धनगढीद्वारा पोखरा ५ विकेटले पराजित, यस्तो छ अंकतालिका र धनगढीको प्लेअफ सम्भावना



पोखरा प्रिमियर लिग अन्तर्गत सोमबारको एक मात्र खेलमा धनगढी ब्लुजले पोखरा पल्टनलाई ५ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले दिएको ८० रनको लक्ष्य धनगढीले ५ विकेट गुमाएर ९.१ ओभरमै पुरा गर्यो।

धनगढीको लागि ओपनर दिपक पुनियाले सर्वाधिक २५, रोड्रीगो थोमसएल १५, दिपेन्द्र ऐरीले १३,शुबेन्दु पाण्डेले ११ तथा सन्दिप जोराले २ रन बनाए। मन्जित श्रेष्ठले अविजित ९ तथा अमित यादवले अविजित ६ रन बनाउदै टिमलाई जित दिलाए।

पोखराको लागि प्रथमेष डाके र सरबजित लड्डाले समान २/२ विकेट हात पारे भने ललित राजबंशीको नाममा १ विकेट रह्यो।

पोखराको लज्जास्पद ब्याटिंग 

यस अघि खेलमा टस जितेर ब्याटिंग रोजेको पोखरा पल्टनले १६.३ ओभरमा ७९ रनमा सबै विकेट गुमाएको थियो।

ठुलो अन्तरको जित हात पार्ने चक्करमा सुरुवात देखि आक्रामक ब्याटिंग गर्न खोजेको पोखराको योजना सफल हुन सकेन र सुरुवात देखि उसले लगातार विकेट गुमायो।

पोखराको लागि आसिफ शेखले सर्वाधिक ३२ रन तथा बिनोद भण्डारीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुशल भुर्तेल ६, शरद भेसावकर ४, रभी इन्दर सिंह ० , कुशल मल्ल २ , कृष्ण कार्की १ , रोहित पौडेल ० मै आउट भए।

धनगढीको बलिंगमा देब्रे हाते स्पिनर अनिल खरेलले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। यस्तै दिपक पुनिया ( ४-०-१३-२ ) , कमल सिंह ऐरी ( २.३-०-२०-२ )  सागर ढकाल ( ४-०-१५-२ ) ले समान २/२ विकेट लिए।

धनगढीको सम्भावना निकै कम 

जितसंगै धनगढीले अंकतालिकाको उत्कृस्ट-३ भित्र पर्दै प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ। डिफेन्डिङ च्याम्पियन पोखरा भने ५ खेलमा मात्र १ जित हात पार्दै अंकतालिकाको पुछारमा रह्यो।

अब धनगढीको प्लेअफ पुग्ने नपुग्ने निर्णय भोलि हुने काठमाडौँ गोल्डेन वारियर्स र चितवन राइनोजको खेल पछि हुनेछ।

काठमाडौँले चितवनलाई पराजित गरेको खण्डमा धनगढीको सम्भावना समाप्त हुनेछ। भोलि काठमाडौँ जिते बिराटनगर टाईटन्सको पनि प्लेअफ सम्भावना समाप्त हुनेछ।

काठमाडौँ पराजित भएको खण्डमा काठमाडौँ र धनगढीको अंक ४-४ हुनेछ जसपछि नेट रनरेटमा उत्कृस्ट हुने टिम तेश्रो स्थानमा रही इलिमीनेटरको लागि छनौट हुनेछ। नेट रनरेटमा काठमाडौँ ( १.३०१ ) धनगढी ( -१.७९९ ) भन्दा निकै पछि रहेकोले काठमाडौँ निकै ठुलो अन्तरले पराजित भएमा मात्र धनगढीको सम्भावना रहन्छ।

यदी भोलि काठमाडौँ जित्यो र त्यसपछि लिगको अन्तिम खेलमा बिराटनगर टाईटन्सले बुटवललाई पराजित गरेमा काठमाडौँ, बिराटनगर र धनगढी मध्ये नेट रनरेटमा अघि हुने टिम प्लेअफ प्रवेश गर्नेछ।

यस अघिनै चितवन ४ वटा खेलमा शतप्रतिशत जित हात पार्दै तथा बुटवल ४ खेलमा ३ जित र १ हार बेहोर्दै प्लेअफ पुगीसकेको छ।





थप समाचार

T20WC : ४ बलमा ४ विकेट लिंदै क्याम्फरलेले रचे इतिहाँस, आयरल्याण्डको विजयी सुरुवात

दायाँ हाते फास्ट बलर कर्टिस क्याम्फरले ह्याट्रिक सहित लगातार ४ बलमा ४ विकेट लिंदै इतिहाँस बनाउदा युएई र ओमानमा संयुक्त […]

T20 WC : बंगलादेश स्तब्ध ! स्कटल्याण्डको ऐतिहासिक जित

युएई र ओमानमा संयुक्त रुपमा आयोजित सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत पहिलो दिन आइतबार दोश्रो खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले टेस्ट […]

टि-२० विश्वकप : पीएनजी बिरुद्ध ओमानको शानदार जित

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२१ ओमानमा सुरु भएको छ। ओमान र युएईले संयुक्त रुपमा आयोजना गरेको विश्वकप अन्तर्गत उद्घाटन खेलमा […]

चेन्नाईलाई चौंथो पटक आईपीएल उपाधि

फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नाई सुपर किंग्सले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग जितेको छ।चेन्नाईले चौंथो […]

IPL FINAL : डु प्लेसीको उत्कृस्ट पारि, चेन्नाईद्वारा कोलकातालाई चुनौतिपूर्ण लक्ष्य

१४ औं संस्करणको इन्डियन प्रिमियर लिग ( ईपीएल ) टि-२० को उपाधिको लागि चेन्नाई सुपर किंग्स र कोलकाता नाइट राइडर्स […]

IPL : फाइनल पुग्न असफल भएपछि दिल्ली कप्तान रिशभ पन्तले भने “म संग व्यक्त गर्ने शब्द छैन”

रोमान्चक खेलमा कोलकातासंग ३ विकेटले पराजित हुँदै १४ औं संस्करणको आईपीएल फाइनलमा पुग्न चुकेपछि दिल्ली क्यापिटल्सका कप्तान रिशभ पन्तले निराशा […]