IPL : वार्नरलाई उछिन्दै रोहितले बनाए ठूलो कीर्तिमान



मुम्बई इन्डीएन्सका कप्तान रोहित शर्माले बुधबार कोलकाता नाइट राइडर्स बिरुद्ध आईपीएल २०२० मा पहिलो अर्धशतक बनाउने क्रममा नयाँ कीर्तिमान बनाएका छन्। खेलमा उनले ५४ बलमा ६ छक्का र ३ चौका प्रहार गर्दै ८० रन बनाए जुन क्रममा लिगमा ३७ औं अर्धशतक बनाए।

८० रन बनाउदै रोहित लिग इतिहासमै एकै टिम बिरुद्ध सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका छन्। यस क्रममा उनले सनराइजर्स हैदरावादका कप्तान डेभिड वार्नरलाई पछि पारेका छन्।

लिगमा रोहितले कोलकाता बिरुद्ध २६ खेलमा कुल ९०४ रन बनाएका छन्। यस क्रममा उनले ४७.५७ को औशत र १३४.९२ को स्ट्राइक रेटले १ शतक र ६ अर्धशतक प्रहार गरेका छन्। एकै टिम बिरुद्ध दोश्रो धेरै रन बनाउने ब्याट्सम्यान वार्नरले कोलकाता बिरुद्धनै २१ खेलमा २ शतक र ४ अर्धशतक प्रहार गर्दै ८२९ रन बनाएका छन्। बिराट कोहलीले दिल्ली क्यापिटल्स बिरुद्ध ८२५ रन, सुरेश रैनाले पन्जाब बिरुद्ध ८१८ रन तथा मुम्बई बिरुद्ध ८१८ रन बनाएका छन्।

रोहित आईपीएलमा मुम्बईको लागि सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान पनि हुन् उनले १४५ औं खेल खेल्ने क्रममा १ शतक र २९ अर्धशतक प्रहार गर्दै ३,८२० रन बनाएका छन्। काइरन पोलार्डले दोश्रो धेरै २,७८६ रन बनाएका छन्।

रोहितले पुरा गरे २०० औं छक्का, इतिहासकै चौथो ब्याट्सम्यान

खेलमा ६ छक्का प्रहार गरेका रोहित आईपीएल इतिहासमा २०० औं छक्का प्रहार गर्ने मात्र चौथो ब्याट्सम्यान बनेका छन्। रोहितले १९४ छक्का प्रहार गरेका सुरेश रैनालाई पछि पार्दै चौथो धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका हुन्।


क्रिस गेलले लिगमा सर्वाधिक छक्का प्रहार गरेका छन्। युनिभर्स बोसले १२५ खेलमा ३२६ छक्का प्रहार गरेका छन्। दोश्रो ए बि डी भिल्लीयर्सले २१४ छक्का तथा तेश्रो धेरै महेन्द्र सिंह धोनीले २१२ छक्का प्रहार गरेका छन्। बिराट कोहलीले १९० तथा डेभिड वार्नर र शेन वाटसनले १८१ छक्का प्रहार गरेका छन्। काइरन पोलार्डले १७७ छक्का प्रहार गरेका छन्।

५ हजार रन नजिक रोहित 

कोलकाता बिरुद्ध ८० रनको इनिंग पछि लिगमा ४,९९० रन बनाएका रोहित ५ हजार रन पुरा गर्न मात्र १० रन पर छन्। लिग इतिहासमा ५ हजार रन पुरा गर्ने ब्याट्सम्यान बिराट कोहली र सुरेश रैना मात्र हुन्। बिराटले ५,४२६ रन तथा रैनाले ५,३६८ रन बनाएका छन्।

IPL : आउट दिएको निर्णय अम्पायरले फिर्ता लिएपछि

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

विदेशी लिगमा सन्दिपको १० व्यक्तिगत कीर्तिमान

देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई





थप समाचार

पृथु र आदील चम्किदा बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको लक्ष्य

काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन समुह ‘बि’ अन्तर्गतको खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा […]

बिशालले ह्याट्रिक लिंदा प्रदेश-१ १०२ रनमै सिमित

देब्रे हाते स्पिनर बिशाल पौडेलले ह्याट्रिक लिंदा गण्डकी प्रदेशले प्रदेश-१ लाई १०२ रनमै सिमित गरेको छ। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय […]

प्रम कप : आज दुईवटा खेलहरु हुँदै

काठमाण्डौमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिन दुईवटा खेलहरु हुनेछन्। टियु मैदानमा समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश […]

प्रम कप : सुरजको कप्तानीमा प्रदेश-२ को टिम घोषणा

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश-२ ले टिम सार्वजनिक गरेको छ। सुरज प्रसाद कुर्मीले कप्तानी गर्ने टिममा […]

बिग ब्यास मेलबर्न डर्वी : रेनिगेड्सलाई सहजै हराउँदै स्टार्स अंकतालिकाको तेस्रो स्थानमा

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ४२ औं खेलमा ग्लेन म्याक्स्वेल कप्तानीको मेलबर्न स्टार्सले एरोन […]

प्रम कप : आर्मीको दोश्रो जित

कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार दोश्रो जित दर्ता गरेको छ। […]