राजस्थान र पन्जाब आईपीएल खेल्न युएई प्रस्थान ( फोटो फिचर )

किंग्स-११ पन्जाब र राजस्थान रोयल्स आईपीएल २०२० को लागि बिहिबार दिउसो युएई प्रस्थान गरेको छ। १३ औं सिजनको आईपीएल १९ सेप्टेम्बर देखि आयोजना हुँदैछ।

आफ्नो सामाजिक संजालमा दुवै टिमले युएई जाने क्रमको तस्बिर र भिडियोहरु राख्दै जानकारी गराएको छ। टिमका खेलाडीहरुले पनि तस्बिरहरु राख्दै युएई जाने उत्साह देखाएका छन्। धोनी कप्तानीको टिम चेन्नाई सुपर किंग्स अगस्ट २१ मा युएई जानेछ।

१३ औं सिजनको आईपीएल ५३ दिनसम्म चल्नेछ जसको फाइनल नोभेम्बर १० सम्म चल्नेछ। अबुदाबि, शारजाह र दुवै गरि तिन स्थलमा खेलहरु आयोजना हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सले गत वर्षको रनर-अप चेन्नाई सुपर किंग्ससंग खेल्ने बताईएको छ। तथापी भारतीय क्रिकेट बोर्डले अधिकारिक रुपमा मिति भने सार्वजनिक गरेको छैन।

यो पनि पढ्नुस :-

CPL-T20 : सन्दिपको दोश्रो खेल भोलि पोलार्डको टिम ट्रिनबागोसंग ( सम्पूर्ण जानकारी )

२ जना दक्षिण अफ्रिकी क्रिकेटरमा देखियो कोरोना

CPL : जमैकाद्वारा सेन्ट लुसिया पराजित, राम्रो रह्यो सन्दिपको प्रदर्शन

IPL : वोक्सको स्थानमा दिल्लीले दक्षिण अफ्रिकी पेसर नोर्कियालाई भित्र्यायो

भिभो भन्दा आधा रकममा DREAM-11 बन्ने भयो आईपीएलको मुख्य प्रायोजक

धोनीका सबैभन्दा ठुला पाकिस्तानी फ्यान ‘चाचा शिकागो’ ले पनि लिए सन्यास, घनिष्ट थियो सम्बन्ध