तेश्रो दोहोरो शतक बनाउदै रोहितले कायम गरे नयाँ इतिहास



  • विकेटनेपाल, २७ मङ्सिर 

भारतीय क्रिकेटर रोहित शर्माले करियरको तेश्रो दोहोरो शतक प्रहार गरेका छन्।

श्रीलंकासंग जारि एकदिवसीय शृंखला अन्तर्गत दोश्रो एकदिवसीयमा ओपनिंग ब्याटिंग गरेका रोहितले अविजित २०८ रन बनाउदै बिश्व क्रिकेटमा तेश्रो दोहोरो शतक बनाउने किर्तिमान बनाएका छन्।

रोहित एक्लैले २०८ रन बनाएपछि भारतले पहिलो इनिंगमा ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट मात्रै गुमाई ३९२ रन बनाएको छ। भारतको लागि डेब्यु गरेका श्रेयस ऐएरले ८८ रन योगदान दिए भने शिखर धवनले ६८ रन बनाए। धोनी ७ रन तथा हार्दिक पाण्डे ८ रन बनाएर आउट भए।

बिराट कोहलीको सट्टा खेलमा कप्तानी गरेका रोहितले १५३ बल खेल्दै १३ चौका र १२ छक्का प्रहार गर्दै २०८ रन बनाए। यस क्रममा उनले शिखर धवनसंग पहिलो विकेटको लागी ११५ रनको, दोश्रो विकेटको लागि ऐएरसंग २१३ रनको साझेदारी गरेका थिए।

पहिलो ५० रन पूरा गर्न रोहितले  ६५ बल लगाएका थिए भने १०० रन ११५ बलमा पूरा गरेका थिए। त्यसपछि आफ्नो गेर परिवर्तन गरेका रोहितले १५० रन १३३ बलमा पूरा गरेका थिए भने खेलको अन्तिम ओभरमा दोहोरो शतक पुरा गर्न उनले १५१ बल लगाएका थिए।

४९ ओभर सकिंदा रोहितको स्कोर १९१ रन थियो। ५० औं ओभरको पहिलो बलमा थिसारा परेराको बलमा छक्का प्रहार गरेका रोहितले दोश्रो बलमा २ रन लिंदै स्कोर १९९ पुर्याएका थिए। लगत्तै तेश्रो बलमा २ रन लिंदै रोहितले ऐतिहासिक दोहोरो शतक पूरा गरेका थिए। दोहोरो शतक पूरा गरेपछि उनले हावामा उफ्रदै सेलिब्रेट गरेका थिए।

दोहोरो शतक बनाउने ब्याट्सम्यानहरु 

एकदिवसीय क्रिकेटमा पहिलो पटक सन २०१० मा सचिन तेन्दुलकरले दक्षिण अफ्रीका बिरुद्ध पहिलो पटक दोहोरो शतक ( २००* ) पूरा गरेका थिए। त्यसपछि बिरेन्द्र सेहवागले सन २०११ मा वेस्ट इन्डिज बिरुद्ध दोहोरो शतक ( २१९ ) पूरा गरेका थिए। सन् २०१३ मा रोहित शर्माले अस्ट्रेलियाबिरुद्ध २०९ रनको इनिंग खेलेका थिए भने २०१४ मा श्रीलंका बिरुद्ध २६४ रनको इनिंग खेल्दै दोश्रो दोहोरो शतक पूरा गरेका थिए। त्यसपछि २०१५ मा क्रिस गेलले जिमबे बिरुद्ध दोहोरो शतक ( २१५ ) प्रहार गरेका थिए। मार्टिन गुप्तिल ले २०१५ मै वेस्ट इन्डिज बिरुद्ध २३७ रनको इनिंग खेलेका थिए।

रोहित शर्माको यो शतक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं दोहोरो शतक हो।

दोहोरो शतकको भिडियो हेर्न- लिंक क्लिक गर्नुस् 

हेर्नुस् फोटोहरु – 

( फोटो – बिसीसीआई )





थप समाचार

पीएसएल : सन्दिप आवद्ध लाहोरको शानदार जित

पाकिस्तान सुपर लिग अन्तर्गत आइतबार राति सम्पन्न ११ औं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध लाहोर कलन्दर्सले कराची किंग्सलाई […]

लिटल फ्लावर प्रिमियर लिग : शारदा र होल्याण्ड विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज भएका खेलमा शारदा विद्या […]

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ। गत वर्ष चैत्र १ गते […]

PSL 2021 : Sandeep Lamichhane joins Lahore Qalandars as a replacement of Rashid Khan

Nepal’s 20-year-old spin prodigy Sandeep Lamichhane departs towards Karachi today at 11:00 PM to participate in the ongoing 6th edition […]

पीएसएल : कप्तान रियाजले उत्कृस्ट बलिंग गर्दा पेशावरको सहज जित

कप्तान वहाव रियाजले उत्कृस्ट बलिंग गर्दा इश्लामावाद युनाइटेडलाई ६ विकेटले पराजित गर्दै पेशावर जाल्मी पाकिस्तान सुपर लिग ( पीएसएल ) […]

महोत्तरीमा अन्तर नगरपालिका क्रिकेट आयोजना हुने

चैत्र २२ गते देखि महोत्तरीमा स्व. विशाल गप्ता एवं स्व. कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको […]