८ पौष, राजबिराज
राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा सप्तरीको राजबिराजमा रोकिएको राजबिराज क्रिकेट लिग अन्तर्गत बुधवारबाट शुरु भएको खेलमा लायन्स एकेडेमी र बरहि बिरपुर बिजयी भएको छ ।
प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको लागि रोकिएको लिग बुधवारबाट राजरंगशालामा शूरुवात गरिएको छ । बुधवार सम्पन्न पहिलो खेलमा रंजितपुरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ९ बिकेट गुमाई १ सय २६ रनको योगफल तयार पारेका थिए । रंजितपुरका लागि बिशाल यादवले ३३, संजय यादव १३ तथा रविन्द्र यादवले ११ रनको योगदान दिएका थिए । बलिंग तर्फ लायन्स एकेडमीका तर्फबाट अविनाश कर्णले ३, मुन्ना साह २ तथा बिजय दासले १ बिकेट लिएका थिए ।
१ सय २७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको लायन्सले उक्त लक्ष्य सजिलै १७ ओभरमा ३ बिकेटको नोकसानीमा प्राप्त गरेका थिए । लायन्सका लागि भोला साहले ४० र चित्र बहादुर बिष्टले ३५ तथा अविनाश कर्णले १४ रन बनाएका थिए भने राजिब मिश्रा १९ र मुना साह १० रनमा अविजित रहेका थिए ।
खेलमा उत्कृष्ट बलिंग गरे वापत लायन्सका अविनाश कर्ण म्यान अफ द म्याच भएका थिए ।

बुधवार नै सम्पन्न एक अर्को खेलमा मंसापुरले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १७ ओभर ४ बलमा ९५ रनमै समेटिएको थियो । मंसापुरका लागि लक्ष्मण दासले २१, अजय कुमार मरिक १९ तथा उमेश कुमार मण्डलले १६ रनको योगदान दिएका थिए । बलिंग तर्फ बरहिका उपेन्द्र रायले ३ तथा रेवति राय र बिष्णु मण्डलले क्रमश: २ र १ बिकेट लिएका थिए ।
९६ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बरहिले उक्त लक्ष्य सजिलै १५ ओभरमा ४ बिकेटको नोकसानीमा प्राप्त गरेका थिए । बरहिका लागि रेवति रायले २८ तथा बिक्की राय र राजिव यादवले सामान २१ रनको योगदान दिएका थिए । बलिंग तर्फ मंसापुरका धिरज मण्डलले २ तथा अजय कुमार मरिक र शुभाष मण्डलले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच बरहिका उपेन्द्र राय भएका थिए ।