बट्लर र गोपालको प्रदर्शनमा राजस्थानको जित, कोहलीको बेंगलोरको अर्को हार



  • विकेटनेपाल – २० चैत्र, बुधवार 

इन्डियन प्रिमियर लिग ( आइपिएल ) क्रिकेटको बाह्रौं संस्करण अन्तर्गतको १४ औं खेलमा विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्ससंग ७ विकेटको हार बेहोरेको छ। प्रतियोगितामा बेंगलोरको यो लगातार चौथो हार होभने उता समान चार खेलेको राजस्थानको पहिलो जित समेत हो।

टस हारेर ब्याटिंग गर्दै बेंगलोरले दिएको १५९ रनको लक्ष्य राजस्थानले खेल सकिन १ बल बाँकी रहंदा ३ विकेट गुमाएर पुरा गर्यो। राजस्थानको चेजमा जस् बट्लरले सर्वाधिक ५९, स्टिभ स्मिथले ३८ र राहुल त्रिपाठीले अविजित ३४ रन जोडे।

१५९ रनको लक्ष्य पछ्याएको राजस्थानलाई जस् बट्लर र कप्तान अजिंक्या रहानेले सानदार सुरुवात दिलाए। पहिलो विकेटका लागि जोडीले मात्र ७.४ ओभरमा ६० रन जोड्दा बेंगलोर दबाबमा आएको थियो। २० बलमा ४ चौका सहित २२ रन जोडेका रहाने युजभेन्द्र चाहलको बलमा एल बि डब्लू धरापमा पर्दै पहिलो विकेट स्वरुप पभेलियन फर्किए।

Ajinkya Rahane, Josh Buttler

रहानेको विकेट पश्चात ब्याटिंग गर्न आएका स्टिभ स्मिथले बट्लरसंग दोस्रो विकेटका लागि थप ४४ रनको साझेदारी गरे। मात्र ४३ बलमा ८ चौका र १ छक्का सहित ५९ रन जोडेका बट्लर १३ औं ओभरको चौथो बलमा चाहलको शिकार बन्दा बेंगलोरले खेलमा फर्किने अवसर पाएको थियो। तर ब्याटिंग गर्न आएका नयाँ  ब्याट्सम्यान राहुल त्रिपाठीले स्मिथसंग तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेपछि राजस्थानले सहज जित हात पर्यो।

३१ बल खेल्दै २ चौका र १ छक्का सहित ३८ रन जोडेका स्टिभ स्मिथ मोहम्मद सिराजको शिकार बन्दा राहुल त्रिपाठी ३४ रनमा अविजित रहे। उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

Josh Buttler

बेंगलोरको बलिङ्गमा युजभेन्द्र चाहल बाहेक अन्यको प्रदर्शन सन्तोषजनक रहन सकेन। चाहलले २ विकेट हात पार्दा मोहम्मद सिराजको नाममा १ विकेट रह्यो।

Yuzvendra Chahal

बेंगलोरको ब्याटिंग : 

यसअघि राजस्थानको घरेलु मैदान सबाइमान सिंह स्टेडियममा टस हारेर ब्याटिंगको निम्तो पाएको बेंगलोरको निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५८ रन जोड्न सफल भएको थियो। उसका पार्थिव पटेलले सर्वाधिक ६७ रनको योगदान गरे। यस्तै मार्कस स्टोइनिसले अविजित ३१, विराट कोहलीले २३ र मोइन अलिले अविजित १८ रन जोड्न सफल रहेका थिए।

पहिलो विकेटका लागि कप्तान कोहली र पार्थिव पटेलले ४९ रनको साझेदारी गर्दा बेंगलोरले राम्रो सुरुवात पाएको थियो। सातौँ ओभरको तेस्रो बलमा श्रेयस गोपालको गुग्लिमा बोल्ड भएका कोहलीले २५ बलमा ३ चौका सहित २३ रन जोडेका थिए। कोहलीको विकेट पश्चात बेंगलोरका ब्याट्सम्यानले गोपालको लेग स्पिन बुझ्न सकेनन्।

Shreyas Gopal

कोहली लगत्तै एबी डीभिलियर्स १३ रन बनाएर गोपालको हातबाट कट एण्ड बोल्ड हुन पुगे। बेंगलोरको स्थितिलाई थप खराब बनाउन गोपालले एघारौँ ओभरको पहिलो बलमा १ रन जोडेका शिम्रोन हेट्माएरलाई समेत विकेटकिपर जस् बट्लरको हातबाट क्याच आउट गराए।

त्यसपश्चात भने बेंगलोरको इनिंग उकास्ने क्रममा पार्थिव पटेल र मार्कस स्टोइनिसले चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे। ४१ बलमा ९ चौका र १ छक्का सहित ६७ रन जोडेका पटेल अठारौँ ओभरको दोस्रो बलमा छक्का प्रहार गर्ने कोसिसमा जोफ्रा आर्चरको शिकार बने।

Moin Ali, Marcus Stoinis

पटेलको विकेट पश्चात ब्याटिंग गर्न उत्रिएका मोइन अलि र क्रिजमा सेट रहेका मार्कस स्टोइनिशले इनिंगको अन्त्यतर्फ ठूला सट प्रहार गर्दै बेंगलोरलाई १५८ रनको अवस्थामा पुर्याए। अलिले ९ बलमा २ चौका र १ छक्का सहित १८ रन जोड्दा स्टोइनिसले २८ बलमा २ चौका र १ छक्का सहित ३१ रन जोडे।

राजस्थानको बलिङ्गमा श्रेयस गोपालले ४ ओभरमा मात्र १२ रन खर्चेर कोहली, डीभिलियर्स र हेट्माएरको ठूलो विकेट हात पारे। यस्तै जोफ्रा आर्चरको नाममा १ विकेट रह्यो।





थप समाचार

ओमान भ्रमण सकेर नेपाली टिमको स्वदेश आगमन, प्रशिक्षक व्हाटमोर फर्केनन्

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सहभागिता पछि ओमान पुगेको नेपाली क्रिकेट टिम मंगलबार बिहान स्वदेश आगमन गरेको […]

ओमानद्वारा अमेरिका ७२ रनले पराजित, सिरिज समाप्तिमा अंकतालिकाको अवस्था

अमेरिकालाई ७२ रनले पराजित गर्दै ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गत एघारौं जित दर्ता गर्न सफल भएको छ। अल अमिरात मैदानमा […]

IPL : बैंगलोरलाई सहजै पराजित गर्दै कोलकाता पाँचौ स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले पराजित गर्दै कोलकाता नाइट राईडर्सले युएईमा सुरु भएको आईपीएलको दोश्रो फेजको शानदार सुरुवात गरेको छ। […]

चक्रवर्तीले घातक बलिंग गर्दा बैंगलोर ९२ रनमै सिमित

युएईमा जारि आईपीएलको दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गरिरहेका छन्। […]

ICCWCL2 : मक्सुदको अर्धशतक, ओमानद्वारा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमान र अमेरिका […]

IPL : कोलकाता बिरुद्ध बैंगलोरले पहिले ब्याटिंग गर्ने, दुई खेलाडीले डेब्यु गर्दै

युएईमा जारी इन्डियन प्रिमियर लिगको ( आईपीएल ) दोश्रो फेज अन्तर्गत लिगको ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकाता […]