२६ मंसिर, जनकपुर ।
धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्तर्गत सप्तरीले सिरहालाई सजिलै ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
बाह्रबिघा मैदानमा सप्तरीले टस जिती ब्याटिंगको लागि सिरहालाई निम्तो दिए पछि ब्याटिंग गर्न आएका सिरहाले निर्धारित ५० ओभरको खेलमा ३५ ओभर ५ बलमा आफना सम्पुर्ण विकेट गुमाई १ सय ७९ रनमै समेटिएको थियो । सिरहाका लागि शुभमान गतराजले ६४ बलमा ८ चौक्काको मद्धतले ४९ रन, प्रदिप पासवानले ३७ तथा राकेश कामेत ३० र रुपेश सिंहले २० रनको योगदान दिएका थिए । बलिंगतर्फ सप्तरीका तर्फबाट अजय यादवले ६ ओभरमा ३२ रन दिई ३ बिकेट तथा रोहित सिंह, महवुव आलम र अनुज यादवले सामान २ विकेट तथा रोबिन सिंहले १ विकेट लिए ।
१ सय ८० रनको बिजयी लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरीले उक्त लक्ष्य २७ ओभरमा भेटाएका थिए । सप्तरीका लागि किर्तिमानी खेलाडि महबुब आलमले नटआउट रहि ३४ बलमा ८ चौक्का र ३ छक्काको मद्धतले ५९ रन, आशिस झाले ५४ बलमा ८ चौक्का र २ छक्काको मद्धतले ५८ रन, रोहन बिकले ३३ तथा राहुल मण्डलले नटआउट रहि १५ रनको योगदान दिएका थिए । बलिंगतर्फ सिरहाका प्रदिप पासवानले २ तथा दिलिप यादवले १ विकेट लिए ।
खेलको म्यान अफ द म्याच सप्तरीका किर्तिमानी खेलाडि महबुब आलम भएका थिए । आईतवार सप्तरी र महोतरी बिच खेल हुने जानकारी प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले गर्नु भएको छ ।