रुपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स माथी न्यू होराइजन हाबी



फोटो फिचर : गणेश गौडेल (न्यू होराइजन क्रिकेट क्लब)

  • विकेटनेपाल – १७ फाल्गुन, बिहिवार

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत बिहिवार भएको डिभिजन ‘ए’ को समूह (सि) को खेलमा न्यू होराइजन क्रिकेट क्लब बुटवलले प्रोफेसनल मास्टर्स – ११ क्रिकेट क्लबलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जित्दै पहिले ब्याटिंग गरेको न्यू होराइजनले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२४ रनको बिशाल योगफल तयार गरेको थियो । उसको इनिंगमा नुरध्वज सेनले ६६ रनको योगदान गरेका थिए । यस्तै म्यान अफ दि म्याच गणेश गौडेलले अविजित ६०, बिशाल भण्डारीले ४७ र सुशन भारीले २२ रनको व्यक्तिगत योगदान गरेका थिए । प्रोफेसनलको बलिंगमा दुर्गा सेन र किशोर महतोले समान २-२ विकेट चट्काएका थिए ।

Kishor Mahato
Kishor Mahato (File Photo)

जवाफमा ३२५ रनको बिशाल विजय लक्ष्य लिएर मैदान उत्रिएको प्रोफेसनल मास्टर्स – ११ ले २४.१ ओभरमा अल आउट हुँदै १३४ रन मात्र जोड्न सक्यो । उसको चेजमा किशोर महतोले सर्वाधिक ५१ र बादल छन्त्यालले १८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। प्रोफेसनल मास्टर्सलाई सस्तैमा समेट्न सुरज श्रेष्ठ र सुशान भारीले समान ४-४ विकेट हात पारे।

Sushan Bhari
Sushan Bhari (File Photo)

शनिबार समूह (डि) मा रहेका लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र बुम एमसिसी क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने खेल संयोजक विनय ज्ञवालीले बताए ।

प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।





थप समाचार

आईपीएल २०२१ : चेन्नाईले अभ्यास सुरु गर्ने

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) १४ औं संस्करणको ईन्डीएन प्रिमियर लिग ( आईपीएल २०२१ ) आयोजना गर्न आयोजनास्थलहरु घोषणा […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी

धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत आज भएका खेलमा धनगढीको शारदा मावि […]

काठमाडौँ मेयर कपको खेलतालिका सार्वजनिक

काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ ( क्यान ) ले आयोजना गर्ने काठमाडौँ मेयर कप २०७७ एकदिवसीय प्रतियोगिताको खेल तालिका […]

कीर्तिपुरमा ‘ब्ल्याक बक खुला क्लब क्रिकेट प्रतियोगिता’ आयोजना हुने

प्लाई तानसेन तथा एन.जी.जी.सी. को आयोजनामा चैत्र ११ गते देखि किर्तिपुरमा ‘ब्ल्याक बक खुला क्लब क्रिकेट टि-२० प्रतियोगिता’ आयोजना हुने […]

रुपन्देही सुपरलिग : नितेश चम्किदा जीआरलाई सफलता

प्रकाश न्यौपाने, भैरहवा, फागुन १८ रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको […]

पीएसएल : खेलाडीलाई कोरोना देखिएपछि इश्लामावाद र क्वेटा बीचको खेल स्थगित

पाकिस्तान सुपर लिग अन्तर्गत क्वेटा ग्ल्याडीएटर्स र इश्लामावाद युनाइटेड बीच सोमबार रातिको खेल १ दिन सारिएको छ। इश्लामावाद युनाइटेडका अस्ट्रेलियन […]