रोहन मुस्तफा प्रतियोगिताकै उत्कृस्ट खेलाडी



  • विकेटनेपाल – ३० चैत्र | शुक्रबार 

धनगढीमा आज सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा काठमाण्डौ गोल्डेन्सलाई २१ रनले पराजित गर्दै घरेलु टिम टिम चौराहा धनगढीले प्रतियोगिताको उपाधी जितेको छ । उपाधीसहित उसले नगद २५ लाख रुपैयाँ र ट्रफी हात पार्यो ।

धनगढीलाई उपाधी जिताउनका लागि उसका बिदेशी खेलाडी तथा संयुक्त अरब इमिरेट्स ( युएई ) कप्तान समेत रहेका रोहन मुस्ताफाले महत्त्वपुर्ण भूमिका निर्वाह गरे । म्यान अफ द सिरिजसमेत बनेका उनले पल्सर २०० ए एस मोटरसाइकल प्राप्त गरे।

प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयर टिम चौराहा धनगढीकै ललित सिंह भण्डारी घोषित भए। उनलाई गोल्डस्टारले गोल्डेन बुट प्रदान गर्यो।

रोहण मुस्तफाको प्रतियोगितामा प्रदर्शन:

प्रतियोगिताको पहिलो खेल गुमाएका उनले बाँकी ६ खेलमा ब्याटिंग र बलिंग दुवैमा उत्कृस्ट अलराउण्ड प्रदर्शन गरे। कुल ६ खेलमा ब्याटिंगतर्फ १९८ रन र बलिंगतर्फ ९ विकेट लिएका उनको प्रदर्शन यस्तो रह्यो –

Vs सिवाईसी अत्तरिया: ४० रन, २/३५
Vs महेन्द्रनगर युनाईटेड: ३९ रन, ०/२२
Vs बिराटनगर किंग्स: ११ रन, २/२२
Vs रुपन्देही च्यालेंजर्स: १५ रन, २/१२
Vs काठमाण्डौ गोल्डेन्स (पहिलो क्वालिफायर): ३३ रन, १/२१
Vs काठमाण्डौ गोल्डेन्स (फाइनल): ६० रन, २/४६

प्रतियोगितामा अन्य खेलाडीहरुको प्रदर्शन

ब्याटिंगतर्फ

ज्ञानेन्द्र मल्ल – ७ इनिंग, २४८ रन, ४१.३३ को औसत, सर्बाधिक ६८*
अमित श्रेष्ठ – ७ इनिंग, २४२ रन, ४०.३३ को औसत, सर्बाधिक ८१*
सुनिल धमला – ७ इनिंग, २२९ रन, ३८.१६ को औसत, सर्बाधिक ७८
रोहन मुस्ताफा- ७ इनिंग, १९८ रन, ३३.०० को औसत, सर्बाधिक ६०

बलिंगतर्फ

ललितसिंह भण्डारी – ७ इनिंग, १४ विकेट, औसत १३.२१, बेस्ट ४/३७
सन्नी पटेल – ८ इनिंग, १३ विकेट, औसत १०.००, बेस्ट ६/१०
रशिद खान – ७ इनिंग, ११ विकेट, औसत १९.६३, बेस्ट ४/६
शुवंकर उराओ- ५ इनिंग, १० विकेट, औसत ५.७०, बेस्ट ३/७
कमलसिंह ऐरी – ५ इनिंग, ९ विकेट, औसत १२.३३, बेस्ट ४/१५
रोहन मुस्तफा- ६ इनिंग, ९ विकेट, औसत १७.५५, बेस्ट २/१२

 





थप समाचार

IPL : रोमान्चक खेलमा बैंगलोरद्वारा हैदरावाद पराजित

१४ औं आईपीएल अन्तर्गत छैठौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ। […]

पाकिस्तानको जितमा बाबर आजमको विस्फोटक शतक

पाकिस्तानको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत चार वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो टि-२० जित्दै पाकिस्तानले सिरिजमा २-१ को अग्रता हाँसिल […]

त्रिकोणात्मक सिरिजको लागि नेपाली टोलिको घोषणा, को परे को परेनन्

घरेलु मैदानमा नेदरल्याण्ड र मलेसियासंग खेलिने त्रिकोणात्मक टि-२० सिरिजको लागि नेपाल क्रिकेट संघले १५ सदस्यीय नेपाली राष्ट्रिय टोलिको घोषणा गरेको […]

आईपीएल २०२१ : संजु स्याम्सनको शतक बाबजुद राजस्थान पराजित

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार सम्पन्न चौथौं खेलमा केएल राहुल कप्तानीको पन्जाब किंग्सले संजु […]

आईपीएल २०२१ : राहुल र हुड्डाले शतकीय साझेदारी गर्दा पन्जाबद्वारा राजस्थानलाई विशाल लक्ष्य

१४ औं संस्करणको इण्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत सोमबार जारि चौथौं खेलमा संजु स्याम्सन कप्तानीको राजस्थान रोयल्स र केएल […]

IPL : कोलकाताद्वारा हैदरावाद १० रनले पराजित

१४ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। […]