IPL : पहिलो खेलमा सन्दिपले मौका नपाउनुको ३ कारण



आईपीएल टि-२० अन्तर्गत तेश्रो सिजनमा दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरिरहेका सन्दिपले लिगको पहिलो खेलमा पन्जाब बिरुद्ध अन्तिम-११ मा मौका पाएनन्।

गत साता मंगलबार सिपिएल टि-२० खेलेर युएई पुगेका सन्दिपले शनिवार क्वारेन्टाइन अवधि सकेपछि अभ्यासमा फर्किएका थिए। त्यस क्रममा सन्दिपको तिन वटा कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको थियो। १ दिन अभ्यास गरेपछि पनि सन्दिपले अन्तिम-११ मा मौका पाउने अनुमान गरिएको थियो। भारतीय मिडिया र पूर्व भारतीय क्रिकेटरहरुले समेत सन्दिप अन्तिम-११ मा पर्ने अनुमान गरेका थिए। तर त्यसो हुनसकेन र पहिलो खेलमा सन्दिप पुनः बेन्चमा बस्नुपर्यो।

दिल्लीको अन्तिम ११ : श्रेयस ऐयर ( कप्तान ) , पृथ्वी शा, रिशभ पन्त, शिखर धवन, रभीचन्द्रन आश्विन, अक्षर पटेल, मोहित शर्मा, शिमरन हेटमायर, कागीसो रबाडा, मार्कस स्टोइनिस र एनरिक नोर्किया

दिल्ली र पन्जाबको अन्तिम-११ 

अन्तिम-११ सन्दिप नपर्नुको २ वटा कारण 

दिल्लीले अन्तिम-११ मा ४ जना विदेशी खेलाडीको रुपमा ब्याट्सम्यान शिमरन हेटमायर र मार्कस स्टोइनिसलाई तथा बलरको रुपमा फास्ट बलर कागीसो रबाडा र एनरिक नोर्कियालाई मौका दियो। यस्तै स्पिनरको रुपमा टिमले अफ स्पिनर रभीचन्द्रन आश्विन र अक्षर पटेललाई मौका दियो।

सन्दिपलाई र अर्का लेग स्पिनर मिश्रालाई दिल्लीले मौका नदिनुको कारण दुबई अन्तर्राष्ट्रिय स्टेडियमको पिच हो। पिचमा धेरै घाँस रहेको छ जसले फास्ट बलरलाई मद्दत गर्ने गर्छ। पिच रिपोर्टको क्रममा पूर्व इंग्ल्यान्ड क्रिकेटरले चेन्नाई र मुम्बई बीचको पहिलो खेल जस्तै पिच रहेको बताएका थिए।

“यो पिचमा धेरै घाँस छ र अबु धावी जस्तै पिच छ। त्यसले बताउछ कि यसले पहिलो खेलको जस्तै व्यवहार गर्छ।” पिटरसनले टसको अघि पिच रिपोर्टमा बताएका थिए।

त्यसैले दिल्लीले २ जना स्पिनर मात्र लिएर खेलेको हो। त्यसैले दिल्लीले रबाडा, नोर्किया र मोहित शर्मा गरि ३ जना फास्ट बलर खेलाएको हो। पन्जाबले पनि टिममा मोहम्मद शामी, शेल्डन कटरेल र क्रिस जोर्डन गरि ३ जना फास्ट बलर लिएर खेलेको छ भने रभी बिस्नोइ र कृष्णप्पा गौतम गरि २ मुख्य स्पिनर खेलाएको छ। पन्जाबले मुजिब उर् रहमानलाई पनि मौका दिएन।

मुम्बई र चेन्नाई बीचको खेलमा खसेको १४ विकेट मध्ये ९ विकेट फास्ट बलरहरुले लिएका थिए र पिचले फास्ट बलरलाई राम्रो मद्दत पनि गरेको थियो। युएईको पिच सुस्त र स्पिनरलाई मद्दत गर्ने खालको हुने भएता पनि प्रतियोगिताको सुरुवात भन्दा अघि बढ्दै गर्दा यसले स्पिनरलाई बढी मद्दत गर्ने र पिच सुस्त हुँदै जाने विश्लेषकहरुले बताएका छन्। त्यसैले लिग अघि बढ्दै गर्दा स्पिनरहरुले बढी मौका पाउनेछन्।

सन्दिपले मौका नपाउनुको दोश्रो कारण टिमले २ जना विदेशी फास्ट बलर खेलाउनु हो। दिल्लीमा राम्रो फास्ट बलरहरु इशान्त शर्मा पछि विदेशी बलरहरुनै रहेका छन्। शिमरन हेटमायर र मार्कस स्टोइनिसले ब्याटिंगमा तथा बलिंगमा कागीसो रबाडा र एनरिक् नोर्किया गरि ४ विदेशी खेलाडी अन्तिम-११ मा छन्। २ जना फास्ट बलर विदेशी खेल्दा सन्दिपको सम्भावना अन्तिम-११ मा हुनु कम हुनु स्वाभाविक हो। यो अवस्थामा दिल्लीसंग स्पिनरको रुपमा आश्विन पछि मिश्रा र अक्षर पटेल मध्ये १ जनालाई खेलाउनु बाहेक अर्को बिकल्प छैन। एउटा राम्रो पक्ष के हो भने टिमले मिश्राको सट्टा अक्षरलाई चुन्नु हो। यदी १ जना फास्ट बलर कम खेलाउने हो भने टिमले मिश्राको सट्टा सन्दिपलाई मौका दिन सक्छ।

सन्दिपले मौका नपाउनुको तेश्रो कारण हिजो मात्रै उनको क्वारेन्टाइन अवधि सकिनु पनि हो। उनले हिजो बेलुका अभ्यास गरेका थिए तै पनि टिमसंग र माहोलसंग घुलमिल हुन अझै बाँकी रहेको छ। केहि दिन नेटमा बिताएपछि र पहिलो खेलमा अक्षर पटेलको प्रदर्शन कस्तो रहनेछले पनि आगामी खेलमा सन्दिपले मौका पाउने नपाउने थाहा हुनेछ। दिल्लीले दोश्रो खेल चेन्नाईसंग पनि दुबई अन्तर्राष्ट्रिय स्टेडियममा खेल्नेछ।

२०१८ मा दिल्लीले अक्सनमार्फत सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा टिममा अनुबन्ध गरेको थियो। त्यसपछि पहिलो सिजन ३ खेल तथा दोश्रो सिजन नेपाली स्पिनरले ६ खेलमा अन्तिम-११ मा मौका पाएका थिए। ९ खेलमा सन्दिपले कुल १३ विकेट लिएका छन्।

यो पनि पढ्नुस :-

अधिकांश ठूला भारतीय मिडियाको सम्भावित-११ मा सन्दिप, मिश्रा बाहिर

IPL Match 2 : दिल्ली र पन्जाबको बलियो र कमजोर पक्ष

IPL : रायडु र डु प्लेसिस चम्किदा चेन्नाईको पहिलो जित

एसोसिएट राष्ट्रबाट आईपीएल खेल्ने ५ क्रिकेटर





थप समाचार

नेपालको विश्वकप ग्लोबल छनोट खेल्ने सम्भावना समाप्त, युएई छनोट

‘गर या मर’ को खेलमा युएईसंग ४८ रनले पराजित हुँदै नेपाली महिला क्रिकेट टिमको आगामी वर्ष टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट […]

विश्वकप एसिया छनोट : नेपाललाई ‘गर या मर’को अवस्था

युएईमा जारि आईसीसी महिला टि-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट प्रतीयोगीता अन्तर्गत आज आफ्नो-आफ्नो अन्तिम खेलमा नेपाल र आयोजक युएई प्रतिस्पर्धा […]

एपीएफलाई ३ विकेटले हराउदै आर्मीलाई उपाधि

शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई ३ विकेटले पराजित गर्दै नेपाल आर्मी क्लबले बारा जिल्लामा आयोजित हरपुर क्रिकेट च्याम्पियन […]

ICC WCL 2 : रोमान्चक खेलमा ओमानद्वारा नामिबिया ९ रनले पराजित

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा सुरु भएको आयोजक नामिबिया, ओमान र युएई बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ओमानले […]

बागमतीलाई हराउँदै लुम्बिनीको तेस्रो जित

काठमाडौँमा जारि एकदिवसीय अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानीमा भएको खेलमा बागमतीलाई ३ विकेटले हराउँदै लुम्बिनीले तेस्रो जित दर्ता गरेको छ […]

U19 National : कर्णाली बिरुद्ध गण्डकीको संघर्षपूर्ण जित

कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा तेश्रो खेल खेल्दा पहिलो जित दर्ता गरेको छ। गण्डकी […]