पोलार्ड, इशान, एबि, फिंच, पडीक्कल छोडेर भारतीय प्रशिक्षक शास्त्रीले किन गरे युवा बलरको तारिफ



मुम्बई र रोयल च्यालेन्जर्स बैंगलोर बीच सोमबार रातिको प्रतिस्पर्धामा ब्याट्सम्यानहरु दबदबा रह्यो। खेलमा कुल ५ वटा अर्धशतक बन्यो भने कुल ४०२ रन बन्यो। मुम्बईबाट इशान किशन, काइरन पोलार्ड तथा बैंगलोरबाट आरोन फिंच, डेभदत्त पडीक्कल र एबि डी भिल्लीयर्सले उत्कृस्ट अर्धशतकीय पारि खेले। खेल बैंगलोरको पक्षमा रह्यो जसपछि अधिकांशले ब्याट्सम्यानहरुको तारिफ गरे। तर भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक रभी शास्त्रीले भने कुनै ब्याट्सम्यानको तारिफ नगरी बैंगलोरका बलरको मात्र तारिफ गरे।

शास्त्रीले युवा बलरको तारिफ त्यसै गरेका हैनन्। खेलमा बलरहरु बलिंग गर्न आच्छु-आच्छु परिरहेको बेला बैंगलोरका बलर वासिंगटन सुन्दरले निकै कसिलो बलिंग मात्रै गरेनन् मुम्बई कप्तान रोहित शर्माको महत्वपूर्ण विकेट पनि लिए। २० वर्षीय अफ स्पिनर सुन्दरले ४ ओभरको स्पेलमा मात्र १२ रन खर्चेर १ विकेट लिए। त्यसक्रममा १३ वटा डट बल फाले।

पावरप्लेमा इनिंगको दोश्रो ओभर बलिंग सुरुवात गरेका सुन्दरले पहिलो ओभरमा रोहित शर्माको विकेट लिने क्रममा मात्र २ रन खर्चिएका थिए। त्यसपछि चौथो ओभरमा उनले मात्र १ रन खर्चे। छैठौं ओभरमा उनले ४ रन खर्चिए। पावरप्लेको ओभरमा ३ ओभर बलिंग गर्दा उनले मात्र ७ रन खर्चेर १ विकेट लिए। त्यसपछि १० औं ओभरमा स्पेल पुरा गर्ने क्रममा उनले ५ रन सहित कुल ४ ओभरमा १२ रन मात्र दिए।

खेलमा बैंगलोरका अन्य सबै बलरले १० भन्दा माथि प्रतिओभर रन खर्चिएका थिए। तर सुन्दरले मात्र ३ रन प्रतिओभर खर्चिएर जितमा अहम योगदान दिए। १ रनको पनि महत्व रहेको खेल बराबरी हुँदा सुपर ओभरमा खेल बैंगलोरले जितेको थियो।

रभी शास्त्रीको तारिफ 

खेल पछि ट्वीटरमा वासिंगटन सुन्दरको फोटो राख्दै भारतीय मुख्य प्रशिक्षक शास्त्रीले लेखे – “ब्याट्सम्यानहरुको दुनियामा, चेन्नाई देखि वासिंगटनसम्म। आईपीएलमा अहिलेसम्मकै उत्कृस्ट प्रदर्शन। विशेष।” ५८ वर्षीय पूर्व भारतीय क्रिकेटरले लेखेका छन्।


खेलपछि प्रतिक्रिया दिने क्रममा सुन्दरले आफुलाई विशेष जिम्मेवारी दिईएकोमा खुसि व्यक्त गरे –

“मैले मेरो तर्फबाट काम गरे र योगदान दिन पाउदा खुसि छु। म जतिसक्दो धेरै आरसीबिलाई दिन चाहन्थे। म खुसि छु कि मलाई मुम्बई बिरुद्ध विशेष जिम्मेवारी दिईएको थियो जसले मलाई आत्मविश्वास दिएको छ। यो जित मेरो लागि विशेष महत्वको छ किनकि हामीले ब्याटिंगमा निकै राम्रो प्रदर्शन गरेपछि हार चाहन्थेनौ। जितले निकै खुसि दिएको छ।”

भारतको लागि २३ टि-२० अन्तर्राष्ट्रिय र १ वानडे खेलीसकेका सुन्दरले २०१७ मा श्रीलंका बिरुद्ध डेब्यु गरेका थिए। यस क्रममा उनले टि-२० मा १९ र वानडेमा १ विकेट लिएका छन्। यो वर्ष सुरुवातमा भारतको न्युजिल्यान्ड टुरमा उनि टिमको सदस्य रहेका थिए।

IPL Match 11 : जितको भोको हैदरावादले रोक्ला दिल्लीको जित यात्रा ?

सुपर ओभरमा ब्याटिंगमा इशान किशनलाई किन पठाईएन ?

बैंगलोर र मुम्बई बीचको खेलमा बनेका ९ रोचक रेकर्डहरु

IPL : अंकतालिका, ताजा अरेन्ज र पर्पल क्याप लिस्ट