डी भिल्लीयर्स र पडीक्कलको अर्धशतक, बैंगलोरद्वारा हैदरावादलाई १६४ रनको लक्ष्य



युएईमा जारि आईपीएल २०२० अन्तर्गत लिगको तेश्रो खेलमा भारतीय कप्तान बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर र डेभिड वार्नर कप्तानीको सनराइजर्स हैदरावाद बीच प्रतिस्पर्धा भइरहेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा जारि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाउदै हैदरावादलाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बैंगलोरको ब्याटिंगमा ओपनर देभदत्त पडीक्कल र ए बि डी भिल्लीयर्सले अर्धशतक बनाए। लिगमा डेब्यु गरिरहेका बायाँ हाते पडीक्कलले अर्धशतक बनाउने क्रममा ४२ बलमा ८ चौका मद्दतले ५६ रन बनाए। डी भिल्लीयर्सले लिगमा ३४ औं शतक बनाउने क्रममा ३० बलमा ४ चौका र २ छक्का मद्दतले ५१ रन बनाए। आरोन फिन्चले २९, कप्तान बिराट कोहलीले १४ तथा शिभम दुबेले ७ रन बनाए।

उत्कृस्ट सुरुवात गरेको बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कल र आरोन फिन्चले ९० रनको साझेदारी गरेका थिए। पडीक्कललाई ११ औं ओभरमा विजय शंकरले बोल्ड गर्दै साझेदारी तोडेका थिए। लगत्तै ओभरमा आरोन फिन्चलाई अभिसहेक शर्माले एलबिडब्लु आउट गरे।

आईपीएल डेब्युमा २० वर्षीय पडीक्कलले अर्धशतक बनाए

तेश्रो विकेटको लागि कप्तान कोहली र डी भिल्लीयर्सले ३३ रनको साझेदारी गरे। कोहलीलाई देब्रे हाते ब्याट्सम्यान टि. नटराजनले १६ औं ओभरमा क्याच आउट गरे। ठुलो सट खेल्ने चक्करमा कोहली लंग अनमा समातिन पुगे। त्यसपछि चौथो विकेटको लागि डी भिल्लीयर्सले शिभम दुबेसंग ३९ रनको साझेदारी गरे। डी भिल्लीयर्स अन्तिम ओभरमा रन आउट हुन पुगे।

हैदरावादको बलिंगमा टि नटराजन ( ४-०-३४-१ ) , विजय शंकर ( १.२-०-१४-१ ) र अभिसहेक शर्मा ( २-०-१६-१ ) ले समान १/१ विकेट लिए। भुवनेश्वर कुमारले ४ ओभरमा २५ रन खर्चे पनि विकेट लिन सकेनन्। फास्ट बलर मिचेल मार्शले ४ बल मात्र गरेपछि घाइते हुँदा मैदान बाहिरिएका थियो।

खेलमा बैंगलोरले अलराउण्डर क्रिस मोरिस, पार्थिव पटेल र मोइन अलिलाई बाहिर राखेको छ। अनुभवी ओपनर पार्थिव पटेललाई बाहिर राख्दै बैंगलोरले पडीक्कललाई मौका दिएको हो।

बैंगलोरले हालसम्म लिगको उपाधि जित्न सकेको छैन। हैदरावादले भने २०१६ मा उपाधि जितेको थियो। त्यसपछि हैदरावाद प्रत्येक सिजन लिगको प्लेअफ पुगेको छ। बैंगलोर भने २०१७ र २०१९ मा लिगको पुछारमा रहेको थियो भने २०१८ मा छैठौं भएको थियो।

आईपीएल डेब्युमै पडीक्कलको अर्धशतक

शाहिन अफ्रिदीले ४ बलमा लिए ४ विकेट ( भिडियो सहित )

कप्तान मल्लको ट्वीटले अमेरिकी एम्बेसी क्लिन बोल्ड

“अम्पायरलाई ‘म्यान अफ द म्याच दिनुपर्थ्यो” अम्पायरको ठूलो गल्तिलाई सेहवागको व्यंग्य





थप समाचार

BBL : दबाबमा सन्दिपको राम्रो बलिंग, मेलबर्न बिरुद्ध लिए २ विकेट

दबाबमा सन्दिप लामिछानेले राम्रो बलिंग गर्दा मेलबर्न रेनेगेड्सलाई ६ रनले पराजित गर्दै होबार्ट हरिकेन्सले सातौँ जित दर्ता गरेको छ। मेलबर्नको […]

आर्मीलाई ४७ रनले हराउँदै एपीएफ फाइनलमा

त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै नेपाल एपीएफ क्लब जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । […]

लोकेशको कीर्तिमानी अर्धशतक

नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा […]

दिपेन्द्रको घातक बलिंग, पुलिस फाइनलमा

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनको फराकिलो अन्तरले पराजित गर्दै जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा विभागीय टोलि नेपाल पुलिस […]

देव खनाल र अनिल खरेल चम्कदा लुम्बिनीद्वारा गण्डकी सहजै पराजित

अनिल खरेल र देव खनाल चम्कदा जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद […]

राजुको अर्धशतकमा सुदूरपश्चिम विजयी, सेमिफाइनल समिकरण पुरा

ओपनर राजु रिजालले अर्धशतकी पारि खेल्दा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले प्रदेश १ माथि ७ विकेटको जित निकालेको […]