पोलार्डको विस्फोटक ब्याटिंगका बाबजुद वेस्टइन्डिज पराजित



वेस्टइन्डिजको न्युजिल्यान्ड भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज सुरु भएको छ। इडनपार्क अकल्याण्डमा सम्पन्न पहिलो टि-२० मा घरेलु टिम न्युजिल्यान्ड डीएलएस मेथडमा ५ विकेटले विजयी भएको छ।

खेलमा टस हारेर ब्याटिंग रोजेको वेस्टइन्डिजले पहिलो इनिंगमा निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो।

पहिलो इनिंग वर्षाले प्रभावित बनेपछि ओभर २० बाट १६ मा झारिएको थियो। वेस्टइन्डिज १० ओभरमा ९६/५ को अवस्थामा रहंदा वर्षाले खेल रोकिएपछि इनिंग १६ ओभरमा छोट्याइएको थियो। अन्तिम ६ ओभरमा वेस्टइन्डिजले थप ८४ रन बनाउन सफल भएको थियो।

वेस्टइन्डिजको लागि कप्तान काइरन पोलार्डले मात्र ३७ बलमा ८ छक्का र ४ चौका मद्दतले अविजित ७५ रन बनाए। विस्फोटक ब्याटिंग गर्ने क्रममा पोलार्डले इनिंगको अन्तिम ओभरमा ३ छक्का तथा १२ औं ओभरमा ३ छक्का र १ चौका प्रहार गरेका थिए। आन्द्रे फ्लेचरले ३४, फाबीएन एलेनले ३० रन बनाए। शिमरन हेटमायर, रोभम्यानपावेलले खाता खोल्न सकेनन् भने निकोलस पुरनले १ रन बनाए।

फर्गुसनले व्यक्तिगत उत्कृस्ट बलिंग गर्दै ५ विकेट लिए

न्युजिल्यान्डको बलिंगमा दायाँ हाते पेसर लकी फर्गुसनले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ४ ओभरमा २१ रन खर्चिए। टि-२० अन्तर्राष्ट्रिय करियरमा उनको यो व्यक्तिगत उत्कृस्ट स्पेल हो। टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै न्युजिल्यान्ड बलरले एकै इनिंगमा ५ विकेट लिएको यो मात्र दोश्रो अवसर हो। यस अघि टिम साउदीले २०१० मा पाकिस्तान बिरुद्ध १८ रन खर्चेर ५ विकेट लिएका थिए।

न्युजिल्यान्डको इनिंग 

दोश्रो इनिंगमा डीएलएस मेथडको आधारमा न्युजिल्यान्डले १६ ओभरमा १७६ रनको लक्ष्य पाएको थियो जुन लक्ष्य उसले १५.२ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डले पहिलो ४ विकेट ६३ रनमै गुमाउन पुगेको थियो। त्यसपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका डेभोन कनवे र जेम्स निशमले पाँचौ विकेटको लागि ७७ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याएका थिए।


१३ औं ओभरमा कनवे आउट भएपछि छैठौ विकेटको लागि निशम र मिचेल स्यान्टनरले अविजित ३९ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए।

निशमले अविजित ४८ रन बनाए जुन क्रममा २४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। डेभोन कनवेले २९ बलमा ४१ तथा स्यान्टनरले १८ बलमा ३१ रन बनाए।

वेस्टइन्डिजको बलिंगमा ओशेन थोमसले २ तथा शेल्डन कटरेल र काइरन पोलार्डले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो टि-२० नोभेम्बर २९ तथा तेश्रो टि-२० नोभेम्बर ३० तारिखमा खेलिनेछ। त्यसपछि डिसेम्बर ३ र डिसेम्बर ११ मा २ वटा टेस्टको सिरिज हुनेछ।





थप समाचार

बागमतीको दोश्रो जित, सुदूरपश्चिम विशाल अन्तरले पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेशले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिम प्रदेशलाई १८० […]

बिग ब्यास : सिड्नी बिरुद्ध सन्दिप विकेटविहिन

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत सिजनको पाँचौ खेल खेल्ने क्रममा सन्दिप विकेटविहिन भएका छन्। होबार्टको प्रतिनिधित्व गरिरहेका सन्दिप सिड्नी […]

गण्डकीको जितमा विशालको ह्याट्रिक, प्रदेश-१ को लगातार दोश्रो हार

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशले प्रदेश-१ लाई २ विकेटले पराजित गर्दै […]

पृथु र आदील चम्किदा बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य

काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समुह ‘बि’ अन्तर्गतको खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा […]

बिशालले ह्याट्रिक लिंदा प्रदेश-१ १०२ रनमै सिमित

देब्रे हाते स्पिनर बिशाल पौडेलले ह्याट्रिक लिंदा गण्डकी प्रदेशले प्रदेश-१ लाई १०२ रनमै सिमित गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय […]

प्रम कप : आज दुईवटा खेलहरु हुँदै

काठमाण्डौमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन दुईवटा खेलहरु हुनेछन्। टियु मैदानमा समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश […]