कोलकातासंग हार पछि रबाडाको चिन्ता



पन्जाबसंग हारपछि दिल्लीका फास्ट बलर कागीसो रबाडाले “यो हार मात्र हो, झस्काउने कुरा हैन” भन्दै प्रतिक्रिया दिएका थिए। तर दिल्लीले कोलकातासंग ५९ रनको हार बेहोरेपछि भने रबाडालाई थोरै चिन्ताले घेरेको छ।

“जब तपाई हार्नु हुन्छ थोरै चिन्ता त हुन्छ” उनले सुरु गरे। “हामीले लिगको निकै राम्रो सुरुवात गर्यौं र अघि बढ्यौं। हामीलाई एउटा मात्र जित आवस्यक छ तर हामि कम्तिमा २ वटा ३ खेल जित्न चाहन्छौ तर हामिलाई प्ले-अफ पुग्न एउटा मात्र जित चाहिन्छ।

“यो प्रतियोगिताको स्वभावनै यस्तै हो। स्तर बिरुद्ध स्तर। कुनै पनि टिम कुनै पनि दिन चम्कन सक्छ। हामीले निकै राम्रो क्रिकेट खेलीरहेका थियौं। हामिले राम्रो गरेको कुरामा जोड दिनु जरुरि छ। हामीले खेल कसरि हार्यौं विश्लेषण गरेर महत्वपूर्ण पक्षमा ध्यान दिनुपर्छ। आईपीएलमा यस्तो हुन्छ। हामीले आफुमा विश्वास राख्नुपर्छ। हामि आतिएका त छैनौ तर थोरै बढी चिन्तित भए छौँ।”

दिल्लीले टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंग गरेको कोलकाताले ८ ओभरमा ४४ रन बनाउदा ३ विकेट गुमाएको थियो। तर त्यसपछिको १२ ओभरमा कोलकाताले १५० रन बनाउन सक्यो जसमा नितिश रानाले ५३ बलमा ८१ तथा सुनिल नारायणले ३२ बलमा ६४ रनको आक्रामक पारि समावेश थियो। दुवैले ११५ रनको साझेदारी गर्दा दिल्ली पछाडी धकेलिएको थियो। दोश्रो इनिंगमा दिल्लीले १३५ रन मात्र बनाउन सक्यो।

“पिच हेर्दा सहज देखिएको थियो र बल समात्न सहज भैरहेको थिएन। त्यसले गर्दा हामि रक्षात्मक हुनुपर्यो। नितिश राना र नारायणले निकै राम्रो ब्याटिंग गरे। उनीहरुले लगातार आक्रामक ब्याटिंग गरे। उनीहरु स्तरीय ब्याट्सम्यान हुन् र राम्रो गर्न उनीहरुलाई पनि छुट छ। त्यति भन्दा भन्दै पनि हामि उनीहरुलाई अन्य कुनै पनि दिनमा खेल्दा आउट गर्न सक्छौ।”

“राम्रो सुरुवात पछि हामि थोरै चिप्लिएका छौँ। यस्तो जुनसुकै टिमसंग पनि हुनसक्छ। हाम्रो दिन राम्रो थिएन मात्र त्यति हो। हामि सन्तुस्ट छैनौ। टिमहरु सबै निकै स्तरीय छन् त्यसैले तपाई आरामको निन्द्रा सुत्न सक्नुहुन्। हामिले धेरै क्रिकेट खेलेका छौँ र थाहा छ कि कहाँ चुकीरहेका छौँ।”

दिल्ली कप्तान श्रेयस ऐयरले भने यो मोडको हारले टिमलाई सहयोग गर्ने विश्वास गरे – “हामि हारले पक्कै निराश छौ तर म खुसि छु कि यो समयमा हारीरहेका छौँ जहाँबाट हामिले सिक्न सक्छौ। हामिले गृहकार्य गरेर पुनः ताजा दिमागका साथ फिर्ता हुनुपर्छ।”

“हामि बलियो हुनुपर्छ र स्वतन्त्रताका साथ खेल्नुपर्छ नकी बच्नको लागि मात्र। उनीहरुले ( कोलकाता ) ले राम्रो सटहरु प्रहार गरे र हामीलाई सबै पक्षमा पराजित गरे। त्यसैले उनीहरुको मानसिकताको तारिफ गर्नुपर्छ।”

दिल्लीले आगामी खेल मंगलबार ( अक्टोबर २७ ) दुबईमा सनराइजर्स हैदरावादसंग तथा त्यसपछि मुम्बईसंग अक्टोबर ३१ मा खेल्ने तालिका रहेको छ। एउटा जितले दिल्लीलाई प्लेअफ पुर्याउने भएता पनि दिल्लीको लक्ष्य शिर्ष-२ मा पर्ने रहेको छ। दिल्लीले लिग चरणको अन्तिम खेल बैंगलोर बिरुद्ध नोभेम्बर २ मा खेल्नेछ।

IPL : जितपछि कोलकाता र पन्जाब प्ले-अफबाट कति नजिक

नाटकीय रुपमा विकेट पतन हुँदा लो-स्कोरिंग खेलमा पन्जाबद्वारा हैदरावाद पराजित

चेन्नाई बिरुद्ध बैंगलोरले हरियो जर्सी लगाएर खेल्ने, जान्नुस कारण

धवनले बताए रिकी पोन्टिङसंग भएको संवादले कसरि उनलाई सहयोग गर्यो

चक्रवर्तीले करियर र सिजनकै उत्कृस्ट बलिंग गर्दा दिल्ली विशाल अन्तरले पराजित





थप समाचार

टि-२० विश्वकप छनोट : नेपालको पहिलो खेल ओमानसंग ( खेल तालिका सहित )

यसै वर्ष अक्टोबर १६ तारिख देखि अस्ट्रेलियामा टि-ट्वान्टी विश्वकप प्रतियोगिता आयोजना हुँदैछ। उक्त प्रतियोगितामा आयोजक अस्ट्रेलिया सहित २०२१ टि-२० विश्वकपको […]

टि-२० विश्वकप : भारत र पाकिस्तानको खेल एमसीजीमा, आयो खेलतालिका

अस्ट्रेलियामा यो वर्ष आयोजना हुने टि-२० विश्वकप प्रतियोगिताको अन्तर्राष्ट्रिय क्रिकेट परिषदले खेल तालिका र समुह बिभाजन शुक्रबार घोषणा गरेको छ। […]

‘आईसीसी टिम अफ द एअर’ : भारतीय खेलाडी छैनन् वानडे र टि-२० टिममा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यो वर्षको तिन वटै फर्म्याटको क्रिकेटको ‘टिम अफ द एअर’ घोषणा गरेको छ। […]

BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्। नेपाली राष्ट्रिय क्रिकेट […]

नजिकबाट चिन्नुस को हुन् राष्ट्रिय टिमका नयाँ सदस्य लोकेश बम

युवा ब्याट्सम्यान बिबेक यादव र लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख […]

टि-२० विश्वकप छनोटको लागि टिमको घोषणा : सोमपाल र बिनोद बाहिर, लोकेश र बिबेक टिममा

ओमानमा फेब्रुअरी १७ तारिख देखि आयोजना हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले १६ सदस्यीय टिमको घोषणा […]