बटलर चम्किदा राजस्थानद्वारा चेन्नाई ७ विकेटले पराजित, चेन्नाई फेरी पुछारमा पुग्यो



युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत सोमबार ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले पराजित गर्दै उत्कृस्ट-४ पुग्ने सम्भावना जिवितै राखेको छ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पछ्यायो।

लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको राजस्थानले पहिलो ३ विकेट २८ रन बनाउदा गुमायो। ११ बलमा ३ चौका प्रहार गर्दै १९ रन बनाएका बेन स्टोक्सलाई दिपक चाहरले तेश्रो ओभरमा बोल्ड गरे। लगत्तै ओभरमा जोश हेजलवुडले रोबिन उथप्पा ( ४ रन ) लाई विकेटकिपर धोनीबाट क्याच आउट गराए। पाँचौ ओभरमा सन्जु स्यामसन खाता नखोली दिपक चाहरको दोश्रो शिकार बन्ने क्रममा धोनीबाट क्याच आउट भए।

चौथो विकेटको लागि कप्तान स्टिभ स्मिथ र जोस बटलरले उत्कृस्ट साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।चौथो विकेटको लागि दुवैले अविजित ९८ रनको साझेदारी गरे।

बटलरले ४८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७० रन तथा स्मिथले ३४ बलमा २ चौका प्रहार गर्दै २६ रन बनाए। बटलरको जारि सिजन यो दोश्रो अर्धशतक हो।

चेन्नाईको बलिंगमा दिपक चाहरले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १८ रन खर्चिए। जोश हेजलवुडले १९ रन खर्चेर १ विकेट लिए। लेग स्पिनर पियुष चावला सबैभन्दा महँगो सावित हुने क्रममा ३ ओभरमा ३२ रन खर्चेर विकेटविहिन रहे। शार्दुल ठाकुर पनि विकेटविहिन रहंदा ४ ओभरमा ३४ रन खर्चिए।

चेन्नाईको ब्याटिंग 

टस जितेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो।

चेन्नाईको ब्याटिंगमा रभिन्द्र जडेजाले सर्वाधिक अविजित ३५ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका प्रहार गरे। महेन्द्र सिंह धोनीले २८, स्याम करनले २२, अम्बाती रायडुले १३, फाफ डु प्लेसीले १० तथा शेन वाटसनले ८ रन बनाए। धोनीले चेन्नाई सुपर किंग्सको लागि ४ हजार रन पुरा गरे।

चेन्नाईको सुरुवात राम्रो हुन सकेन। ओपनर डु प्लेसीलाई तेश्रो ओभरमा आर्चरले क्याच आउट गराए। चौथो ओभरमा वाटसनकार्तिक त्यागिबाट क्याच आउट भए। त्यसपछि ओपनर स्याम करनले अम्बाती रायडुसंग २७ रनको साझेदारी गरे। नवौं ओभरमा करनलाई श्रेयस गोपालले क्याच आउट गराए। लगत्तै ओभरमा रायडुलाई राहुल तेवतियाले क्याच आउट गराए।

१० ओभरमा ५६/४ को अवस्थाबाट कप्तान धोनी र रभिन्द्र जडेजाले अर्धशतकीय साझेदारी गर्दै टिमक योगफल १०० पार गराए। १८ औं ओभरमा २ रन लिने क्रममा धोनीलाई आर्चरले रन आउट गरे। त्यसपछि जडेजाले केदार जाधबसंग १८ रनको साझेदारी गर्दै अविजित रहे।चेन्नाईले अन्तिम ५ ओभरमा १ विकेट मात्र गुमाएता पनि मात्र ३६ रन बनाउन सक्यो।

राजस्थानको बलिंगमा जोफ्रा आर्चर ( ४-०-२०-१ ) , कार्तिक त्यागि ( ४-०-३५-१ ) ,श्रेयस गोपाल ( ४-०-१४-१ ) र राहुल तेवतिया ( ४-०-१८-१ ) ले समान १ विकेट लिए। बेन स्टोक्स ( ३-०-२७-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जितपछि राजस्थान अन्तिम स्थानबाट उक्लदै ८ अंक सहित पाँचौ स्थानमा पुगेको छ। १० खेल खेल्दा राजस्थानले ४ जित र ६ हार रहेको छ।

हारपछि चेन्नाई भने पुनः अंकतालिकामा पुछारमा पुगेको छ जसले १० खेलमा ३ जित र ७ हार बेहोरीसकेको छ। समान ६ अंक रहेता पनि हैदरावाद र पन्जाब नेट रन रेटमा अघि रहँदै छैठौं र सातौँ स्थानमा रहेको छ।

लिग अन्तर्गत चेन्नाईले आगामी खेल मुम्बई बिरुद्ध शुक्रबार तथा राजस्थानले हैदरावाद बिरुद्ध बिहिबार खेल्ने तालिका रहेको छ। मंगलबारको खेलमा किंग्स-११ पन्जाब र दिल्ली क्यापिटल्सले प्रतिस्पर्धा गर्नेछन्।

IPL : अमित मिश्राको स्थानमा दिल्लीले भित्र्यायो अर्को लेग स्पिनर

“शामी ६ वटै बल योरकर गर्नेमा स्पस्ट थिए” पन्जाब कप्तान राहुल

आईपीएल इतिहासमै पहिलो पटक एकै दिन ३ वटा सुपर ओभर

IPL : सिजनमा ५ सय रन पुरा गर्दै राहुलले बनाए ठूलो कीर्तिमान





थप समाचार

‘टस जितेर न्युजिल्यान्डले बलिंग गरे भारत सस्तोमा समेटिनेछ’ – शेन बोन्ड

भारत र न्युजिल्यान्ड बीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधिको लागि जुन १८ तारिख शुक्रबार प्रतिस्पर्धा हुनेछ। इतिहासकै पहिलो टेस्ट च्याम्पियनसिप […]

पाकिस्तान सुपर लिग छोडेर डु प्लेसिस घर फर्कने

दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसीसले युएईको अबुधाबीमा जारि पाकिस्तान सुपर लिगको आगामी खेल नखेल्ने र प्रतियोगिता छाडेर दक्षिण अफ्रीका […]

PSL : सरफराज कप्तानीको क्वेटाको दोश्रो जित

लाहोर कलन्दर्सलाई १८ रनले पराजित गर्दै क्वेटा ग्ल्याडीएटर्सले पाकिस्तान सुपर लिगमा आठौँ खेल खेल्दा दोश्रो जित दर्ता गरेको छ। शेख […]

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको लागि भारतीय टिमको घोषणा

न्युजिल्यान्ड बिरुद्ध १८ जुनमा खेलिने आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको लागि भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले १५ सदस्यीय टोलिको […]

भारत बिरुद्ध टेस्ट च्याम्पियनसिप फाइनलको लागि न्युजिल्यान्ड टिमको घोषणा

भारत र न्युजिल्यान्ड बीच इंग्ल्यान्डमा खेलिने आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा केन विलियमसन न्युजिल्यान्ड टिमको नेतृत्व गर्न उपलब्ध भएका […]

हाईस्कोरिंग खेलमा मुनरो र एहमदको शानदार ब्याटिंग, इस्लामावादको उत्कृस्ट जित

कोलिन मुनरो र इफ्तिखार एहमदले आक्रामक ब्याटिंग गर्दा पाकिस्तान सुपर लिग अन्तर्गत २२ औं खेलमा इश्लामावाद युनाइटेडले ८ विकेटको शानदार […]