रोहितको शतकले दिलाएन भारतलाई जित, सिरिजमा अस्ट्रेलियाको अग्रता



  • विकेटनेपाल, पुष २८ – शनिवार 

भारतलाई पहिलो एकदिवसीयमा ३४ रनले पराजित गर्दै अस्ट्रेलियाले ३ वटा एकदिवसीयको सिरिजमा १-० को अग्रता लिएको छ। पहिले ब्याटिंग गर्दै अस्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ५० ओभरमा २५४ रन मात्र बनाउन सक्यो।

अस्ट्रेलियाले दिएको २८९ रनको लक्ष्य पछ्याउने क्रममा भारतको सुरुवात नाजुक रह्यो। ओपनर शिखर धवन ( ० ) पहिलो ओभरको अन्तिम बलमा बेह्रेनडर्फको बलमा एलबिडब्लु आउट भए। चौथो ओभरको तेश्रो बलमा कप्तान कोहली ( ३ रन ) लाई झाय रिचर्डसनले क्याच आउट गराए भने सोहि ओभरको पाँचौ बलमा अम्बाती रायडू ( ० ) एलबिडब्लु आउट भए।

३.५ ओभरमा ४ रनमा ३ विकेट गुमाएको भारतलाई पाँचौ नम्बरमा ब्याटिंग गर्न आएका महेन्द्र सिंह धोनी र ओपनर रोहित शर्माले शतकीय साझेदारी गर्दै उकासे।  १३७ रनको साझेदारी गरेपछि धोनी ३३ औं ओभरमा बेह्रेनडर्फको बलमा एलबिडब्लु भए जस अघि उनले ५१ रन ( ९६ बलमा ३ चौका र १ छक्का ) बनाए। लेग स्टम्प बाहिर ठोकिएको बलमा धोनी अम्पायरको गलत निर्णयको शिकार बने।

धोनीको विकेट पछि भारतले नियमित अन्तरालमा विकेट गुमायो। दिनेश कार्तिक ( १२ ) , रभिन्द्र जडेजा ( ८ रन ) बनाएर आउट भए जसपछि शतक पुरा गरेका रोहित शर्माले पनि साथ छोडे।

१३३ रन बनाएका रोहितले अस्ट्रेलिया बिरुद्ध ७ तथा २२ औं एकदिवसीय शतक पुरा गरेपछि रोहित स्टोइनिसको बलमा क्याच आउट हुन पुगे। १२९ बलमा उनले ६ छक्का र १० चौका प्रहार गरे। धेरै वान-डे शतक बनाउने सुचीमा अब रोहित बिश्वकै नवौं स्थानमा रहेका छन्। भारतीय खेलाडीको कुरा गर्दा रोहित सचिन ( ४९ शतक ) र बिराट कोहली ( ३८ शतक ) पछि तेश्रो नम्बरमा छन्। सौरभ गांगुलीको पनि २२ एकदिवसीय शतक रहेको छ।

रोहितको विकेट पछि रन रेटमा पछि परेको भारतले पुरै ५० ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर २५४ रन मात्रै बनाउन सक्दा ३४ रनले पराजित हुन पुग्यो।

अस्ट्रेलियाको लागि झाय रिचर्डसनले सर्वाधिक ४ विकेट लिन १० ओभरमा २ मेडन ओभर गर्दै २६ रन मात्रै खर्चिए। यस्तै जेसन बेह्रेनडर्फ ( १०-२-३९-२ ) र मार्कस स्टोइनिसले ( १०-०-६६-२ ) २/२ विकेट लिए। ९ बर्षपछि अस्ट्रेलियन एकदिवसीय टिममा कम्ब्याक गरेका पिटर सिडलले १ विकेट ( ८-०-४८-१ ) लिए।

अस्ट्रेलियाको ब्याटिंग   

सिड्नी मैदानमा टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले पुरै ५० ओभरमा ५ विकेट गुमाएर २८८ रन बनाएको थियो।

