PSL : राशिदले ५ विकेट लिंदा लाहोरको जित



राशिद खानले घातक बलिंग गर्दा पेशावर जाल्मीलाई पराजित गर्दै लाहोर कलन्दर्स पाकिस्तान सुपर लिग अंकतालिकाको शिर्ष स्थानमा कायमै रहेको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा लाहोरले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा पेशावरले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १६० रन मात्र बनाउन सक्यो।

पेसावरको लागि शोयब मलिकले ४८ बलमा ७ चौका र ४ छक्का मद्दतले सर्वाधिक ७३ रनको योगदान दिए। उमेद आसिफले २३, डेभिड मिलरले २१, वहाव रियाजले १७ तथा शर्फेन रुथरफोर्डले १५ रन बनाए।

एक समय ५६/२ को अवस्थामा रहेको पेशावरलाई राशिद खानले ५ विकेट लिंदै ११४/७ को कमजोर अवस्थामा पुर्याएका थिए। राशिदले रोभम्यान पावेल र फाबीयन एलेनलाई खाता नखोली आउट गरे भने डेभिड मिलर, शर्फेन रुथरफोर्ड र वहाव रियाजलाई पेभेलियन फर्काए।

राशिदले पाकिस्तान सुपर लिग तथा फ़्रेन्चाइज् लिग करियरमै पहिलो पटक एकै खेलमा ५ विकेट लिएका हुन्। उनले ४ ओभर बलिंग गर्दा १ मेडन ओभर गर्दै २० रन खर्चिए। यस अघि राशिदले टि-२० अन्तर्राष्ट्रियमा दुई पटक एकै खेलमा ५ विकेटको प्रदर्शन गरेका छन्। दुवै पटक उनले आयरल्याण्ड बिरुद्ध उक्त प्रदर्शन गरेका थिए। पीएसएलमा ५ वा सो भन्दा बढी विकेट लिने राशिद इतिहासकै सातौं बलर हुन्। रभी बोपरा ( ४-०-१६-६ ) को नाममा लिग इतिहासकै उत्कृस्ट स्पेलको रेकर्ड रहेको छ।

जेम्स फल्कनरले २ विकेट ( ४-०-२३-२ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको लाहोरले २० ओभरमा ८ विकेट क्षेतीमा १७० रन बनाएको थियो।

लाहोरको ब्याटिंगमा टिम डेभिडले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ३६ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। बेन डंकले ४८ रन तथा जेम्स फल्कनरले २२ रन बनाए। २५ रनमै पहिलो ४ विकेट गुमाएको अवस्थामा डंक र डेभिडले ८१ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए। डेभिडले फल्कनरसंग पनि ४५ रनको साझेदारी गरे।

पेशावरको लागि फाबीयन एलेनले २ विकेट ( ३-०-३६-२ ) लिए भने वहाव रियाज, मोहम्मद इरफान, उमेद आसिफ र मोहम्मद इमरानले समान १ विकेट लिए।

बिहिबार सम्पन्न पहिलो खेलमा कराची किंग्सलाई पराजित गर्दै मुल्तान सुल्तानले पहिलो जित दर्ता गरेको थियो। पुरा पढ्नुस 

पीएसएल अंकतालिका 





थप समाचार

पुरनको आक्रामक अर्धशतक बाबजुद वेस्टइन्डिज पराजित, पाकिस्तानलाई अग्रता

दोश्रो खेलमा घरेलु टोलि वेस्टइन्डिजलाई ७ रनले पराजित गर्दै पाकिस्तानले ४ खेलको टि-२० अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता लिएको छ। […]

होल्डरको घातक बलिंग, राम्रो सुरुवातका बाबजुद पाकिस्तानको मध्यम योगफल

पाकिस्तानको वेस्टइन्डिज भ्रमण अन्तर्गत ४ खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेल जित्न पाकिस्तानले वेस्टइन्डिजलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको […]

द हन्ड्रेड : क्लार्क चम्किंदा म्यानचेस्टरको जित

वेल्स फायरलाई ७ विकेटले पराजित गर्दै म्यानचेस्टर ओरिजिनलले इंग्ल्यान्डमा जारी द हन्ड्रेड लिग अन्तर्गत दोश्रो जित दर्ता गरेको छ। कार्डिफ […]

अन्तर्राष्ट्रिय क्रिकेटबाट उडानाको सन्यास

श्रीलंकन क्रिकेटर इसुरु उडानाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। उडाना भारत बिरुद्ध भर्खरै सम्पन्न एकदिवसीय र टि-२० सिरिजमा टिमको […]

बेन स्टोक्सले क्रिकेटबाट लिए ब्रेक

इंग्ल्यान्ड क्रिकेट टिमका स्टार अलराउण्डर बेन स्टोक्सले अचानक  सबै किसिमको क्रिकेटबाट ब्रेक लिने निर्णय लिएका छन्। ३० वर्षीय अलराउण्डरले तत्काल […]

‘द हन्ड्रेड’ भिन्सको कप्तानी इनिंग्समा ब्रेभको पहिलो जित

रोमान्चक खेलमा मोईन अलि कप्तानीको बर्मिङगम फोनिक्सलाई ४ विकेटले पराजित गर्दै जेम्स भिन्स कप्तानीको साउदर्न ब्रेभले ‘द हन्ड्रेड’ लिगमा पहिलो […]