रैना र हरभजनसंग सम्बन्ध समाप्त गर्दै चेन्नाई



व्यक्तिगत कारण देखाउदै सुरेश रैना र हरभजन सिंहले यो सिजन चेन्नाईको प्रतिनिधित्व गर्दै आईपीएल खेलेनन्। रैना जसले भारतमा १ हफ्ता टिमसंग बिताएपछि युएई पुगेता पनि टिमका १३ सदस्यहरुमा कोरोना देखिएपछि भारत जाने निर्णय गरेका थिए, अर्कोतर्फ हरभजन चेन्नाई क्याम्पमा उपस्थित नहुँदै आईपीएल २०२० नखेल्ने संकेत त्यतिबेला दिएका थिए जो पछि युएईनै गएनन्। दुई ठूला खेलाडीहरुको अनुपस्थितिमा चेन्नाई टिमको प्रदर्शन अंकतालिकामा पहिलो पटक पुछारमा हुनुले देखाउछ।

मिडिया रिपोर्टहरुका अनुसार रैना र हरभजनले व्यक्तिगत कारणले आईपीएल २०२० नखेल्ने निर्णयले क्लबसंगको कन्ट्रयाक्टनै गुमाउनु पर्नेछ।

InsideSports का अनुसार रैना र हरभजनको सम्बन्धनै सकिएको छ। चेन्नाईले आफ्नो वेबसाइटबाट रैना र हरभजनको नाम हटाइसकेको छ। त्यति मात्रै हैन टिमले दुवैसंगको अनुबन्धलाई समाप्त गर्न प्रक्रिया पनि थालिसकेको छ।

२०१८ को आईपीएल अक्सन आचारसंहिता अनुसार हरभजन र रैनाले चेन्नाईसंग ३ वर्षको लागि आबद्ध भएका थिए जुन यसै वर्ष आईपीएलसंगै सकिनेछ। श्रोतका अनुसार दुवैले यो सिजन खेल्न नमाने पछि दुवैको अनुबन्ध टिमले आधिकारिक रुपमा समाप्त गर्दैछ।

अनुबन्ध अनुसार रैनाले ११ करोड भारु प्रति सिजन तथा हरभजनले २ करोड भारु प्रति सिजन पाउने थिए। जानकारी अनुसार दुवैलाई यो सिजन कुनै पनि तलब दिईनेछैन।

चेन्नाईका सीईओ काशी विश्वनाथनले भने यो विषयमा धारणा राख्न मानेनन्। तर यो सिजन दुई खेलाडीले तलब पाउनेछन् कि छैनन् भन्ने प्रश्नको भने उनले जवाफ दिएका छन् – “उनीहरु खेल्दैनन् भने तलब पनि पाउनेछैनन् , खेलेको अवस्थामा मात्र तलब दिने हो।”

अनुबन्ध समाप्त गर्नु भनेको रैना र हरभजन दुवै चेन्नाई टिमका खेलाडी अब नहुने भन्ने हो। यसको मतलब यदी बिसीसीआईले आगामी सिजन प्रतिकूल परिस्थितिका कारण अक्सन आयोजना नगरेको खण्डमा रैना र हरभजनसंग चेन्नाईको अनुबन्ध हुनेछैन भने आईपीएलको अर्को सिजन मैदान बाहिर बस्नुपर्ने पनि हुनसक्छ।

लिगमा चेन्नाई अंकतालिकाको पुछारमा आठौँ स्थानमा रहेको छ। चेन्नाईका प्रशिक्षक स्टेफेन फ्लेमिंगले ६ दिन पाएको ब्रेकमा आफ्नो टिमले धेरै कुरामा काम गरेको बताए। तिन पटकको विजेता टिमले सुरुवात कमजोर गरेको छ।

“तिन वटा खेल थोरै अन्तरलमा भयो र अझ तिन वटा फरक मैदानमा। खेल्ने मुख्य रुपमा पहिलो टिम हुँदा परिस्थिति बुझ्न कठिन थियो। मैदानमा पनि हामीले चुनौतीहरुको सामना गर्नुपर्यो। यो ब्रेकको हामीले राम्रो सदुपयोग गर्यौं र धेरै कुरामा अब स्पस्ट भएका छौँ कि अब के गर्नु पर्नेछ।” सनराइजर्स हैदरावादसंगको खेल अघि फ्लेमिंगले चेन्नाईको वेबसाइटलाई बताए।

फ्लेमिंगका अनुसार ब्याट्सम्यान अम्बाती रायडु र अलराउण्डर ड्वेन ब्राभो छनौटको लागि उपलब्ध रहेका छन्। रायडु पहिलो खेलमा मुम्बई बिरुद्ध प्लेयर अफ द म्याच चुनिएका थिए जसपछि ह्याम्सट्रिन्ग इन्जुरीका कारण २ खेलमा बाहिर रहेका थिए। वेस्टइन्डिज खेलाडीले पनि चोटका कारण ३ वटै खेल गुमाएका छन्।

चेन्नाईले अब दुबईमा आगामी ५ मध्ये ४ खेल खेल्ने हुनाले टिमलाई सहजता हुनेछ।

“दुबईमा अन्तिम खेल खेल्दा दिल्लीसंग हामि पूर्णत पछि परेका थियौं। केहि पक्ष छन् जसमा हामि खुसि छैनौँ जसको लागि हामीले कठिन मेहनत गरेका छौँ।” फ्लेमिंगले बताए।

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड ( मुम्बई-पन्जाब खेल पछि )

चलेन पन्जाबको ब्याटिंग, सहज जितपछि मुम्बई अंकतालिकाको शिर्षमा

IPL : रोहितले पुरा गरे ५ हजार रन, लिग इतिहासकै मात्र तेश्रो ब्याट्सम्यान

IPL : गत सिजनको तुलनामा बढ्यो आईपीएलको दर्शक

विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि





थप समाचार

अमेरिका जाने राष्ट्रिय टिमको विदाई

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुन ९ देखि १५ तारिखसम्म अमेरिकामा हुने त्रिदेशीय सिरिज खेल्न […]

यू–१९ विश्वकप एसिया छनोट : यू–१९ महिला राष्ट्रिय टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियामा जेठ २० देखि २५ गतेसम्म आयोजना हुने आर्ईसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोट खेलका लागि […]

धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीलाई, दीपक सर्वोत्कृष्ट

क्लब स्तरीय टी–२० राष्ट्रिय क्रीकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट […]

ईपीएल आयोजना गर्न क्यानले स्वीकृति नदिएपछि सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एभरेस्ट प्रिमियम लिग (ईपीएल)को आगामी संस्करणका लागि स्वीकृति नदिएपछि आयोजक संस्था ईपीएल प्रालिले सर्वोच्च […]

धनगढी सुपर लिग : लिटल फ्लावर र कैलाली जिल्ला क्रिकेट क्लब विजयी

धनगढी ११ जेठ – कैलालीको धनगढीमा जारी टी–२० क्लब क्रीकेट प्रतियोगिता ‘धनगढी सुपर लिगमा’ लिटल फ्लावर क्रीकेट क्लब र कैलाली […]

कप्तान सन्दिप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन 

नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनि ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ। […]