आईपीएल २०२० अन्तर्गत १२ औं खेलमा स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्स र दिनेश कार्तिक कप्तानीको कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्। खेल ७:४५ बजे बाट दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सुरु हुनेछ। लिग अन्तर्गत राजस्थानले खेलेको दुवै खेलमा जित दर्ता गर्ने क्रममा चेन्नाईलाई १६ रनले तथा पन्जाबलाई ४ विकेटले पराजित गरेको थियो। कोलकाताले मुम्बईसंग ४९ रनको हार पछि दोश्रो खेलमा हैदरावादलाई ७ विकेटले पराजित गरेको थियो।
खेलमा राजस्थान रोयल्सले टस जितेर बलिंग रोज्दै कोलकातालाई ब्याटिंगको निम्तो दिएको छ। दुवै टिमले अघिल्लो खेलको अन्तिम-११ मा कुनै पनि परिवर्तन गरेको छैन।
राजस्थानको अन्तिम ११ : स्टिभ स्मिथ ✈️ ( कप्तान ), जोस बटलर ✈️, संजु स्यामसन ( विकेटकिपर ) , रोबिन उथप्पा, राहुल तेवतिया, टम करन ✈️, रियान पराग, श्रेयस गोपाल, जोफ्रा आर्चर ✈️, जयदेव उनदकत, अंकित राजपुत
कोलकाताको अन्तिम ११ : सुनिल नारायण ✈️, शुबमन गिल, दिनेश कार्तिक ( विकेटकिपर, कप्तान ) , नितिश राना, ओएन मोर्गन ✈️, आन्द्रे रसेल ✈️, प्याट कमिन्स ✈️, शिभम माभी,कुलदिप यादव, कमलेश नगरकोटी र वरुण चक्रवर्ती
हेड टु हेड : दुई टोलीबिच हालसम्म २१ पटक प्रतिस्पर्धा भएको छ जसमध्ये दुबै टोलिले समान १०-१० खेल जितेका छन्। एक खेल बिना नतिजामा टुंगिएको थियो। गत सिजन दुबै टोलिले समान एक-एक खेल जितेका थिए जसमा कोलकाताले एक खेलमा ८ विकेटको सहज जित हात पार्दा अर्को खेलमा राजस्थान ३ विकेटले विजयी भएको थियो।
IPL Match 12 : कोलकाताले रोक्ला राजस्थानको अपराजित यात्रा ?
ब्राभो र रायडु खेल्न फिट छन् ? चेन्नाईका सीईओले दिए अपडेट
“जब म्यान अफ द म्याच हुन्थे वहाँ सधै मसंग राति कुरा गर्नुहुन्थ्यो”
प्रशिक्षक पोन्टिङले बताए दिल्लीको पहिलो हारको कारण
दिल्ली कप्तान ऐयरलाई १९ लाख जरिवाना