PSL : जजाई पुनः चम्किए, शानदार जित पछि पेशावर फाइनलमा



दोश्रो इलिमीनेटरमा इश्लामावाद युनाइटेडलाई ८ विकेटले पराजित गर्दै वहाव रियाज कप्तानीको पेशावर जाल्मी युएईमा जारी पाकिस्तान सुपर लिगको फाइनल प्रवेश गरेको छ। पेशावरले लिग इतिहासमा यस अघि २०१७ देखि २०१९ सम्म तिन पटक फाइनल यात्रा तय गरेको थियो जुन क्रममा २०१७ मा एक पटक लिगको उपाधि जितेको थियो।

बिहिबार हुने फाइनलमा पेशावरले मुल्तान सुल्तान्ससंग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। मुल्तानले क्वालीफायरमा इश्लामावादलाई पराजित गर्दै फाइनल पुगेको थियो। पेशावरले पहिलो इलिमीनेटरमा कराचीलाई ५ विकेटले पराजित गरेको थियो।

शेख जायद स्टेडियम, अबुधाबीमा इश्लामावादले दिएको १७५ रनको पेशावरले १९ बल बाँकी रहँदै मात्र २ विकेट गुमाएर पुरा गरेको हो।

लक्ष्य पछ्याउने क्रममा ओपनर कमरान अकमल ८ रन बनाएर आउट भएपछि हज्रतुल्लाह जजाईले जोनाथन वेल्ससंग १२६ रनको साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्याए। ४४ बलमा ६ चौका र ४ छक्का मद्दतले ६६ रन बनाएका जजाईलाई १५ औं ओभरमा मोहम्मद वासिमले बोल्ड गरे। उत्कृस्ट लयमा रहेका २४ वर्षीय अफगानिस्तान ब्याट्सम्यान जजाईले पहिलो इलिमीनेटरमा पनि खेल जिताउने ७७ रनको  इनिंग्स खेलेका थिए।

जजाईको विकेट पछि क्रिजमा आएका शोयब मलिकले मात्र १० बलमा ५ चौका र १ छक्का मद्दतले अविजित ३२ रन बनाउदै जितसम्म डोर्याए। जोनाथन वेल्सले अविजित ५५ रन बनाउने क्रममा ४३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।

इश्लामावादको लागि हसन अलि र मोहम्मद वासिमले समान १ विकेट लिए।


यस अघि टस हारेर ब्याटिंग गरेको इश्लामावादले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १७४ रन बनाएको थियो।

इश्लामावादको लागि नवौं नम्बरमा ब्याटिंग गरेका हसन अलिले आक्रामक ब्याटिंग गर्दै मात्र १६ बलमा ५ चौका र ३ छक्का मद्दतले ४५ रन बनाए। यस्तै कोलिन मुनरोले २९ बलमा ४४ रन बनाए। ब्रेण्डन किंगले १८, मोहम्मद वासिमले अविजित १७ तथा कप्तान शदाब खानले १५ रन बनाए।

११० रनमा ८ विकेट गुमाएको अवस्थामा हसन अलिले इनिंग्सको अन्तिममा विस्फोटक ब्याटिंग गरेका थिए। अलिले वहाव रियाजले गरेको १९ औं ओभरमा १८ रन तथा उमेद आसिफले गरेको १७ औं ओभरमा २२ रन बनाए।

पेशावरको बलिंगमा वहाव रीयाज ( ४-१-३५-२ ) र उमेद आसिफ ( ३-०-४४-२ ) ले समान २ विकेट लिए। यस्तै मोहम्मद इमरान, मोहम्मद इरफान र अर्मद बटको नाममा समान १ विकेट रह्यो।





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]