प्रम कप : आज दुईवटा खेलहरु हुँदै



काठमाण्डौमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन दुईवटा खेलहरु हुनेछन्।

टियु मैदानमा समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। यस्तै मुलपानी मैदानमा समुह ‘ए’ अन्तर्गत गण्डकी प्रदेश र प्रदेश-१ ले प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल विहान ९ बजे सुरु हुनेछ।

बागमती प्रदेशले प्रतियोगिताको सुरुवात डिफेन्डिङ च्याम्पियन विभागीय टोलिलाई ७ विकेटले पराजित गर्दै गरेको छ। सुदूरपश्चिम बिरुद्धको जितले बागमतीको सेमीफाइनल यात्रा सहज हुन सक्छ। सुदूरपश्चिमले प्रतियोगिताको सुरुवात जितको साथ गर्न ज्ञानेन्द्र मल्ल कप्तानीको टिमलाई पराजित गर्नुपर्नेछ।

गण्डकी प्रदेशले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसंग हार बेहोरीसकेको छ जसपछि सेमीफाइनल पुग्ने आशा मजबुत राख्न जित आवस्यक रहेको छ। प्रदेश-१ ले पनि आर्मीसंग हार बेहोरेकोले जितको साथ पुनरागमन गर्दै प्रतियोगितामा अघि बढ्न चाहन्छ।

कुन टिममा को-को खेलाडीहरु छन् :-

बागमती प्रदेश : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , पारस खड्का, इशान पाण्डे, रामनरेश गिरि, दिपेश श्रेष्ठ, आकाश थापा, आदील खान, बिभत्सु थापा, आदील खान, गौतम केसी, अरियो पौडेल, तिलक राज भण्डारी, बिपिन आचार्य, नन्दन यादव

प्रदेश-१ : सिद्धान्त लोहनी ( कप्तान ) , फिर्दोश अन्सारी, मिनाश थापा, दिपक पासवान, राजन मगर, शुभांकर उराउ, दिपेश कंडेल, श्रवल यादव, सोनु मण्डल, जोशक खड्का, बिबेक मेहता, मनोज तामांग, ज्ञानेन्द्र श्रेष्ठ, हेमन्त राई

गण्डकी प्रदेश : बिपिन खत्री ( कप्तान ) अशोक श्रेष्ठ (उपकप्तान), दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे, अभिषेक थापा, सुभाष भण्डारी, समिर कडेल, अर्जुन कुमार, विशाल पौडेल, विष्णु पाण्डे, दिनेश वुढामगर

सुदूरपश्चिम प्रदेश : सन्तोष भट्ट ( कप्तान ) , खडक बहादुर बोहरा ( उपकप्तान ) , अर्जुन साउद, अरुण ऐरी, गजेन्द्र बोहरा, संजु दमाई, सुरज तिरुवा, किरण ठगुन्ना, बिनोद लामा, शेर लामा, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउद, भोजराज भट्ट

प्रतियोगिताको खेलतालिका , अंकतालिका 





थप समाचार

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]

प्रधानमन्त्री कप टि-ट्वान्टीको उपाधि एपीएफलाई

फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल एपीएफ क्लबले उचालेको छ । […]

शक्ति गौचन पराजित

पूर्व स्टार राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै हरि बहादुर थापा रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका छन्। बुधबार […]

BBL : सन्दिप सिजनकै महँगो सावित, म्याक्सवेल र मेलबर्नको नयाँ कीर्तिमान

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने आफ्नो चौधौं खेलमा महँगो सावित […]