रहानेको शतकले सम्हालियो भारत, ८२ रनको अग्रता



कप्तान अजिंके रहानेले शतक बनाउदा अस्ट्रेलिया बिरुद्ध दोश्रो टेस्टमा भारत बलियो स्थितिमा पुगेको छ।

अस्ट्रेलिया पहिलो इनिंगमा १९५ रनमा सिमित भएपछि पहिलो दिननै ब्याटिंग सुरु गरेको भारतले दोश्रो दिनको समाप्तिमा पहिलो इनिंगमा ८२ रनको अग्रता हाँसिल गरेको छ।

वर्षाको कारण खेल रोकिएपछि दोश्रो दिन समाप्तिसम्म भारतले ५ विकेट गुमाएर २७७ रन बनाएको छ जसले ९१.३ ओभर ब्याटिंग गरेको छ।

पहिलो दिन समाप्तिमा ३६/१ को अवस्थामा रहेको भारतको दोश्रो दिन सुरुवात राम्रो रहन सकेन। पहिलो दिन २८ रन बनाएका शुबमन गिल ४५ रन बनाएर प्याट कमिन्सबाट क्याच आउट भए। यस्तै १७ रन बनाएर चेतेश्वर पुजारालाई पनि कमिन्सले क्याच आउट गराए।

चौथो विकेटको लागि अजिंके रहानेले हनुमा विहारीसंग ५० रनको साझेदारी गरे। २१ रन बनाएका विहारीलाई नाथन लायनले पेभेलियन फर्काए। त्यसपछि रहाने र रिशभ पन्त बीच ५७ रनको साझेदारी भयो। मिचेल स्टार्कले २९ रन बनएका पन्तलाई टिम पेनबाट क्याच आउट गराए।

जडेजा र रहानेले शतकीय साझेदारी गरिसकेका छन्

१७३/५ को अवस्थामा पुगेको भारतलाई रहाने र रभीन्द्र जडेजाले शतकीय साझेदारी गर्दै अघि बढाए। दोश्रो दिनको समाप्तिमा दुवैले १०४ रनको साझेदारी गरिसकेका छन्।

बिराट कोहलीको अनुपस्थितिमा कप्तानी गरिरहेका रहानेले १२ औं टेस्ट शतक पुरा गर्ने क्रममा अविजित १०४ रन बनाएका छन् जुन क्रममा २०० बलमा १२ चौका प्रहार गरेका छन्। जडेजाले ४० रन बनाउन १०४ बलमा १ चौका हिर्काएका छन्।

अस्ट्रेलियाको बलिंगमा प्याट कमिन्स ( २२-०-७१-२ ) र मिचेल स्टार्कले ( १८.३-३-६१-२ ) समान २ विकेट तथा नाथन लायनले ( १८-२-५२-१ ) १ विकेट लिएका छन्।

४ वटा टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो।





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]