बंगलादेश बिरुद्ध रोहितको शतक, राहुल र रोहितको किर्तिमान

  • विकेटनेपाल, अषाढ – १७, मंगलवार 

इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वकप क्रिकेट २०१९ अन्तर्गत मंगलवार भारत र बंगलादेश भिड्दै छन्। बर्मिङ्घम स्थित एज्ब्यास्टन मैदानमा भारतले टस जितेर ब्याटिंग गर्दै छ।

समाचार तयार पार्दासम्म भारतले ३४ ओभरको समाप्तिमा २ विकेट गुमाएर २०४ रन जोडेको छ। क्रिजमा कप्तान बिराट कोहली ( ९* )र रिसभ पन्त ( ८ *) रन बनाएर खेल्दै छन्।

उसका रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दा भारतले उत्कृस्ट सुरुवात पाएको हो। रोहित व्यक्तिगत १०४ रन तथा राहुल ७७ रन बनाएर आउट भए।

एक दिवसिय करियरको २६ औं शतक बनाउने क्रममा रोहितले मात्र ९२ बलमा ७ चौका र ५ छक्का सहित शतक पुरा गरेका हुन्। व्यक्तिगत ९ रनको स्कोरमा रहंदा मुस्ताफिजुर रहमानको बलमा तमिम इक्वालबाट क्याच छुटेका रोहितले त्यस्पस्चात आकर्षक ब्याटिंग गर्दै शतक पुरा गरे।

प्रतियोगितामा रोहितको यो चौथो सतक समेत हो। उनले यसअघि दक्षिण अफ्रीका बिरुद्ध १२२, पाकिस्तान बिरुद्ध १४० र इंग्ल्याण्ड बिरुद्ध १०२ रन बनाएका थिए।

राहुल र रोहितको रेकर्ड : 

नियमित ओपनर शिखर धवन चोटिल भएपछि उनको स्थानमा ओपनिङ्ग गरिरहेका लोकेश राहुलले रोहित शर्मासंग ब्याटिंग गर्दै बंगलादेश बिरुद्धको खेलमा विश्वकपको नयाँ रेकर्ड कायम गरेका छन्।

पहिलो विकेटका लागि १८० रनको साझेदारी गरेका राहुल र रोहितले भारतका लागी विश्वकपको सर्वाधिक ठूलो ओपनिङ्ग साझेदारीको रेकर्ड आफ्नो नाम गरेका हुन्। यसअघि सन् २०१५ को विश्वकपमा रोहित शर्मा र शिखर धवनले आयरल्याण्ड बिरुद्ध १७४ रनको साझेदारी गरेका थिए।

Highest opening p’ship for India in WCs
180 R Sharma – KL Rahul v Ban Edgabston 2019 *
174 R Sharma – S Dhawan v Ire Hamilton 2015
163 A Jadeja – S Tendulkar v Ken Cuttack 1996
153 S Tendulkar – V Sehwag v SL Joburg 2003

 

रोहितको व्यक्तिगत रेकर्ड :

बंगलादेश बिरुद्धको शतकसंगै रोहित शर्मा विश्वकप क्रिकेटमा सर्वाधिक शतक बनाउने संयुक्त दोस्रो ब्याट्सम्यान बनेका छन्। विश्वकपको १५ इनिंगमा रोहितले ५ शतक बनाएका छन्। यो सुचिमा भारतकै सचिन तेन्दुलकर शिर्ष स्थानमा छन्। सचिनको नाममा ४४ विश्वकप इनिंगमा ६ शतक रहेको छ।

Most 100s in a World Cup (100s/inngs)
6/44 S Tendulkar
5/42 R Ponting
5/35 K Sangakkara
5/15 ROHIT SHARMA

जारी विश्वकप क्रिकेटमा भारतले ७ खेलमा ५ जित र १ नतिजा बिहिन खेल खेल्दा ११ अंक बटुलेको छ। अंकतालिकामा दोस्रो स्थानमा रहेको भारतले बंगलादेश बिरुद्ध जित दर्ता गरेमा सेमिफाइनलमा स्थान बनाउने छ। उता ७ खेलबाट ७ अंक जोडेको बंगलादेशलाई भने अन्तिम-४ मा स्थान बनाउन भारत बिरुद्ध जित हात पार्नै पर्ने दवाब रहेको छ।