प्रम कप : कमल सिंह ऐरी प्रतियोगिताकै उत्कृस्ट, कसले के अवार्ड जिते



नेपाल एपीएफ क्लबका फास्ट बलर कमल सिंह ऐरी प्रधानमन्त्री कप पुरुष एकदिवसीय रास्ट्रिय प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका छन्।

एपीएफलाई ३३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले दोश्रो पटक प्रतियोगिताको उपाधि जित्न सफल रह्यो। आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफले १७८ रन मात्र बनाउन सक्यो।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका एपीएफका दायाँ हाते फास्ट बलर ऐरीले प्रतियोगिताभर ६ खेल खेल्ने क्रममा १० विकेट लिए। यस क्रममा ऐरीले १८.१० को औशत र ३१.८ को स्ट्राइक रेटले बलिंग गरे भने ३.४१ रन प्रतिओभर खर्चिए। ऐरीले प्राय विकेट माथिल्लो क्रमको ब्याट्सम्यानको लिएका थिए।

ऐरीले दोश्रो खेलमा गण्डकी प्रदेश बिरुद्ध प्लेयर अफ द म्याच चुनिने क्रममा ४ विकेट लिएका थिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै मात्र ११ रन खर्चेका थिए। यस्तै समुह चरणमा आर्मी बिरुद्ध एपीएफको जितमा पनि उनि प्लेयर अफ द म्याच चुनिने क्रममा ३ विकेट लिएका थिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ३१ रन खर्चेका थिए। यस्तै पुलिस क्लब बिरुद्ध सेमीफाइनलमा उनले २ विकेट लिनुको साथै १३ बलमा १९ रन समेत बनाएका थिए। फाइनलमा ऐरीले आर्मी बिरुद्ध १ विकेट लिए।

उत्कृस्ट खेलाडी चुनिएका ऐरीले ५० हजार रुपैयाँ प्राप्त गरे।

कमल सिंह ऐरी

शाहब आलम उत्कृस्ट बलर  

विजेता टिम त्रिभुवन आर्मी क्लबका देब्रे हाते स्पिनर शाहब आलम प्रतियोगिताकै उत्कृस्ट बलर चुनिए। आलमले प्रतियोगिताको ५ खेलमा १२ विकेट लिए जुन क्रममा उनको औशत १२.६६, स्ट्राइक रेट २२.८ रह्यो भने ३.३२ प्रतिओभर रन खर्चिए।

आलमले यस क्रममा फाइनलमा एपीएफ बिरुद्ध २८ रन खर्चेर ३ विकेट लिए। यस्तै समुह चरणमा आलमले कर्णाली बिरुद्ध ४४ रन खर्चेर ३ विकेट, एपीएफ बिरुद्ध २३ रन खर्चेर २ विकेट तथा प्रदेश-१ बिरुद्ध २३ रन खर्चेर ४ विकेट लिए। बागमती प्रदेश बिरुद्ध सेमीफाइनलमा उनि विकेटविहिन रहेका थिए।

उत्कृस्ट बलर आलमले २५ हजार रुपैयाँ प्राप्त गरे।

प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका आलम फेब्रुअरी ९ देखि नेपाली राष्ट्रिय टिमले गर्ने कतार भ्रमणको लागि घोषित १८ सदस्यीय टिममा पर्न सफल भएका छन्।

उपविजेता टिम एपीएफ क्लबका फास्ट बलर अविनाश बोहराले ५ खेलमा १० को औशत र २०.५ को स्ट्राइक रेटमा १४ विकेट लिएका अविनाश बोहराले उत्कृस्ट बलर अवार्ड पाएनन्। बोहराले फाइनलमा ४ विकेट लिए। प्रतियोगितामा बागमती प्रदेशका पेसर गौतम केसीले ११ विकेट, कमल सिंह ऐरी, रामनरेश गिरि र सुशन भारिले समान १० विकेट लिए।

शाहब आलम

पृथु बास्कोटा उत्कृस्ट ब्याट्सम्यान

बागमती प्रदेशका ब्याट्सम्यान पृथु बास्कोटा प्रतियोगिताकै उत्कृस्ट ब्याट्सम्यान चुनिए। पृथुले ५ खेलमा २ अर्धशतक प्रहार गर्दै प्रतियोगिताकै सर्वाधिक २१५ रन बनाए। यस क्रममा पृथुले ७१.६६ को औशत र ७७.३३ को स्ट्राइक रेटमा रन बनाए।

