गौतम बुद्ध कप : रोमान्चक खेलमा राप्ती १ विकेटले विजयी



चितवनमा जारि गौतम बुद्ध कप टि-२० प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा बिनोद भण्डारी कप्तानीको राप्तीले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा रोमान्चक खेलमा नारायणीलाई १ विकेटले पराजित गरेको छ।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको नमुना मैदानमा सम्पन्न खेलमा नारायणीले दिएको १३९ रनको लक्ष्य राप्तीले ९ विकेट गुमाएर अन्तिम बलमा भेटायो।

राप्तीको ब्याटिंगमा कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ४१ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। कमल ऐरीले १५ बलमा ३ चौका र १ छक्का मद्दतले अविजित २४ रन बनाए। आसिफ शेखले १४, सुमित महर्जनले १२ रन बनाए। बिनोद भण्डारी र हरि चौहानले समान ४ रन बनाए भने अमित श्रेष्ठले खाता खोल्न सकेनन्।

कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दा एक समय सहज जिततर्फ अघि बढेको राप्तीले ११ औं ओभरमा भुर्तेल आउट भएपछि भने जितको लागि संघर्ष गर्नु पर्यो।

भुर्तेललाई ११ औं ओभरमा किशोर महतोले बोल्ड गरेका थिए। जितको लागि ४३ रन र साथमा ७ विकेट रहेको बेला राप्तीका मध्यक्रमका ब्याट्सम्यानहरुले लगातार विकेट गुमाए। सुमित महर्जन, हरि चौहान, भुवन कार्की र बिनोद भण्डारीले थप १२ रन योगफलमा जोडीदा विकेट गुमाए।

आठौँ नम्बरमा ब्याटिंग गर्न आएका कमल सिंह ऐरीले त्यसपछि एक किनार सम्हाल्दै टिमलाई जिततर्फ डोर्याए। जितेन्द्र मुखिया र अविनाश बोहरा आउट भएपछि जित्न अझै १९ रन र १ विकेट साथमा हुँदा ऐरीले दशौँ विकेटको लागि सुर्य तामांगसंग क्रिजमा जम्दै खेल जिताए।

रोमान्चक बनेको खेलको अन्तिम २ ओभरमा जितको लागि १९ रन आवस्यक हुँदा करन केसीले गरेको १९ औं ओभरमा ऐरीले १ छक्का र २ चौका प्रहार गरेका थिए।

अन्तिम ओभरमा जित्न ४ रन आवस्यक हुँदा नारायणीका फास्ट बलर दिपेश श्रेष्ठले पहिलो ४ बलमा मत्र २ रन खर्चिए। अन्तिम २ बलमा जित्न २ रन आवस्यक हुँदा श्रेष्ठले पाँचौ बलमा डट बल फाले। अन्तिम बलमा जितको लागि २ रन आवस्यक हुँदा श्रेष्ठले फुल टस बल दिए जसलाई अम्पायरले ‘नो बल’ दिए भने बलमा ऐरीले १ रन पनि लिंदै टिमलाई रोमान्चक जित दिलाए।

प्लेयर अफ द म्याच कुशल भुर्तेल

नारायणीको बलिंगमा करन केसीले सर्वाधिक ३ विकेट ( ४-१-२४-३ ) , किशोर महतो ( ४-०-४०-२ ) र सुशन भारि ( ४-०-२९-२ ) ले समान २ विकेट लिए। दिपेश श्रेष्ठ ( ३.५-०-३७-१ ) र शाहब आलम ( ४-२-६-१ ) ले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको थियो।

नारायणीको लागि नवौं नम्बरमा ब्याटिंग गरेका किशोर महतोले सर्वाधिक ३६ रन बनाए जुन क्रममा १४ बलमा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै कप्तान करन केसीले २२ बलमा ३ छक्का र १ चौका मद्दतले ३२ रन बनाए। सुशन भारिले १८, रित गौतमले १३, इशान पाण्डेले १० रन बनाए। आरिफ शेख र सिद्धान्त लोहनीले समान ८ रन बनाए भने सन्दिप जोराले १ रन बनाए।

कमजोर सुरुवात गरेको नारायणीले पहिलो ४ विकेट २८ रनको योगफलमै गुमाउन पुग्यो। राजु रिजाल दोश्रो ओभरमा रन आउट भए जसपछि दोश्रो ओभरमा सन्दिप जोरालाई सुर्य तामांगले क्याच आउट गराए। सातौँ ओभरमा रित गौतमलाई जितेन्द्र मुखियाले आफैद्वारा क्याच आउट गराए भने लगत्तै ओभरमा इशान पाण्डेलाई कमल ऐरीले विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराए।

त्यसपछि पनि नारायणीको विकेट जाने शिलशिला थामिएन। सिद्धान्त लोहनीलाई ११ औं ओभरमा सुर्य तामांगले एलबिडब्लु आउट गरे। १३ औं ओभरमा आरिफ शेखलाई भुवन कार्कीले बोल्ड गरे।

तल्लो क्रममा सुशन भारि, करन केसी र किशोर महतोले आक्रामक सटहरु खेल्दै टिमको योगफल १ सय पार गराए।

किशोर महतोले गरेको १९ औं ओभरमा उनले २३ रन खर्चिए जुन ओभरको पहिलो बलमा करन केसीले छक्का हिर्काए भने त्यसपछि तेश्रो, चौथो र पाँचौ बलमा किशोर महतोले २ छक्का र १ छक्का लगातार प्रहार गरे। अन्तिम ३ ओभरमा नारायणीले ४९ रनको साझेदारी गरे। किशोर र करनले आठौँ विकेटको लागि ४९ रनको साझेदारी गरे। केसी अन्तिम बलमा अविनाश बोहराबाट क्याच आउट भए।

राप्तीको बलिंगमा सुर्य तामांग ( ४-०-२७-२ ) र अविनाश बोहरा ( ४-०-४१-२ ) ले समान २ विकेट लिए भने जितेन्द्र मुखिया, कमल ऐरी र भुवन कार्कीले समान १ विकेट लिए।





थप समाचार

प्रम कप : रोमान्चक खेलमा एपीएफद्वारा आर्मी ६ रनले पराजित, एपीएफ समुह विजेता

त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा […]

प्रम कप : पुलिस सेमीफाइनलमा

समुह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ। […]

अफगानिस्तानको जितमा रहमतको शतक

दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ७ विकेटले आयरल्याण्डलाई पराजित गर्दै अफगानिस्तानले तिन खेलको सिरिज १ खेल अगावै २-० ले जित्न सफल भएको […]

बिग ब्यास : सन्दिपको शानदार प्रदर्शन, होबार्टको प्लेअफ सम्भावना कायमै

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ५२ औं खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरलाई ७ रनले […]

प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ। स्कोरकार्ड, अंकतालिका बागमती प्रदेशले […]

प्रम कप : सुदूरपश्चिमको सान्त्वना जित, प्रदेश-२ को लगातार तेश्रो हार

प्रदेश-१ लाई पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघिनै सुदूरपश्चिम तिनवटा […]