रोहन मुस्तफा सोमपालको टिमबाट डिपिएल खेल्ने



  • विकेटनेपाल – २० माघ, आइतवार

रुस्लान धनगढी प्रिमियर लिगको टिम धनगढी स्टार्सले आफ्ना २ विदेशी खेलाडीहरुको नाम सार्वजनिक गरेको छ। स्टार्सको रणनीतिक खेलाडीका रुपमा सोमपाल कामि रहेका छन्।

धनगढी प्रिमियर लिगको तेश्रो संस्करण यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म आयोजना हुँदैछ।

स्टार्सले युएई राष्ट्रिय क्रिकेटर रोहन मुस्तफा र भारत मुम्बईका प्रथम श्रेणी क्रिकेटर सागर त्रिबेदीलाई अनुबन्ध गरेको छ। मुस्तफा र त्रिबेदी दुबै अलराउण्डरको भूमिका निभाउने गर्छन।

बायाँ हाते ब्याट्सम्यान र अफस्पिनर मुस्तफाले युएई राष्ट्रिय टिमको लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका छन्। त्यस क्रममा उनले एकदिवसीयमा ६४२ रन तथा टि-२० मा ४११ रन बनाएका छन्। यस्तै बलिङ्गतर्फ एकदिवसीयमा २८ विकेट तथा टि-२० मा १९ विकेट लिएका छन्।

पछिल्लो एक बर्ष यता मुस्तफा नेपाली घरेलु लिगहरुमा निरन्तर सहभागीहुँदै आएका छन्। दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा टिम चौराहा धनगढीको प्रतिनिधित्व गरेका मुस्तफाले प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित हुँदै धनगढीलाई प्रतियोगिता जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए। त्यसक्रममा मुस्तफाले कुल ६ खेलमा ब्याटिंगतर्फ १९८ रन र बलिंगतर्फ ९ विकेट लिएका थिए।

यस्तै गत कार्तिकमा पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा समेत मुस्तफाले बुटवल ब्लास्टर्सको प्रतिनिधित्व गरेका थिए।त्यस प्रतियोगितामा उनले ब्याटिंगतर्फ ५ खेलमा २५.४० को औसतमा १२७ रन प्रहार गरेका थिए भने बलिङ्गतर्फ समान ५ खेलमा ६.६५ को उत्कृस्ट इकोनोमीमा ५ विकेट हात पारेका थिए।

मुस्तफाले एभरेष्ट प्रिमियर लिग ( इपिएल ) को अन्तिम संस्करणमा काठमाण्डौ किंग्स ११ को कप्तानी समेत गर्न भ्याए। सो क्रममा टोलीलाई अन्तिम ४ सम्म पुर्याउन मुस्तफाले ब्याटिंगतर्फ ११४ रन तथा बलिङ्गतर्फ ५ विकेट हात पारे।

नेपालका हरेक लिगहरुमा मुस्तफा सोमपाल कामीकै टिम ( चौराहा धनगढी, बुटवल ब्लासटर्स, काठमाण्डौ किंग्स ११ ) मा रहँदै आएका छन्।

Rohan Mustafa

यस्तै धनगढी स्टार्सले अनुबन्धन गरेको अर्का बिदेशी खेलाडी सागर त्रिबेदी सन् २०१५ को इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन्। उनि दायाँ हाते फास्ट बलर र बायाँ हाते ब्याट्सम्यान हुन्। उनले २३ बर्ष मुनिको मुम्बई टिमको लागि खेलीसकेका छन्।

टिम मालिक कृष्ण बोहराले दुवै खेलाडीको आगमनले टोलि सन्तुलित बनेको बताएका छन्। उनले भने, “हाम्रो टिम सन्तुलित बनाउने प्रयास स्वरुप दुई विदेशी खेलाडीहरुलाई ल्याएका हौँ। अक्सनमा हामीले चाहे अनुरुप ७० प्रतिशत खेलाडीहरु टिममा भित्र्याउन सफल भएका छौ। टिम कप्तान सोमपाल कामिले राम्रो टिम बनाउन प्रयास गरिरहनु भएको छ। हामि आशावादी छौँ कि आगामी ३ वर्ष धनगढी स्टार्सले राम्रो प्रदर्शन गर्नेछ ।”

धनगढीको टोलीमा सोमपाल कामीसंगै पवन सर्राफ, दिपेश श्रेष्ठ, सौरभ खनाल, बिपिन खत्री, हरि बहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोबिन क्षेत्री, सुनील धमला, सन्दिप रजाली, धिरज शाही र कृष्ण ऐर रहेका छन्।

प्रतियोगिता अन्तर्गत धनगढीले पहिलो उद्घाटन खेल बिराटनगर किंग्स बिरुद्ध खेल्ने छ। यस्तै दोस्रो खेल फेब्रुअरी ११ मा काठमाण्डौ गोल्डेन्स बिरुद्ध, तेस्रो खेल फेब्रुअरी १२ मा सिवासी अत्तरिया बिरुद्ध, चौथो खेल फेब्रुअरी १५ मा महेन्द्रनगर युनाईटेड र पाँचौं खेल फेब्रुअरी १७ मा रुपन्देही च्यालेंजर्स बिरुद्ध खेल्ने छ।

यसअघि नै धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेन्जेन्टले मुख्य प्रायोजन समेत गरेको छ। घरेलु टोली धनगढी र कलेजबीच गत सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच मुख्य प्रायोजन सम्झौता भएको थियो।





थप समाचार

T20WC : ट्रंपलम्यानको घातक बलिंग, नामिबियाद्वारा स्कटल्याण्ड पराजित

स्कटल्याण्डलाई ४ विकटले पराजित गर्दै युएईमा जारि टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा नामिबियाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा अफगानिस्तानसंग पराजित […]

पाकिस्तानसंग हारपछि पनि सेहवागको विश्वास “भारतले टि-२० विश्वकप जित्नेछ”

युएईमा जारी टि-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमै पाकिस्तानसंग १० विकेटको विशाल अन्तरले पराजित भएको भारतलाई प्रतियोगिता सुरु हुनु अघि विश्वकप […]

विश्वकप एसियाली छनोट खेल्ने महिला राष्ट्रिय टिमको घोषणा, कविता पहिलो पटक राष्ट्रिय टिममा

युएईमा आगामी महिना नोभेम्बर २० देखि २६ तारिखमा आयोजना हुने २०२१ आईसीसी महिला टि-ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताको लागि १४ […]

T20WC : बंगलादेश बिरुद्ध शानदार जित पछि इंग्ल्यान्ड समुह ‘१’ को शिर्षमा

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणमा इंग्ल्यान्डले आफ्नो शानदार लय जारी राख्ने क्रममा बंगलादेशलाई ८ विकेटले सहजै पराजित गरेको […]

T20WC : टि-२० विश्वकपमा आज दुई खेल हुँदै

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौँ संस्करण अन्तर्गत सुपर-१२ चरण चल्दै गर्दा आज बुधबार दुई खेल हुँदैछन्। दिनको पहिलो खेलमा समुह […]

T20WC : पाकिस्तानको लगातार दोश्रो जित

न्युजिल्यान्डलाई  ५ विकेटले पराजित गर्दै पाकिस्तानले टि-ट्वान्टी विश्वकपमा लगातार दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा उसले भारतलाई १० विकेटले […]