शरदको पल्टनलाई १४४ रनमा रोक्न कमल ऐरीको ४ विकेट : पिपिएल : टि-२०

Kamal Singh Airee


  • विकेटनेपाल – १६ कार्तिक, शुक्रवार (पोखरा)

पोखरा प्रिमियर लिग अन्तर्गत सातौँ दिनको पहिलो खेलमा धनगढी ब्लुज र पोखरा पल्टन भिड्दै छन्। महत्वपूर्ण खेलमा धनगढी र पोखरा दुबैलाई जितको आवश्यकता रहेको छ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिंगको निर्णय लिएको पोखराले पहिलो इनिंगको समाप्तिमा ८ विकेट गुमाएर १४४ रनको योगफल तयार गरेको छ। पोखराका लागि रोहित पौडेलले सर्वाधिक ३१ रनको योगदान गरे।

Rohit Poudel
Rohit Poudel

सुरुवाती विकेट गुमाएको पोखराका लागि रोहितले २१ बलमा ४ चौका र १ छक्का सहित ३१ रन जोडे। यस्तै रभी इन्दर सिंहले व्यक्तिगत २८ रन बनाउन २६ बलमा २ चौका र समान छक्का प्रहार गरे।

आशा गरेका ठूला नामहरुले प्रदर्शन गर्न नसक्दा पोखरा ठूलो स्कोर जोड्नबाट चुक्यो। पोखराका लागि शरद भेसवाकर १४, आसिफ शेख २३, बिनोद भण्डारी ७ र मेहबुब आलम ० रनमा पभेलियन फर्किए।

इनिंगको अन्त्यतर्फ पोखराका राशिद खानले ८ बलमा १५ रन तथा बिक्रम भुषालले ३ बलमा ८ रन जोडे।

Ravi Inder Singh
Ravi Inder Singh

धनगढीको बलिङ्गमा कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। ४ ओभरको स्पेलमा कमलले १ मेडन सहित २३ रन खर्चिएर रभी इन्दर सिंह, मेहबुब आलम, बिनोद भण्डारी र मोहम्मद नाबेदलाई पभेलियन फर्काए।

यस्तै रोबिन क्षेत्रि, पिटर ट्रेगो र डेनिएल लरेन्सको नाममा समान १-१ विकेट रह्यो।

प्रतियोगितामा ३ खेल खेलेको पोखरा ४ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ। यस्तै ४ खेल खेलेको धनगढीले ४ अंक जोडेपनि तालिकाको पाँचौं स्थानमा रहेको छ।

 





थप समाचार

११ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, छनोट भए कति पाउनेछन् रकम ?

पाकिस्तान सुपर लिगको ( पीएसएल ) आगामी संस्करण अर्थात् सातौँ संस्करण आगामी वर्ष २०२२ जनवरी २७ तारिख देखि फेब्रुअरी २७ […]

क्यानद्वारा २० सदस्यीय यु-१९ राष्ट्रिय टिमको घोषणा, बुधबार देखि बन्द प्रशिक्षण

काठमाडौँमा आइतबार सम्पन्न अन्डर-१९ राष्ट्रिय प्रतियोगिता सकिएकै दिन नेपाल क्रिकेट संघले डिसेम्बरमा युएईमा आयोजना हुने भनिएको यु-१९ एसिया कपको लागि […]

लुम्बिनीलाई यु-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि

सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न […]

यु-१९ राष्ट्रिय : उपाधिको लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौँमा जारी अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको उपाधिको लागि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली […]

सितालाई हंगकंगमा खेल्ने अवसर

राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल महिला टि-२० प्रतियोगिता २०२२ खेल्ने भएकी छिन्। […]

U19 National : सुदूरपश्चिम फाइनलमा, हेमन्त र शेरको घातक बलिंग

लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश यु-१९ राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको छ। लिग चरणमा […]