भण्डारी र पुलामी चम्किदा आर्मीद्वारा गण्डकी सहजै पराजित



विभागीय टोलि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

समुह ‘ए’ अन्तर्गत टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्यो। आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले ४८ ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो।

स्कोरकार्ड 

गण्डकीको लागि समिर कंडेलले सर्वाधिक ५० रन, बिपिन खत्रीले अविजि ३७, अर्जुन कुमालले ३६ रन तथा दिपक डुम्रेले २६ रन बनाए।

ओपनर दिपेश खत्री १ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर अर्जुन कुमालले समिर कंडेलसंग ५२ रनको साझेदारी गरे। १७ औं ओभरमा कुमाललाई रोहित पौडेलले क्याच आउट गराए। तेश्रो विकेटको लागि समिरले दिपक डुम्रेसंग ६० रनको साझेदारी गरे। ३१ औं ओभरमा डुम्रेलाई भिम शार्कीले क्याच आउट गराएपछि भने गण्डकीले लगातार विकेट गुमाउन पुग्यो। कप्तान बिपिन खत्रीले अविजित ३७ रन बनाएता पनि अर्को किनारमा लगातार विकेट गुम्न पुग्दा ४८ ओभरमा गण्डकीले सम्पूर्ण विकेट गुमाउन पुग्यो। लेग स्पिनर राजेश पुलामीले पुछारका ब्याट्सम्यानहरुलाई क्रिजमा लामो समय टिक्न दिएनन्।

Arjun Kumal

आर्मीको बलिंगमा राजेश पुलामीले ५ विकेट लिने क्रममा ९ ओभरमा २ मेडन ओभर गर्दै २५ रन खर्चिए। यो पुलामीको व्यक्तिगत उत्कृस्ट स्पेल समेत हो। भिम शार्कीले ३ विकेट ( ७-०-२६-३ ) लिए भने आर्मीको लागि डेब्यु गरेका आकाश चन्द ( ४-१-१२-१ ) र रोहित पौडेल ( ७-२-३५-१ ) ले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाएको थियो।

आर्मीका ओपनर हरिकृष्ण झा र राजु रिजालले ६३ रनको ओपनिंग साझेदारी गरे। १९ औं ओभरमा झालाई बिपिन खत्रीले क्याच आउट गराए। त्यस पछि आर्मीले लगातार विकेट गुमाउन पुग्यो। बिपिनले २१ औं ओभरमा राजु रिजाललाई एलबिडब्लु आउट गराए। २२ औं ओभरमा रोहित पौडेल र २६ औं ओभरमा भिम शार्कीलाई बिशाल पौडेलले पेभेलियन फर्काए।

१११/४ को अवस्थामा पुगेको आर्मीको इनिंगलाई कप्तान बिनोद भण्डारीले उकासे। भण्डारीले पाँचौ विकेटको लागि राजेश पुलामीसंग ७३ रनको साझेदारी गरे। ४० औं ओभरमा पुलामीलाई दिपेश खत्रीले क्याच आउट गराए। त्यसपछि भण्डारीले लोकेश बमसंग शतकीय साझेदारी गरे। १० ओभरमा दुवैले १०३ रनको साझेदारी गरे। इनिंग्सको अन्तिम बलमा लोकेश बमलाई चन्द्र पौडेलले स्टम्प आउट गरे।

गण्डकी प्रदेशको बलिंगमा बिपिन खत्री ( १०-१-७५-२ ) र बिशाल पौडेल ९ १०-०-५७-२ ) ले समान २ विकेट तथा दिपेश खत्री ( १०-१-३४-१ ) र चन्द्र पौडेल ( १०-०-६३-१ ) ले समान १ विकेट लिए।

Binod Bhandari

आर्मीको लागि कप्तान बिनोद भण्डारीले शतकीय योगदान दिए। करियरकै पहिलो शतक बनाउने क्रममा भण्डारीले ७६ बलमा ९ चौका र ५ छक्का मद्दतले अविजित १११ रन बनाए। उनले ७३ बलमा शतक पुरा गरेका थिए जुन क्रममा ४९ औं ओभरमा अमृत गुरुङको छैठौं बलमा १ रन लिएका थिए।

आर्मीको लागि राजु रिजालले ४५ रन, लोकेश बमले ४२ रन, राजेश पुलामीले ३८ रन, भिम शार्कीले १५ रन, हरि कृष्ण झाले १४ रन योगदान दिए।

प्रतियोगिता अन्तर्गत शनिवार टियु मैदानमा समुह ‘ए’ अन्तर्गतनै हुने एक मात्र खेलमा विभागीय टोलि एपीएफ क्लब र प्रदेश-१ ले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

गौतम बुद्ध रंगशालाको लागि ‘मेरो कुर्सि’ अभियानको घोषणा, ३ अर्ब रुपैयाँ संकलन हुने आशा

चितवनको भरतपुर नगरपालिका वडा नबर-१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्न धुर्मुस सुन्तली फाउन्डेसनले नयाँ अभियानको घोषणा […]

न्याभ कप अस्ट्रेलिया : एक्स्पर्ट सगरमाथालाई उपाधि

अस्ट्रेलियाको नेपाल एसोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित १६ औं संस्करणको न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि एक्स्पर्ट सगरमाथा स्टार्स क्लबले जितेको छ। […]

पीएसएल : सन्दिप आवद्ध लाहोरको शानदार जित

पाकिस्तान सुपर लिग अन्तर्गत आइतबार राति सम्पन्न ११ औं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध लाहोर कलन्दर्सले कराची किंग्सलाई […]

लिटल फ्लावर प्रिमियर लिग : शारदा र होल्याण्ड विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज भएका खेलमा शारदा विद्या […]

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ। गत वर्ष चैत्र १ गते […]

PSL 2021 : Sandeep Lamichhane joins Lahore Qalandars as a replacement of Rashid Khan

Nepal’s 20-year-old spin prodigy Sandeep Lamichhane departs towards Karachi today at 11:00 PM to participate in the ongoing 6th edition […]