प्रम कप प्रादेशिक छनोट : उदयपुर बिरुद्ध मोरङको रन वर्षा



प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-१ को प्रादेशिक छनोट खेल अन्तर्गत मंगलबार मोरङले उदयपुरलाई ३६८ रनको विशाल अन्तरले पराजित गरेको छ।

झापाको भद्रपुरमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको मोरङले निर्धारत ५० ओभरमा ९ विकेट गुमाएर ४२४ रनको विशाल योगफल खडा गरेको थियो। प्रतिउत्तरमामा उदयपुरले विशाल लक्ष्य पछ्याउने क्रममा २२ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो।

उदयपुरको ब्याटिंगमा बिप्लभ बस्नेतले ३३ तथा प्रकाश सुबेदीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ७ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

उदयपुरलाई सानो योगफलमा समेट्न मोरङका बलर दिपेश कंडेल एक्लैले ६ विकेट लिए जुन क्रममा ८ ओभरमा २१ रन खर्चिए। यस्तै शुभांकर उराव र मुकुन्द यादवले समान २ विकेट लिए।

शुभांकर उराव

मोरङको ब्याटिंगमा अन्डर-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका शुभांकर उरावले शतक बनाउने क्रममा १२८ रन बनाए। उनले ८७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। दिपक पासवानले ५३ बलमा १४ चौका मद्दतले ८६ रन, कप्तान सिद्धान्त लोहनीले ५२ बलमा ७ चौका र २ छक्का मद्दतले ६८ रन बनाए। राजन मगरले ३२ तथा मिनास थापाले २४ रन बनाए।

उदयपुरको बलिंगमा दिपक जोशीले ४ विकेट, बिधान गोस्वामीले २ तथा तेज आचार्य र बिकाश चौधरीले समान १ विकेट लिएका थिए।

प्रतियोगितामा अपराजित रहने क्रममा चौथो जित दर्ता गरेको मोरङले उपाधिको लागि सुनसरीसंग बिहिबार प्रतिस्पर्धा गर्नेछ।





थप समाचार

डेब्युमै गुर्बजले कीर्तिमान बनाउदा अफगानिस्तानद्वारा आयरल्याण्ड पराजित

पहिलो एकदिवसीयमा आयरल्याण्डमाथि १६ रनको जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (युएई) मा जारि ३ खेलको एकदिवसीय शृंखलामा अफगानिस्तानले अग्रता लिएको […]

टि-१० लिगमा सहभागी हुन नेपाली खेलाडीहरु युएई प्रस्थान, कहिले छ खेल

जनवरी २८ तारिख देखि फेब्रुअरी ६ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको अबु धाबीमा आयोजना हुने अबु धाबी टि-१० लिगमा सहभागी हुन […]

दिल्लीले फुकुवा गरेपछि सन्दिपले यसरी दिए धन्यवाद

इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा तिन सिजन दिल्ली क्यापिटल्समा बिताएपछि नेपाली स्पिनर सन्दिप लामिछानेलाई टिममा निरन्तरता नदिने घोषणा […]

आईपीएल २०२१ : कुन टिमले कुन-कुन खेलाडी फुकुवा र टिमसंग राख्यो ( पुरा सुची )

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजनको मिनी अक्सन नजिकिंदै गर्दा ८ वटा फ़्रेन्चाइजहरुले फुकुवा गर्ने र […]

प्रम कप : पुलिसको जितमा धमला, सर्राफ र ऐरीको उच्च योगदान

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन समुह ‘बि’ अन्तर्गतको खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले लगातार दोश्रो जित […]

प्रम कप : एपीएफको दोश्रो जित, गण्डकी बाहिरियो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन मुलपानी मैदानमा सम्पन्न खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ६ […]