पुष २० गते देखि कोहलपुर ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने



यही पुष २० गते देखि २८ गते सम्म बाँकेको कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ।

प्रतियोगिताको आयोजक शारदा एजुकेसन पार्कले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयोजनाको अधिकारिक घोषणा गरेको हो। प्रतियोगिताको व्यवस्थापन कोहलपुर क्रिकेट एकेडेमीले गर्नेछ।

बिबि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फेसन वेयरले प्रायोजन गर्ने प्रतियोगितामा देशभरका बिभिन्न शहरका टिमहरु सहभागी हुनेछन्। लुम्बिनी प्रदेश लगायत काठमाडौँ, भैरहवा, दाङ, नेपालगञ्ज, सुर्खेत जस्ता बिभिन्न स्थानका १६ टोलिहरु नक आउट प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक विनायक गिरिले पत्रकार सम्मेलनमा जानकारी गराए।

“पछिल्लो समय देशमै तथा कोहलपुर क्षेत्रमा क्रिकेट गतिविधिहरु कम छ त्यसैलाई मध्यनजर गर्दै तथा स्थानीय प्रतिभाहरुलाई एक्सपोजर प्रदान गर्न पनि प्रतियोगिता आयोजना गर्न अघि बढेका हौँ। कोहलपुर सहरलाई पनि खेल मार्फत पनि अघि बढाउदै  ‘कोहलपुर क्रिकेट टुर्नामेन्ट’लाई प्रदेशकै उत्कृस्ट प्रतियोगिता बनाउने उद्देश्य पनि हो। त्यसैले स्तरीय प्रतियोगिता आयोजना गर्न स्थानीय युवाहरु प्रतिवद्ध भएर अघि बढेका हौँ।” गिरिले बताए।

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृस्ट खेलाडी, उत्कृस्ट ब्याट्सम्यान र उत्कृस्ट बलरले जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको सम्पूर्ण खेलहरुको आयोजना हुनेछ।

कार्यक्रममा बोल्दै आयोजक शारदा एजुकेसन पार्कका प्रमुख रोनिस गौतमले आफ्नो संस्थाले खेलकुदलाई प्रबर्द्धन गर्दै आएको बताउदै यसलाई निरन्तरता समेत दिने बताए –

“शारदा एजुकेशन पार्कले शिक्षा, खेलकुद लगायत नेपालको कला, जातजाति, धर्म तथा पर्यटन प्रवर्द्धन गर्ने किसिमको काम गर्दै आइरहेको छ .यो संस्थाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा युवा युवतीहरुलाई स्वावलम्बी बनाइसकेको छ जसलाई आगामी दिनमा पनि निरन्तरता दिने छौँ।” गौतमले बताए।





थप समाचार

BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको […]

आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । […]

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]

दिपेन्द्रको घातक बलिंग, पुलिस फाइनलमा

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विभागीय टोलि नेपाल पुलिस […]

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]