ओपनर एलेक्स केरे २४ र आरोन फ़िञ्च ६ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि उस्मान ख्वाजा र शन मार्शले ९२ रनको साझेदारी गरे। केरेलाई कुलदिपले क्याच आउट गराए भने फ़िञ्चलाई भुवनेश्वर कुमारले बोल्ड गरे।

ख्वाजा ५९ रन ( ८१ बलमा ६ चौका ) बनाएर २९ औं ओभरमा रभिन्द्र जडेजाको एलबिडब्लु शिकार भएपछि मार्शले पिटर ह्यान्ड्सकम्बसंग चौथो विकेटको लागि ५३ रनको साझेदारी गरे। मार्श ५४ रन ( ७० बलमा ४ चौका ) बनाएर कुलदिप यादबको बलमा क्याच समातिन पुगे।

पाँचौ विकेटको लागि ह्यान्ड्सकम्ब र मार्कस स्टोइनिसले ७० रनको साझेदारी गर्दै टिमको योगफल २५० गराए। ह्यान्ड्सकम्ब ६१ बलमा २ छक्का र ६ चौका बनाएर आउट भए। छैठौं विकेटको लागि स्टोइनिस र ग्लेन म्याकस्वेलले अविजित ३२ रनको साझेदारी गरे।

स्टोइनिसले ४३ बलमा २ चौका र २ छक्का प्रहार गरे भने म्याक्स्वेल ११ रन बनाएर अविजित रहे।

भारतको लागि भुवनेश्वर कुमार ( १०-०-६६-२ ) र कुलदिप यादब ( १०-०-५४-२ ) ले २/२ विकेट लिए भने रभिन्द्र जडेजाले १ विकेट ( १०-०-४८-१ ) लिए।

३ एकदिवसीयको सिरिज अन्तर्गत दोश्रो खेल जनवरी १५ तारिकमा एडलेडमा खेलिनेछ भने तेश्रो खेल जनवरी १८ तारिकमा खेलिनेछ। एकदिवसीय सिरिज अघि ४ टेस्टको सिरिज भारतले २-१ ले जितेको थियो भने ३ वटा टि-२० को सिरिज १-१ को बराबरीमा सकिएको थियो।

 





थप समाचार

भारतले फलो-अन जोगाउन सकेन, दोश्रो इनिंग्समा राम्रो सुरुवात

भारतीय महिला टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एकमात्र टेस्टको तेश्रो दिनको खेल समाप्त हुँदा घरेलु टोलि बलियो स्थितिमा रहेको छ। इंग्ल्यान्डले […]

टेस्ट च्याम्पियनसिपको पहिलो दिन टस नभई रद्द, जान्नुस भोलिको मौसम कस्तो हुनेछ

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत पहिलो दिन निराशाजनक अन्त्य भएको छ। इङ्ग्ल्याडको साउथह्याम्पटनमा टेस्टको सुरुवाती दिन […]

कीर्तिमानी ओ ब्रायनद्वारा ओडीआई क्रिकेटबाट सन्यास

आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। क्रिकेट आयरल्याण्डले शुक्रबार ( जुन १८ ) […]

नामिबिया र स्कटल्याण्ड बिरुद्ध सिरिजको लागि प्रारम्भिक नेपाली टिमको घोषणा

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत स्पेनमा आयोजना हुने नेपाल, नामिबिया र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि २० सदस्यीय […]

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल अघि थाहा पाउनुस १० महत्वपूर्ण जानकारी

इंग्ल्यान्डको साउथह्याम्प्टनमा आज आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलिंदैछ। टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक भारत र न्युजिल्यान्ड उपाधिको लागि प्रतिस्पर्धा […]

मन्धना र वर्माको कीर्तिमानी साझेदारी पछि इंग्ल्यान्डको उत्कृस्ट पुनरागमन

भारतीय महिला क्रिकेट टिमको इंग्ल्यान्ड भ्रमण अन्तर्गत एक मात्र टेस्ट अन्तर्गत दोश्रो दिनको खेल समाप्त भएको छ। इंग्ल्यान्डले पहिलो इनिंग्समा […]