वर्षाले खेल रोकियो, अब के हुन्छ ?



  • विकेटनेपाल, माघ २५- बिहिबार 

नेपाल र नामिबिया बीच आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत पहिलो खेलमा १३९ रन लक्ष पछ्याउने क्रममा नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १११ रन बनाएको अवस्थामा खेल रोकिएको छ।

नेपालको लागि सोमपाल कामि ११ रन तथा बसन्त रेग्मी ३ रन बनाएर क्रिजमा अविजित छन्। ज्ञानेन्द्र मल्ल ( १५ ) , पारस खड्का ( १९ ) , दिलिप नाथ ( ० ) , आरिफ शेख ( ० ) , शरद भेसावकर ( २९ ) , दिपेन्द्र ऐरी ( ६ ) , करन केसी ( ३ ) र रोहित पौडेल ( १७ ) आउट भएपछि नेपाल कठिन मोडमा पुगेको हो।

नेपाललाई जितको लागि ७ ओभरमा २८ रन आवस्यक छ र यसपछि सन्दिप लामिछाने मात्र ब्याटिंग गर्न बाँकी छन्।

अब के हुन्छ ?

मैदानमा हल्का वर्षा जारि छ । यो अवस्थामा खेल रोकिए नेपाल डी/एल मेथडको आधारमा हार्नेछ । नेपाली समय ९:३० बजे भित्र खेल सुचारु नभए खेलमा नामिबियालाई डी/एल मेथडको आधारमा बिजेता घोषणा गरिनेछ। नेपालको स्कोर १११/८ ( ४३ ओभर ) रहेको छ, नेपालको योगफल यो बेला १२४ रन भएको भए खेल रोकिएपनि नेपाल बिजयी हुने थियो। अब खेल सुरु गर्न प्रार्थना गर्नु बाहेक नेपालको अर्को उपाय छैन।

यस अघि 

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाउदै मात्र १३८ रन मात्रै बनाउन सक्यो ।

नामिबियाका लागि क्रेग विलियमसनले ४१ रनको आक्रामक पारि खेलेका थिए। ३४ बलमा ८ चौका प्रहार गरेका उनलाई जान फ्रान्कलिन तथा जेने ग्रीनले पनि समान २२/२२ रनको पारि खेलका थिए।विलियमसनलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट गरे।

कुनै समय ७५/२ मा रहेको अवस्थाबाट बसन्त रेग्मी र सन्दिप लामिछानेले कसिलो बलिंग गरेपछि नामिबियाले थप ६ रन जोड्दा ४ विकेट गुमाउन पुगेको थियो ।

ओपनर स्टेफन बार्डले १८ रनको योगदान दिएको खेलमा तल्लोक्रममा ब्याटिंग गर्दै जेजे स्मिटले पनि १८ रनको योगदान गरे ।

जवाफमा नेपालका लागि लेग स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिन ८.२ ओभरमा २ मेडन राख्दै १८ रन खर्चे भने सोमपाल कामिले ७ ओभरमा ३५ रन खर्चिदै ३ विकेट हात पारे । पारस खड्का, शरद भेसावाकरले १/१ विकेट झारे।

खेलको अपडेट यो लिंकमा 

 ( फोटो – पिटर डेला पेना )





थप समाचार

“वर्तमान युगमा उनि नम्बर-१ ब्याट्सम्यान हुन्, उनि अद्भुत प्रदर्शन गरिरहेका छन्।” युसुफले बताए कोहली र आजममा को नम्बर-१

वर्तमान विश्व क्रिकेटका दुई ठूला ब्याट्सम्यान भारतका बिराट कोहली र पाकिस्तानका बाबर आजम बीच को महान् भन्ने बहस क्रिकेट फ्यानहरु […]

टि-ट्वान्टी विश्वकपमा २० वटा टिम, इन्टर कन्टिनेन्टल कप फरक नाममा

क्रिकेट खेललाई विश्वव्यापीकारण गर्ने प्रयास स्वरूप अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) टि-ट्वान्टी विश्वकपमा टिम संख्या बढाएर २० वटा पुर्याउने […]

पाकिस्तानको सिरिज जितमा बाबरको किर्तिमान

लगातार दोश्रो टेस्ट इनिंग्स अन्तरले जित्दै भ्रमण टोलि पाकिस्तानले जिम्बाब्वे बिरुद्धको दुई वटा टेस्टको सिरिज क्लिन स्विप गरेको छ। यस […]

कुशल भएनन् आईसीसी प्लेयर अफ द मन्थ

पाकिस्तानकै फखर जमान र नेपाली क्रिकेट टिमका ओपनिंग ब्याट्सम्यान कुशल भुर्तेललाई पछि पार्दै बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ( आईसीसी […]

हार्दिक र पृथ्वीलाई बाहिर राख्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय टिमको घोषणा

आगामी महिना आयोजना हुने पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाइनल तथा त्यसलगत्तै इंग्ल्यान्ड बिरुद्ध पांच टेस्टको सिरिजको लागि भारतले टिमको घोषणा […]

कुशल भुर्तेल आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा, कसरि गर्ने भोट

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद […]