष जनवरीमा सन्यास घोषणा गरे। यो अनुमान लगाउन सकिन्छ कि उनले भारतीय टिममा कम्ब्याक नगर्नुको पछाडी उनको फिटनेसलाई दोष दिईएको थियो जति बेला टिम कप्तान धोनी थिए। धोनी कप्तान हुँदा उनले फिट नभएको भन्दै ठूला खेलाडीहरुलाई टिम बाहिरको बाटो देखाएका थिए। कारण जे होस् तर पठानले धोनीलाई भने नाम नलिएरै आलोचना गरेका छन्।

पठानको ट्वीटलाई अर्का भारतीय पूर्व क्रिकेटर हरभजन सिंहले पनि समर्थन गर्दै १ करोड प्रतिशत सहमत भन्दै रिप्लाई गरेका छन्।

हैदरावादसंगको खेलको दौरान पनि धोनीको अवस्था बारे कमेन्टेटरहरुले चासो व्यक्त गरेका थिए। तर खेल पछि धोनीले संघर्षको कारण बारे प्रश्न गर्दा स्पष्टीकरण दिए। धोनीले युएईको परिस्थितिको कारणले त्यस्तो भएको र चिन्ता गर्नु पर्ने केहि नभएको बताए।

“मैले उपलब्ध भएसम्म समय लिने प्रयास गरे। परिस्थिति एकदमै सुक्खा थियो त्यसैले घाँटी सुक्यो जसपछि खोकी लाग्न थाल्यो। तपाईसंग समय लिने अधिकार छ भने टाईम-अफ लिन मिल्छ।”

लक्ष्य पछ्याउने क्रममा आवस्यक रन गति बढ्दै गए पनि धोनीले सुस्त सुरुवात गरेका थिए जुन क्रममा १८ औं ओभरसम्म २७ बलमा मात्र २४ रन बनाएका थिए। त्यो अवस्थामा खेल जित्न २ ओभरमा ४४ रन आवस्यक रहेको थियो। धोनीले आक्रामक ब्याटिंग गर्न नसक्नुको कारण बारे बोल्दै बताए –

“मैले बललाई बीचमा लगाउन सकिरहेको थिईन। म जोडले हिर्काउन खोजिरेको थिए। विकेट सुस्त हुँदा त्यो भन्दा टाईमिंग मिलाउनु बढी आवस्यक थियो। मैदान हेर्दा अवचेतनमा कडा सट खेल्नुपर्छ भन्ने थियो। सक्दो समय लिने प्रयास गरे।”

धोनीले अविजित ३६ बलमा ४७ रन बनाए पनि इनिंगको सुरुवात सुस्त गरेका थिए

लिगमा २०१४ पछि पहिलो पटक चेन्नाई लगातार ३ खेलमा पराजित भएको हो। हार पछि धोनीले आफ्नो फिल्डर र बलरहरुलाई पनि लक्षित गर्दै प्रतिक्रिया दिए। उनले खेलमा छुटेको क्याच र बलरहरुले गरेको नो बल स्वीकार्य नभएको बताए –

“हामीले क्याच लिनु पर्छ भने नो बल गर्नु हुँदैन। ति कुराहरु नियन्त्रण गर्न सकिन्छ। कसैले पनि क्याच ड्रप गर्न चाहदैन यो स्तरमा। त्यस्तो क्याचहरु हामीले लिनुपर्छ अझ टिमले राम्रो नगरिरहेको बेला। क्याचले तपाईलाई नकआउट खेलहरुमा ठूलो असर गर्न सक्छ। त्यसैले हामि उत्कृस्ट हुनु जरुरि छ। ”

चेन्नाईले लिगमा आगामी खेल आइतबार किंग्स ११ पन्जाब बिरुद्ध खेल्नेछ।

आईपीएल खेल्न युएई उडे स्टोक्स, को संग खेल्ने छन् पहिलो खेल

टि-२० क्रिकेट सुधार गर्न शेन वार्नले दिए ३ सुझाव

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड

चेन्नाईको लगातार तेश्रो हारपछि धोनीले के भने





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]