महेन्द्रनगरका पुनित बिस्टको अलराउन्ड प्रदर्शन, रुपन्देही बाहिरियो



विकेटनेपाल, चैत्र २२ – बिहिबार । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत बिहिबार भएको दोश्रो खेलमा पुनित बिस्टको अलराउन्ड प्रदर्शनले महेन्द्रनगर युनाईटेडले प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा दोश्रो जित हात पारेको छ । यस्तै लगातार चौथो हारसँगै रुपन्देही च्यालेंजर्सको सेमीफाइनल प्रवेश गर्ने सम्भावना सकिएको छ ।

रुपन्देहीले दिएको १४५ रनको लक्ष्य महेन्द्रनगरले १८.५ ओभरमा मात्र ६ विकेट गुमेर पुरा गरेको थियो । उसको जितमा कप्तान बिनोद भण्डारीले ६१ रन बनाउन ४८ बलमा ५ चौका र २ छक्का प्रहार गरे भने पुनित बिस्टले २२ बलमा ३ चौका र ४ छक्का सहित ४५ रनको आक्रामक पारि खेले । पुनित मेहराले १६ बलमा अविजित १६ रन बनाउँदा रोहितकुमार पौडेलले ५ बलमा १ छक्का सहित ७ रन बनाए।

Binod Bhandari
Binod Bhandari

बलिंगतर्फ पनि महेन्द्रनगरका लागि म्यान अफ द म्याच समेत घोषित पुनित बिस्टले ४ ओभर बलिंग गर्दै मात्र १२ रन खर्चेर ४ विकेट हात पारेका थिए जसको मद्दतले रुपन्देहीले ८ विकेट गुमाएर मात्र १४४ रनको योगफल तयार पार्न सकेको थियो। यसअघि टस जितेर पहिले ब्याटिंग गरेको रुपन्देहीले प्रदीप ऐरीको ३९ रन (३२ बल, ५ चौका, १ छक्का), सागर पुनको २८ रन (१६ बल, १ चौका, ३ छक्का) को मद्दतमा २० ओभरमा १४४/८ को स्कोर बनाएको थियो ।

बलिंगतर्फ रुपन्देहीका दिपेश श्रेष्ठले ३ विकेट लिन २५ रन तथा सुशन भारीले २ विकेट लिन ३२ रन खर्चिएपनि जितको लागि पर्याप्त हुन सकेन ।





थप समाचार

डीएसएल : दाङको देउखुरी वारियर्स र कैलाली जिल्ला क्रीकेट क्लब विजयी

कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा दाङको देउखुरी वारियर्स क्रीकेट क्लब र कैलाली जिल्ला क्रीकेट […]

नवौं राष्ट्रिय खेलकुद असोजमा

काठमाडौं, जेठ १० गते । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति […]

कृतिकालाई कप्तानी

देब्रे हाते स्पिनर कृतिका मरासिनीलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले अन्डर-१९ महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सुम्पेको छ। […]

ईपीएल नरोक्न आयोजक र फ़्रेन्चाइजको अपिल

एभरेस्ट प्रिमियर लिग (इपिएल) का फ़्रेन्चाइजहरुले आफ्नो अस्तित्वनै समाप्त हुने गरी इपिएललाई मान्यता नदिएको खण्डमा नेपाल क्रिकेट संघ (क्यान) का […]

डीएसएल: धनगढी क्रिकेट एकेडेमी र महेन्द्रनगर क्रिकेट क्लब विजयी

धनगढी ८ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा धनगढी […]

लिग-२ मा सक्दो धेरै खेल जित्छौं – सन्दिप

काठमाडौं, जेठ ८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल […]