राजस्थान र चेन्नाई बीचको खेलमा रेकर्ड वर्षा, यस्ता छन् १० वटा रेकर्ड



मंगलबार राति युएईको शारजाहमा सम्पन्न हाइस्स्कोरिंग खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई १६ रनले पराजित गर्यो। टस हारेर ब्याटिंग गर्दै राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाउन सक्यो। खेलको क्रममा बनेका बिभिन्न १० रेकर्डहरुको चर्चा गरौँ –

१. एकै खेलमा सर्वाधिक छक्का : खेलमा कुल ३३ छक्का प्रहार भए जुन संयुक्त रुपमा लिग इतिहासमै एकै खेलमा सर्वाधिक छक्का हो। यस अघि २०१८ मा बैंगलोर र चेन्नाई बीचको खेलमा पनि समान छक्का प्रहार भएको थियो।

२. सबैभन्दा महँगो २० औं ओभर : चेन्नाई बलर लुंगी एनगिडीले २० औं ओभर बलिंग गर्ने क्रममा ३० रन खर्चिए जुन लिग इतिहासमै २० औं ओभरमा संयुक्त रुपमा सबैभन्दा महँगो ओभर हो। उक्त ओभरमा जोफ्रा आर्चरले ४ वटा छक्का प्रहार गरेका थिए। यसै सिजन किंग्स-११ पन्जाबका बलर क्रिस जोर्डनले दिल्ली क्यापिटल्स बिरुद्ध ३० रननै खर्चेका थिए। २०१७ मा राइजिंग पुनेका फास्ट बलर अशोक डीन्डाले मुम्बई बिरुद्ध ३० रन खर्चेका थिए।

३.पियुष चावला सबैभन्दा बढी छक्का दिने बलर : खेलमा ६ छक्का दिएका पियुष चावला आईपीएल इतिहासमै सबैभन्दा बढी छक्का दिने बलर बनेका छन्। लेग स्पिनर चावलाले कुल १७६ छक्का दिएका छन्। चावला पछि दिल्ली क्यापिटल्सका लेग स्पिनर अमित मिश्राले १७० छक्का दिएका छन्। तेश्रो धेरै हरभजन सिंहले १४२, चौथो धेरै रभीन्द्र जडेजाले १३६, पाँचौ धेरै रभीचन्द्रन आश्विनले १२१ तथा छैठौं धेरै युझभेंद्र चाहलले ११९ छक्का दिएका छन्।

पियुष चावला

४. स्पिनरको रुपमा इतिहासकै चौथो महँगो ओभर : खेलको आठौँ ओभरमा ४ छक्का खर्चदै कुल २८ रन दिएका चावलाको ओभर आईपीएलमा स्पिन बलरको संयुक्तरुपमा चौथो महँगो ओभर हो भने चावलाको लिग करियरकै महँगो ओभर पनि हो। चावलासंगै चौथो स्थानमा अलि मुर्तजाले पनि २०१३ मा २८ रननै खर्चेका थिए। सबैभन्दा महँगो ओभर बलिंग गर्ने स्पिनर राहुल शर्मा हुन् जसले २०१२ मा बैंगलोर बिरुद्धको खेलमा ३१ रन खर्चेका थिए। दोश्रो धेरै ३० रन शुभिल कौशिकले २०१६मा ३० तथा आरोन फिन्चले २०१३ मा २९ रन खर्चेका थिए।

५. पहिलो १२ बलमा ४७ रन , टि-२० क्रिकेट इतिहासकै दोश्रो महँगो : पियुष चावलाले ४ ओभरमा ५५ रन खर्चने क्रममा पहिलो १२ बलमा ४७ रन दिएका थिए। टि-२० क्रिकेटको इतिहासमै यो पहिलो १२ बलमा दिएको दोश्रो धेरै रन हो। यस अघि सर्मद अनवरले त्यो भन्दा बढी रन खर्चेका थिए।

६. संजु स्यामसनको १९ बलको अर्धशतक : ७४ रन बनाउने क्रममा संजु स्यामसनले १९ बलमा अर्धशतक बनाएका थिए जुन राजस्थान रोयल्सको ब्याट्सम्यानले लिगमा बनाएको संयुक्त रुपमा दोश्रो छिटो अर्धशतक हो। यस अघि जोस बटलरले २०१८ मा १८ बलमा अर्धशतक बनाएका थिए। ओवेस शाहले २०१२ मा १८ बलमा अर्धशतक बनाएका थिए। आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने ब्याट्सम्यान केएल राहुल हुन् जसले २०१८ मा १४ बलमा अर्धशतक पुरा गरेका थिए।

७. चेन्नाई बिरुद्ध सबैभन्दा छिटो अर्धशतक : स्यामसनको १९ बलको अर्धशतक चेन्नाई बिरुद्ध संयुक्त रुपमा सबैभन्दा छिटो अर्धशतक हो। यस अघि गत वर्ष केएल राहुलले पनि १९ बलमा चेन्नाई बिरुद्ध अर्धशतक पुरा गरेका थिए। डेभिड वार्नरले २०१५ मा २० बलमा अर्धशतक बनाएका थिए।

८. चेन्नाई बिरुद्ध सर्वाधिक छक्का : खेलमा राजस्थानले इनिंगमा कुल १७ छक्का प्रहार गरेको थियो। यो आईपीएल इतिहासमै चेन्नाई बिरुद्ध कुनै टिमले प्रहार गरेको संयुक्त रुपमा सबैभन्दा धेरै छक्का हो यस अघि २०१८ मा कोलकाताले पनि १७ छक्का प्रहार गरेको थियो।

९. युएईमा सर्वाधिक योगफल : राजस्थानले बनाएको २१६ रन युएईमा खेलीएको अहिलेसम्मकै लिगको खेलहरु मध्ये सर्वाधिक योगफल हो। यस अघि यो रेकर्ड किंग्स-११ पन्जाबको नाममा रहेको थियो जसले २०६ रन बनाएको थियो। यस्तै लिग इतिहासमा राजस्थानको यो चौथो ठुलो योगफल हो। सबै भन्दा ठुलो योगफल २०१० मा उसले चेन्नाई बिरुद्ध २२३ रन बनाउदै बनाएको थियो।

१०. युएईमा छिटो अर्धशतक : राजस्थानका स्यामसनको १९ बलको अर्धशतक युएईमा खेलिएको लिगको खेलमा संयुक्तरुपमा सबैभन्दा छिटो अर्धशतक हो। यस अघि २०१४ मा डेभिड मिलरले पनि १९ बलमा राजस्थान बिरुद्ध अर्धशतक पुरा गरेका थिए। यसै सिजन दिल्लीका मार्कस स्टोइनिसले पन्जाब बिरुद्ध २० बलमा अर्धशतक बनाएका थिए।

IPL : ठूलो लक्ष्यका बाबजुद धोनी किन ७ नम्बरमा ब्याटिंगमा आए ? आफैले बताए कारण

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

IPL : डु प्लेसी र धोनीको आक्रमक इनिंगका बाबजुद चेन्नाई पराजित

क्यानद्वारा पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण , कसले कति तलव पाउनेछन् ?





थप समाचार

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]

एसीसी महिला टी-ट्वान्टी : मलेसियालाई हराउँदै युएई च्याम्पियन

युएईले एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको उपाधि जितेको छ । मलेसियाको किनरारा ओभलमा शनिबार भएको फाइनलमा आयोजकलाई ५ विकेटले हराएर युएईले […]

नेपालको दुर्भाग्य, वर्षाले खेल पुरा नहुँदा युएई एसिया कप खेल्न छनोट

मलेसियामा जारि एसीसी महिला टि-२० प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेल वर्षाका कारण पुरा हुन नपाउदा समुह चरणको प्रदर्शनको आधारमा युएई फाइनल […]

नेपाल हङकङसँग पराजित

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम […]

एसीसी महिला टी-२० च्याम्पियनसिप : आज हङकङ भिड्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो […]