Home - घरेलु क्रिकेट - घरेलु क्रिकेट ( पुरुष ) - पिपिएलमा उत्कृस्ट हुने ३ खेलाडीलाई इतिहासमै पहिलो पटक यस्तो पुरस्कार

घरेलु क्रिकेट ( पुरुष )

पिपिएलमा उत्कृस्ट हुने ३ खेलाडीलाई इतिहासमै पहिलो पटक यस्तो पुरस्कार

Wicketnepal Staff
Editor
  • 776
  •  
  •  
  •  
  •  
  •  
    776
    Shares

  • विकेटनेपाल, असोज २७ – शनिबार 

कार्तिक ९ गते देखि २० गते सम्म पोखरामा सुरु हुने पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० प्रतियोगिताको उत्कृस्ट खेलाडीहरुले आकर्षक पुरस्कार पाउने भएका छन्।

प्रिमियर लिगमा कुल ६ टोलि सहभागी हुँदै छन् जस अन्तर्गत चितवन राइनोजको ओमार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।

३ उत्कृस्ट खेलाडीलाई सुजुकी जिक्सर   

पिपिएल आयोजक क्विन्स इभेन्ट्सले शनिबार प्रतियोगिताको प्लेयर अफ द सिरिज, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले १५५ सिसीको सुजुकी जिक्सर मोटर बाइक पाउने गरि भिजी अटोमोबाइल्ससंग सम्झौता गरेको छ।

नेपाली क्रिकेटमै एकै प्रतियोगितामा उत्कृस्ट ३ जना खेलाडीले मोटर बाइक पाउन लागेको योनै पहिलो पटक हो।

शनिबार भएको सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले हस्ताक्षर गर्नुभएको छ।

पोखरा प्रिमियर लिगले अहिलेसम्म बिजेताले पाउने पुरस्कार राशि सार्वजनिक गरेको छैन। आयोजकले पुरस्कार नेपाली घरेलु क्रिकेटकै सर्वाधिक हुने घोषणा भने गरिसकेको छ।

प्रतियोगिताको लागि खेलाडी चयन गर्न अक्सन असोज १४ गते सम्पन भइसकेको छ जसबाट ६९ खेलाडीहरु चयन भएका छन्। अक्सनमा सागर पुन, करन केसी, अनिल साह, आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल र बिनोद भण्डारीले सर्वाधिक २ लाख ५० हजार मूल्य पाएका थिए। प्रत्येक टिमले २ जना बिदेशी खेलाडी अनिवार्य राख्नु पर्नेछ जसको औपचारिक घोषणा अझै टिमहरुले गरेको छैन।

अक्सनमा बिभिन्न टिममा बिक्रि भएका खेलाडीहरुको सुची :- 

१. विराटनगर टाईटन्स ( मार्की प्लेयर – सन्दिप लामिछाने ) 

खेलाडी र पाएको मूल्य – दिपेश श्रेष्ठ – ( ९०,००० ) , शाहब आलम ( १,५०,००० ) , जितेन्द्र मुखिया ( ७५,००० ) , राजेश पुलामी ( १,५०,००० ) , किशोर महतो ( ९०,००० ) , पुष्प थापा ( ५०,००० ) , प्रदिप ऐरि ( २,४०,००० ) , राजु रिजाल ( ८५,००० ) , जितेन्द्र सिंह ठकुरी ( ७०,००० ) , सुनिल धमला ( २,२०,००० ) , रबिन जोशी ( ३०,००० ) , हिमांशु दत्ता ( ५०,००० )

२. बुटवल ब्लास्टर्स ( मार्की प्लेयर – सोमपाल कामि )

खेलाडी र पाएको मूल्य – संसाद शेख ( ६०,००० ) , सिद्धान्त लोहनी ( १,६०,००० ) , हरि बहादुर चौहान ( १,००,००० ) , ललित भण्डारी ( २,००,००० ) , राना ( ८०,००० ) , पुरन बिक ( ३०,००० ) , सागर पुन ( २,५०,००० ) , हसिम अन्सारी ( ५०,००० ) , भिम शार्की ( १,५०,००० ) , प्रकास केसी ( ५०,००० ) , अविनाश बोहरा ( १,००,००० ) , नितेश थापा ( ३०,००० ) , बिपिन खत्री ( ३०,००० )

३. चितवन राइनोज ( मार्की प्लेयर – पारस खड्का )

खेलाडी र पाएको मूल्य – अनिल साह ( २,५०,००० ) , भुवन कार्की ( १,५०,००० ) , रामनरेश गिरि ( ८५,००० ) , करन केसी ( २,५०,००० ) , आरिफ शेख ( २,५०,००० ) , सुमित महर्जन ( ५०,००० ) , सोनु तामांग ( ८५,००० ) , बिनोद लामा ( ७०,००० ) , हरि शंकर साह ( ९०,००० ) , शक्ति गौचन ( २,१०,००० )

४. धनगढी ब्लुज ( मार्की प्लेयर – दिपेन्द्र ऐरि )

खेलाडी र पाएको मूल्य – मन्जित श्रेष्ठ ( ५०,००० ) , योगेन्द्र सिंह कार्की ( १,१०,००० ) , सन्तोष भट्ट ( ९०,००० ) , रोबिन क्षेत्री ( ६०,००० ) , सन्दिप सुनार ( ९०,००० ) , कमल ऐरि ( १,५०,००० ) , दिलिप नाथ ( २,४०,००० ) , सागर ढकाल ( १,३०,००० ) , सन्दिप जोरा ( ९०,००० ) , फिर्दोश अन्सारी ( ३०,००० ) , सौरभ खनाल ( १,००,००० ) , बिक्रम ठगुन्ना ( ३०,००० ) , सन्दिप रजाली ( ३०,००० )

५. काठमाडौँ रोयल्स ( मार्की प्लेयर – ज्ञानेन्द्र मल्ल )

खेलाडी र पाएको मूल्य – पवन सर्राफ ( १,५०,००० ) , सुशन भारि ( १,५०,००० ) , पृथु बास्कोटा ( १,२०,००० ) , अमर सिंह रौटेला ( १,००,००० ) , आदील खान ( ५०,००० ) , नरेश बुढायर ( २,३०,००० ) , ( ५०,००० ) , बसन्त रेग्मी ( २,५०,००० ) , अमित श्रेष्ठ ( १,५०,००० ) , सुमित झा ( ३०,००० )

६. पोखरा पल्टन ( मार्की प्लेयर – शरद भेसावकर )

खेलाडी र पाएको मुल्य – रोहित पौडेल ( २,५०,००० ) , बिनोद भण्डारी ( २,५०,००० ) , ललित राजबंशी ( १,००,००० ) , राशिद खान ( ७०,००० ) , कृष्ण कार्की ( १,००,००० ) , कुशल भुर्तेल ( १,५०,००० ) , बिक्रम भुसाल ( ५०,००० ) , मेहबुब आलम ( १,६०,००० ) , आसिफ शेख ( ८०,००० ), दिब्यान्शु मलिक ( ३०,००० ) , इशान पाण्डे ( ५०,००० )


  • 776
  •  
  •  
  •  
  •  
  •  
    776
    Shares