पृथुले समुह चरणमा नेपाल पुलिस क्लब बिरुद्ध अविजित ४८ रन, सुदूरपश्चिम बिरुद्ध ८४ रन, प्रदेश-२ बिरुद्ध अविजित ५३ रन तथा लुम्बिनी प्रदेश बिरुद्ध २९ रन बनाएका थिए। सेमीफाइनलमा भने पृथुले आर्मी बिरुद्ध १ रन मात्र बनाउन सकेका थिए।

उत्कृस्ट ब्याट्सम्यान चुनिए वापत पृथुले २५ हजार रुपैयाँ प्राप्त गरे।

पृथु पछि प्रतियोगितामा सर्वाधिक रन एपीएफका आसिफ शेखले बनाए जसले ५ खेलमा ३ अर्धशतक मद्दतले २०६ रन बनाए। राजेश पुलामीले २०४ रन, सुनिल धमलाले १९० रन, सौरभ खनालले १८२ रन तथा सन्दिप जोराले १८१ रन बनाए।

विवेक यादव

बिबेक यादव उदयमान खेलाडी 

प्रदेश नम्बर-२ का अलराउण्डर विवेक यादवलाई उदयमान खेलाडीको अवार्ड प्रदान गरिएको छ। टिम असफल भएता पनि यादवले उत्कृस्ट अलराउण्ड प्रदर्शन गर्ने क्रममा ४ खेलमा १६७ रन बनाउनुको साथै ४ विकेट पनि लिए।

नेपाली यु-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका यादवले तल्लो क्रममा ब्याटिंग गरेता पनि २ अर्धशतक प्रहार गरे। यस क्रममा उनले लुम्बिनी प्रदेश बिरुद्ध ५१ रन, बागमती प्रदेश बिरुद्ध ६६ रन तथा सुदुरपश्चिम प्रदेश बिरुद्ध ४१ रन बनाए। यादवले नेपाल पुलिस क्लब बिरुद्ध ३ विकेट लिएका थिए।

उदयमान खेलाडी चुनिएवापत यादवले १५ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको उत्कृस्ट प्रदर्शनकै कारण यादवलाई नेपालको कतार भ्रमणको लागि १८ सदस्यीय प्रारम्भिक टिममा समाबेश गरिएको छ।

प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्लबले १० लाख तथा उपविजेता एपीएफले ५ लाख रुपियाँ प्राप्त गर्यो। सेमीफाइनलबाट बाहिर भएका बागमती प्रदेश र नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ प्राप्त गर्यो।





थप समाचार

पीएसएल : खेलाडीलाई कोरोना देखिएपछि इश्लामावाद र क्वेटा बीचको खेल स्थगित

पाकिस्तान सुपर लिग अन्तर्गत क्वेटा ग्ल्याडीएटर्स र इश्लामावाद युनाइटेड बीच सोमबार रातिको खेल १ दिन सारिएको छ। इश्लामावाद युनाइटेडका अस्ट्रेलियन […]

एलपीएल स्कुल क्रिकेट : गजेन्द्र चम्किदा हिमालयन ह्याइट हाउस विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज भएका खेलमा रुपन्देहीको […]

रुपन्देही सुपर लिग : बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा

प्रकाश न्यौपाने, भैरहवा, फागुन १७ भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन […]

मेयर कप : ‘काठमाडौँ मेयर-११’ टिमको घोषणा, लुम्बिनीबाट सर्वाधिक ५ खेलाडी

फाल्गुन २२ गते देखि काठमाडौँमा सुरु हुने काठमाडौँ मेयर कप पहिलो संस्करणको लागि ‘काठमाडौँ मेयर-११’ टिमको घोषणा गरिएको छ। यही […]

गौतम बुद्ध रंगशालाको लागि ‘मेरो कुर्सि’ अभियानको घोषणा, ३ अर्ब रुपैयाँ संकलन हुने आशा

चितवनको भरतपुर नगरपालिका वडा नबर-१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ अभियानको घोषणा […]

न्याभ कप अस्ट्रेलिया : एक्स्पर्ट सगरमाथालाई उपाधि

अस्ट्रेलियाको नेपाल एसोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित १६ औं संस्करणको न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि एक्स्पर्ट सगरमाथा स्टार्स क्लबले जितेको छ। […]