प्रदिप ऐरीको उत्कृस्ट इनिंगमा एपीएफको १८५, पुलिसको लागि अमितको अर्धशतक



प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार २ खेल भइरहेका छन्।

मुलपानी मैदानमा जारि खेलमा विभागीय टोलि एपीएफ र प्रदेश-५ तथा टियु मैदानमा जारि खेलमा नेपाल पुलिस क्लब र प्रदेश-२ ले प्रतिस्पर्धा गरिरहेका छन्।

शशस्त्र प्रहरी बलले प्रदेश-५ लाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिंग गरेको शशस्त्र प्रहरीको लागि प्रदिप ऐरीले सर्वाधिक अविजित ७७ रन बनाए। तेश्रो नम्बरमा ब्याटिंग गरेका ऐरीले १३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दिप जोराले २२, शरद भेसावकरले १४, भुवन कार्कीले १३ तथा आसिफ शेखले ११ रन बनाए।

प्रदेश-५ को लागि कृष्ण कार्कीले सर्वाधिक ३ ( ८.४-१-३२-३ ) , सन्दिप सुनारले ( १०-१२६-२ ) विकेट लिए भने बिक्रम भुसाल ( ९-२-२८-१ ) , सिद्धान्त शाही ( ७-०-२९-१ ) र अनिल खरेल ( ९-०-४६-१ ) ले १/१ विकेट लिए। स्कोरकार्ड 

एपीएफले यस अघि खेलेको ३ वटै खेलमा जित हाँसिल गर्दै समुह ‘ए’ बाट सेमीफाइनलमा स्थान बनाईसकेको छ। प्रदेश-५ ले २ खेल खेल्दा १ हार र १ खेल मा सुदुरपश्चिमसंग अंक बाँडेको थियो। आज जित हाँसिल गर्दै सेमीफाइनल सम्भावना प्रदेश-५ ले जीवित राख्न चाहन्छ।

 अमित श्रेष्ठको अर्धशतक 

टियु मैदानमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले प्रदेश-२ बिरुद्ध ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २५३ रनको योगफल तयार गरेको छ।

पुलिसको लागि अमित श्रेष्ठले सर्वाधिक ५० ( ४२ बलमा ५ चौका र १ छक्का ) बनाए। यस्तै सुनिल धमलाले ४३ ( ७७ बलमा ३ चौका ) , अनिल साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए।

Amit Shrestha

प्रदेश-२ को लागि संसाद शेखले ४ विकेट ( १०-०-४१-४ ) , राशिद खानले २ विकेट ( ६-०-४०-२ ) तथा कुमार थापा ( ९-०-५९-१ ) र मेहबुब आलमले ( ३-०-१२-१ ) १/१ विकेट लिए। स्कोरकार्ड 

आज जित हाँसिल गरे पुलिस समुह विजेताको रुपमा समुह ‘बि’ को सेमीफाइनलमा प्रवेश गर्ने छ।  अँकतालिका 

 





थप समाचार

T20WC : वेस्टइन्डिजको विश्वकप इतिहासकै लज्जास्पद ब्याटिंग, रशिदको घातक बलिंग

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको दोश्रो खेलमा इंग्ल्यान्डसंग प्रतिस्पर्धा गरिरहेको डिफेन्डिङ च्याम्पियन वेस्टइन्डिजले आफ्नो विश्वकप इतिहासकै लज्जास्पद ब्याटिंग गरेको छ। […]

T20WC : भारतसंग खेल अघि पाकिस्तान कप्तान बाबर आजमको आत्मविश्वास

क्रिकेट विश्वकप इतिहासमा पाकिस्तानले भारत बिरुद्ध हालसम्म जित दर्ता गर्न सकेको छैन। टि-२० विश्वकपको इतिहास कोट्याउने हो भने पनि ५ […]

T20WC : अस्ट्रेलियाद्वारा दक्षिण अफ्रीका पराजित

दक्षिण अफ्रीकालाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले टि-ट्वान्टी विश्वकप २०२१ को सुपर-१२ चरणमा विजयी सुरुवात गरेको छ। युएईको अबुधाबी स्थित […]

T20WC : कोहलीद्वारा पाकिस्तान टिमको तारिफ “पाकिस्तान निकै बलियो टिम हो”

पाकिस्तानसंग आईतबार पहिलो खेल खेल्दै टि-ट्वान्टी विश्वकपको सुरुवात गर्नु अघि भारतीय कप्तान बिराट कोहलीले इतिहास भारतको पक्षमा रहेता पनि वर्तमान […]

जापान : एम्बेसी कपको लागि नेपाली टिमको घोषणा

जापान क्रिकेट एसोसियसनद्वारा आयोजना हुँदै आइरहेको एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता खेल्नको लागि नेपाल एम्बेसीको तर्फबाट आफ्नो टिम घोषणा गरिएको छ। […]

T20WC : अस्ट्रेलियाबिरुद्ध दक्षिण अफ्रीकाको कमजोर ब्याटिंग

टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको पहिलो खेलमा दक्षिण अफ्रीका र अस्ट्रेलिया बीच युएईको शेख जायद स्टेडियम अबुधाबीमा सुरु भएको छ। […]