प्रम कप : पवन सर्राफको १३ बलमा अर्धशतक



काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार लुम्बिनी प्रदेश बिरुद्धको खेलमा नेपाल पुलिस क्लबका ब्याट्सम्यान पवन सर्राफले मात्र १३ बलमा अर्धशतक बनाउदै नयाँ कीर्तिमान बनाएका छन्।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा टस हारेर ब्याटिंग गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३१० रन बनाएको छ।

यस क्रममा ४८ औं ओभरमा दिपेन्द्र ऐरी आउट भएपछि ब्याटिंग गर्न आएका दायाँ हाते ब्याट्सम्यान सार्रफले अपत्यारिलो ब्याटिंग गर्दै अर्धशतक बनाए।

पहिलो ओभरमा १ रन र चौका प्रहार गर्दै २ बलमा ५ रन बनएका सर्राफले लेग स्पिनर बिक्रम भुसालले गरेको ४९ औं ओभरको तेश्रो र पाँचौ बलमा छक्का हिर्काए। ४९ ओभर समाप्तिमा ७ बलमा २२ रन बनाएका सर्राफले ५० औं ओभरमा सौरभ खनाल बिरुद्ध अझ आक्रामक ब्याटिंग गरे। खनालले गरेको पहिलो ३ बलमा सर्राफले छक्का हिर्काए। त्यसपछि चौथो र पाँचौ बलमा २/२ रन लिएका उनलाई अन्तिम बलमा अर्धशतक पुरा गर्न ६ रन आवस्यक रहेको थियो। अन्तिम बलमा सर्राफले छक्का हिर्काउदै १३ बलमा अर्धशतक पुरा गरे।

सर्राफको इनिंग्स : १ , ४ , २ , ६ , २ , ६ , १ , ६ , ६, ६ , २ , २ ६

खेलको ४० ओभरमा १७८ रन बनाएको पुलिसले अन्तिम १० ओभरमा १३२ रन बनायो। यस्तै अन्तिम ५ ओभरमा पुलिसले ८२ रन बनायो।

यस अघि पुलिसका ओपनिंग ब्याट्सम्यान सुनिल धमलाले घरेलु क्रिकेटमा पहिलो शतक बनाउने क्रममा १४५ बलमा ७ चौका र १ छक्का मद्दतले १०४ रन बनएका थिए। यस्तै दिपेन्द्र ऐरीले ६१ बलमा ६ छक्का र १ चौका मद्दतले ८५ रन बनाए।

खेलको स्कोरकार्ड 





थप समाचार

पीएसएल : खेलाडीलाई कोरोना देखिएपछि इश्लामावाद र क्वेटा बीचको खेल स्थगित

पाकिस्तान सुपर लिग अन्तर्गत क्वेटा ग्ल्याडीएटर्स र इश्लामावाद युनाइटेड बीच सोमबार रातिको खेल १ दिन सारिएको छ। इश्लामावाद युनाइटेडका अस्ट्रेलियन […]

एलपीएल स्कुल क्रिकेट : गजेन्द्र चम्किदा हिमालयन ह्याइट हाउस विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज भएका खेलमा रुपन्देहीको […]

रुपन्देही सुपर लिग : बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा

प्रकाश न्यौपाने, भैरहवा, फागुन १७ भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन […]

मेयर कप : ‘काठमाडौँ मेयर-११’ टिमको घोषणा, लुम्बिनीबाट सर्वाधिक ५ खेलाडी

फाल्गुन २२ गते देखि काठमाडौँमा सुरु हुने काठमाडौँ मेयर कप पहिलो संस्करणको लागि ‘काठमाडौँ मेयर-११’ टिमको घोषणा गरिएको छ। यही […]

गौतम बुद्ध रंगशालाको लागि ‘मेरो कुर्सि’ अभियानको घोषणा, ३ अर्ब रुपैयाँ संकलन हुने आशा

चितवनको भरतपुर नगरपालिका वडा नबर-१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ अभियानको घोषणा […]

न्याभ कप अस्ट्रेलिया : एक्स्पर्ट सगरमाथालाई उपाधि

अस्ट्रेलियाको नेपाल एसोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित १६ औं संस्करणको न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि एक्स्पर्ट सगरमाथा स्टार्स क्लबले जितेको छ। […]