प्रम कप बागमती प्रदेश छनोट : चितवन फाइनलमा



प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रदेश स्तरीय छनोट प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा चितवन र मकवानपुर विजयी भएका छन्।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले त्रिभुवन युनिभर्सिटी ( टियु ) लाई पराजित गर्दै दोश्रो जितको साथ समुह ‘बि’  बाट फाइनलमा स्थान पक्का गरेको छ।

टियुले दिएको १४७ रनको लक्ष्य चितवनले ३५.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै ३ विकेटले खेल जित्यो। चितवनको ब्याटिंगमा रोबिन शर्माले सर्वाधिक २८, विकल कुमार गुप्तले २२, संघर्ष पौडेलले अविजित २० तथा आकाश थापाले १९ रन बनाए।

८३ रनको योगफलमा ५ विकेट गुमाएको चितवनको लागि छैठौं नम्बरमा ब्याटिंग गरेका विकल र सातौँ नम्बरमा ब्याटिंग गरेका संघर्ष पौडेलले छैठौं विकेटको लागि ४४ रनको साझेदारी गर्दै जिततर्फ डोर्याएका थिए।

मकवानपुरको बलिंगमा आयुष बानियाँले २ तथा सुरेश साउद, पृथु बास्कोटा, अर्चना भट्ट र सुशान्त तिमल्सिनाले समान १ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको टियुले ४० ओभरमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो। टियुको लागि पृथु बास्कोटाले सर्वाधिक २८ रन, सुशान्त तिमल्सिनाले २१ तथा अर्चन भट्टले २० रन बनाए। चितवनको बलिंगमा दिपेश श्रेष्ठ, प्रशान्त महत र दिवश आचार्यले समान २ विकेट लिए भने गौतम केसी, संघर्ष पौडेल र दानिश इकबालले समान १ विकेट लिए।

मकवानपुरद्वारा भक्तपुर पराजित 

शनिवारनै टियु मैदानमा सम्पन्न खेलमा मकवानपुरले भक्तपुरलाई ६ विकेटले पराजित गर्यो। भक्तपुरले दिएको १३७ रनको लक्ष्य मकवानपुरले ४ विकेट गुमाएर २८ ओभरमा भेटायो।

मकवानपुरको जितमा तक्षक सिंखडाले अविजित अर्धशतक बनाए जुन क्रममा ५६ बलमा १० चौका र १ छक्का मद्दतले ६४ रन बनाए। यस्तै बिशाल फुयाल र सुभ कंसाकारले समान २२ रन बनाए। भक्तपुरको बलिंगमा सुशन श्रेष्ठ र सुबाश खत्रीले समान २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको भक्तपुरले ३५.२ ओभरमा १३६ रन मात्र बनाउन सकेको थियो। उसको लागि धिरज अधिकारीले सर्वाधिक ३६, प्रशान्त पण्डितले २९ तथा क्रिस कार्कीले १९ रन बनाए। मकवानपुरको बलिंगमा रिजन ढकालले ३ तथा पियुष शर्मा र बिशाल फुयालले समान २ विकेट लिए।

अंकतालिका 





थप समाचार

आईपीएल २०२१ : कुन टिमले कुन-कुन खेलाडी फुकुवा र टिमसंग राख्यो ( पुरा सुची )

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजनको मिनी अक्सन नजिकिंदै गर्दा ८ वटा फ़्रेन्चाइजहरुले फुकुवा गर्ने र […]

प्रम कप : पुलिसको जितमा धमला, सर्राफ र ऐरीको उच्च योगदान

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन समुह ‘बि’ अन्तर्गतको खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले लगातार दोश्रो जित […]

प्रम कप : एपीएफको दोश्रो जित, गण्डकी बाहिरियो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन मुलपानी मैदानमा सम्पन्न खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ६ […]

“आजदेखि मेरो काम सुरु भयो” प्रशिक्षक व्हाटमोर

नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले  खुशीका साथ आफूसँग भएको ज्ञान र अनुभव नेपाली क्रिकेटसंग साट्ने बताएका […]

प्रम कप : पवन सर्राफको १३ बलमा अर्धशतक

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार लुम्बिनी प्रदेश बिरुद्धको खेलमा नेपाल पुलिस क्लबका ब्याट्सम्यान पवन सर्राफले मात्र […]

धनगढी क्रिकेट एकेडेमीलाई सगरमाथा सिमेन्टको प्रायोजन

धनगढी क्रिकेट एकेडेमीको स्तरोन्नतरु र ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टले साथ दिने भएको छ । यसअघि धनगढी क्रिकेट लिगको प्रायोजक […]