खुकुरी कप: राजबिर सिंह विस्फोटक इनिंगमा च्यालेन्जर्स बिजयी



  • विकेटनेपाल, माघ १६ – मंगलबार

खुकुरी च्यालेंजर्स कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलहरुमा आरसीए प्युठान च्यालेंजर्स र शान्तिनगर युथ क्लबले जित दर्ता गरेका छन् ।

पहिलो खेल: आरसीए प्युठान च्यालेंजर्स   Vs मलपोखरी क्रिकेट क्लब

मुलपानी मैदानमा भएको दिनको पहिलो खेलमा आरसीए प्युठान च्यालेंजर्सले प्रतियोगितामा दोश्रो जित हातपार्ने क्रममा मलपोखरी क्रिकेट क्लबलाई ११७ रनको फराकिलो जित दर्ता गरेको छ । यसअघि उसले अल्टिमेट इन्डोर क्रिकेटलाई ८ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिंग गरेको आरसीए प्युठान च्यालेंजर्सले राजबिर सिंहको अविजित ९३ रनको विस्फोटक इनिंगको मद्दतमा २० ओभरमा २ विकेट गुमाएर १९३ रन बनाएको थियो। यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहीसकेका तथा एभरेस्ट प्रिमियर लिगमा ललित प्याट्रिएट्सको प्रतिनिधित्व गरेका राजबिर सिंहले ५८ बलमा ७ चौका र ७ छक्का छक्का प्रहार गरे।

राजबिर सिंह

पहिलो विकेटको लागि सुबेन्दु पाण्डेले ४५ रन (२० बल, ७ चौका, २ छक्का) र प्रेम तामांगले ३९ रन (३६ बल, ७ चौका) को पारि खेल्दै ६५ रनको साझेदारी गरेका थिए। त्यसपछि दोश्रो विकेटको लागि प्रेम तामांगले राजबिर सिंहसँग ९८ रनको साझेदारी गरे।

तेस्रो विकेटको लागि लोकेश बमसँग राजबिरले अविजित ३० रनको साझेदारी गरे। बमले ९ रन बनाउन ७ बलमा १ छक्का प्रहार गरे ।

१९४ रनको बिशाल लक्ष्य पछ्याएको मलपोखरी क्रिकेट क्लबले १६.४ ओभरमा सबै विकेट गुमाउदै ७६ रनमात्र बनाउन सक्यो । उसका लागि गौरभ कटुवाल दोहोरो अंकमा रन बनाउने एकमात्र खेलाडी रहे । उनले अविजित २४ रन बनाए।

मलपोखरीलाई सस्तैमा समेट्न म्यान अफ द म्याच समेत घोषित राजबिर सिंहले ४ विकेट हात पार्न ४ ओभरमा १ मेडन सहित मात्र १५ रन खर्चे। यस्तै यज्ञमान कुमालले ३ विकेट लिए।

खेलको स्कोरकार्ड हेर्न क्लिक गर्नुस 

दोश्रो खेल: शान्तिनगर युथ क्लब Vs केसीटीसी

आजै भएको दोश्रो खेलमा शान्तिनगर युथ क्लबले काठमाण्डौ क्रिकेट ट्रेनिंग सेन्टर (केसीटीसी) लाई ६ रनले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको शान्तिनगरले अमित श्रेष्ठको ५१ रनको पारीको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। अमितले ५२ बलमा ५ चौका प्रहार गरेका थिए।

ब्याटिंग गर्दै अमित श्रेष्ठ

२८ अतिरिक्त पाएको शान्तिनगरका लागि कुशल भुर्तेलले २५ रन प्रहार गर्न १६ बलमा ५ चौका प्रहार गरे भने योगेन्द्र कार्कीले १७ र मन्जित श्रेष्ठले १६ रनको पारी खेले। केसीटीसीका नन्दन यादव र आदील खानले २/२ विकेट हात पारे।

जवाफमा लक्ष्य पछ्याएको केसीटीसीले २० ओभरमा ६ विकेट गुमाउदै १५३ रन मात्र बनाउन सक्यो। बिबेक रानामगरले ४१ रन (३४ बल, ४ चौका, १ छक्का), आदील खानले ३९ रन (२९ बल, १ चौका, ३ छक्का) तथा संजय बस्नेतले अविजित २५ रन ( १२ बल, ३ छक्का ) बनाएपनि जित दिलाउन सकेनन्।

बलिंगतर्फ शान्तिनगरका सुनिल धमला र मुकुन्द यादवले समान २/२ विकेट हात पारे।

अर्धशतक प्रहार गरेका अमित श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।

अंक तालिका 

Group A

TEAM MATCH WIN LOSS NO RESULT POINTS Run Rate
Shantinagar Youth Club 4 3 0 1 10 +1.94
RCA Pyuthan Challengers 4 2 1 1 7 +2.42
KCTC 3 1 1 1 4 +0.025
Ultimate Indoor Cricket 3 0 2 1 1 -1.68
Malpokhari Cricket Club 2 0 2 0 0 -4.89

भोलिहुने खेलहरु:

पहिलो खेल: जीएचसीए Vs नेपाल क्रिकेट स्कुल

दोश्रो खेल: ओएसीस क्रिकेट एकेडेमी Vs त्रिभुवन आर्मी क्लब

( फिचर फोटो – फाइल फोटो )





थप समाचार

टि-१० लिग : करन केसीले पुनेबाट डेब्यु गर्दै

युनाइटेड अरब इमिरेट्स ( युएई ) मा आज सुरु भएको ‘अबु धाबी टि-१० लिग’ अन्तर्गत दिनको दोश्रो खेलमा नासिर हुसेन […]

टि-१० लिग : रोमान्चक खेलमा सोमपाल आबद्ध मराठा विजयी, यस्तो रह्यो सोमपालको प्रदर्शन

युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा चौथो संस्करणको ‘अबु धाबी टि-१० लिग’सुरु भएको छ। लिगको उद्घाटन खेलमा नेपाली खेलाडी सोमपाल कामि आवद्ध […]

टि-१० लिग : क्याच छुट्दा सोमपाल विकेटविहिन, यस्तो रह्यो प्रदर्शन

युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा चौथो संस्करणको ‘अबुधाबी टि-१० लिग’ सुरु  भएको छ। लिगको पहिलो खेलमा नेपाली फास्ट बलिंग अलराउण्डर सोमपाल […]

टि-१० लिग : पहिलो खेलमै सोमपालले पाए मौका

युनाइटेड अरब इमिरेट्समा चौथो सिजनको अबु धाबी टि-१० लिग सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा नेपाली फास्ट अलराउण्डर सोमपाल कामि आबद्ध […]

प्रम कप : बागमतीलाई हराउदै आर्मी लगातार चौथो पटक फाइनलमा

बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। प्रतियोगिताको […]

टि-१० लिगमा आज करन र सोमपाल आबद्ध टिमको खेल ( सम्पूर्ण जानकारी )

युनाइटेड अरब इमिरेट्समा ( युएई ) आज देखि अबु धाबी टि-१० लिग सुरु हुँदैछ। प्रतियोगितामा ३ नेपाली खेलाडीहरु करन केसी, […]