रानाको जुझारु इनिंग्स, भारत टेस्ट जोगाउन सफल



कमजोर ब्याटिंग गरेपछि फलो अन जोगाउन नसकेको भारतले दोश्रो इनिंग्समा उत्कृस्ट पुनरागमन गर्दै इंग्ल्यान्ड बिरुद्धको एक मात्र टेस्ट बराबरी गर्न सफल भएको छ।

टेस्टमा टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंग्समा ३९६ रन बनाएको थियो जसको जवाफमा भारतले पहिलो इनिंग्समा २३१ रन मात्र बनाउन सकेपछि इंग्ल्यान्डले भारतलाई फलोअन दिएको थियो। इंग्ल्यान्डको योगफल भन्दा १६५ रनले पछि परेको अवस्थामा दोश्रो इनिंग्स ब्याटिंग गरेको भारतले दोश्रो इनिंग्समा शानदार ब्याटिंग गर्दै टेस्ट जोगाउन सफल भएको हो।

टेस्टको तेश्रो दिन समाप्तिमा ८३/१ को अवस्थामा चौथो दिन ब्याटिंग सुरु गरेको भारतले चौथो दिन पुरै ब्याटिंग गर्दै ८ विकेट समाप्तिमा ३४४ रन बनाउन सक्यो। भारतले दोश्रो इनिंग्समा १७९ रनको अग्रता लिंदा चौथो दिन समाप्ति भयो र टेस्ट बराबरीमा सकिन पुग्यो।

स्नेह रानाको कीर्तिमानी इनिंग्स

१६५ रनले पछि पर्दै दोश्रो इनिंग्स ब्याटिंग गर्ने क्रममा भारतले १९९ रनमा ७ विकेट गुमाइसकेको थियो। सो अवस्थामा छिट्टै बाँकी विकेट गुमेको भए इंग्ल्यान्ड टेस्ट जित नजिक थियो। तर आठौँ नम्बरमा ब्याटिंग गर्न आएकी स्नेह रानाले जुझारु इनिंग्स खेल्दै भारतको हारको खतरा पूर्णत टार्दै स्वस्थ अग्रतातर्फ डोर्याईन्।

रानाले १५४ बलमा १३ चौका मद्दतले अविजित ८० रन बनाईन्। भारतीय टेस्ट क्रिकेट इतिहासमै छैठौं या सो भन्दा तल्लो नम्बरमा ब्याटिंग गर्दै बनाएको यो सर्वाधिक व्यक्तिगत स्कोर हो। यस क्रममा रानाले शिखा पाण्डेसंग ४१ रनको तथा तानिया भटियासंग १०४ रनको साझेदारी गरिन्। नवौं विकेटको लागि उक्त साझेदारी महिला टेस्ट क्रिकेट इतिहासकै दोश्रो ठूलो तथा भारतको सबैभन्दा ठूलो साझेदारी हो। दशौँ नम्बरमा ब्याटिंग गरेकी भाटीयाले रानाको राम्रो साथ दिईन् र ८८ बलमा ६ चौका प्रहार गर्दै अविजित ४४ रन बनाईन्।

Sneh Rana of India ( Getty Images )

यस अघि भारतीय ओपनर शफाली वर्माले ६३, दिप्ती शर्माले ५४ तथा पुनम राउतले ३९ रन बनाएका थिए। दिप्ती र पुनमले तेश्रो विकेटको लागि महत्वपूर्ण ७२ रनको साझेदारी गरेका थिए।

इंग्ल्यान्डको बलिंगमा सोफी इक्लेस्टोनले सर्वाधिक ४ विकेट ( ३८-१०-११८-४ ) हात परिन्। नाट स्किभरले २, क्याथरिन ब्रन्ट र हिदर नाइटले समान १ विकेट लिए।

कीर्तिमानी सफली उत्कृस्ट चुनिईन् 

टेस्टको पहिलो इनिंग्समा ९६ तथा दोश्रो इनिंग्समा ६३  रन बनाएकी भारतीय १७ वर्षीय ओपनर शफाली वर्मा प्लेयर अफ द म्याच घोषित भईन्।

शफालीले बनाएको १५९ रन डेब्यु टेस्टमा भारतीय महिला क्रिकेटरको सर्वाधिक रन हो भने विश्वकै तेश्रो सर्वाधिक रन हो। यस्तै शफाली महिला टेस्ट म्याचमा तिन वटा छक्का हिर्काउने पहिलो क्रिकेटर समेत बनिन्।

टेस्ट हाइलाइट

England 1st Innings : 396 for 9 dec. (Knight 95, Dunkley 74*, Beaumont 66, Rana 4-131, Sharma 3-65)

India 1st Innings : 231 (Verma 96, Mandhana 78, Ecclestone 4-88, Knight 2-7) & India 2nd Innings :  344 for 8 (Rana 80*, Verma 63, Sharma 54, Bhatia 44*) (f/o)

एक मात्र टेस्ट पछि अब दुई देशले जुन २७ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको तथा जुलाई ९ तारिख देखि तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज खेल्ने तालिका रहेको छ।





थप समाचार

द हन्ड्रेड : मोईन अलि कप्तानीको बर्मिंघम ३ विकेटले विजयी

इंग्ल्यान्डमा जारी ‘द हन्ड्रेड’ लिग अन्तर्गत गय राति सम्पन्न लिगको दोश्रो खेलमा मोईन अलि कप्तानीको बर्मिंघम फोनिक्सले ओएन मोर्गन कप्तानीको […]

श्रीलंकाद्वारा भारत ३ विकेटले पराजित

तेश्रो खेलमा भ्रमण टोलि भारतलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले सिरिजको सुखद अन्त्य गरेको छ। यस अघिनै भारतले अघिल्लो दुई […]

आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट […]

श्रीलंकाद्वारा भारत २२५ रनमै सिमित

भारतको श्रीलंका भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेल जारि रहेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा टस […]

जिम्बाब्वेद्वारा बंगलादेश पराजित, सिरिज बराबरी

दोश्रो खेलमा बंगलादेशलाई पराजित गर्दै घरेलु टोलि जिम्बाब्वेले तिन खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ। हरारे स्पोर्ट्स […]

मधिभिरेको करियरकै उच्च स्कोर, जिम्बाब्वेद्वारा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जित्न जिम्बाब्वेले बंगलादेशलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको […]