आईपीएल २०२० अन्तर्गत १५ औं खेलमा बिराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर र स्टिभ स्मिथ कप्तानीको राजस्थान रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन्।
खेलमा टस जितेर ब्याटिंग रोजेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाउदै बैंगलोरलाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
राजस्थानको लागि सिजनको पहिलो खेल खेलीरहेका महिपाल लोमरोरले सर्वाधिक ४७ रन बनाए। ३९ बलमा उनले १ चौका र ३ छक्का हिर्काए। राहुल तेवतियाले अविजित २४, जोस बटलरले २२, रोबिन उथप्पाले १७, जोफ्रा आर्चर र रियान परागले समान १६ रन बनाए।

राजस्थानको सुरुवात अत्यन्त खराब रह्यो। पहिलो विकेटको लागि जोस बटलर र कप्तान स्मिथले २७ रनको साझेदारी गरेपछि तेश्रो ओभरमा इशुरु उडानाले स्मिथलाई ( ५ रन ) बोल्ड गर्दै सफलता दिलाए। १२ बलमा ३ चौका र १ छक्का मद्दतले २२ रन बनाएका बटलर लगत्तै ओभरमा नभदिप सैनीबाट स्लिपमा समातिए। लगत्तै ओभरमा युजभेन्द्र चहलले सन्जु स्यामसनलाई ( ४ रन ) आफैले क्याच समातेर पेभेलियन फर्काए।
३१/३ को अवस्थाबाट रोबिन उथप्पा र यो सिजन पहिलो पटक मौका पाएका महिपाल लोमरोरले ३९ रनको साझेदारी गरे। ११ औं ओभरमा चहलले २२ बलमा १७ रन बनाएका उथप्पालाई उडानाबाट लंग-अफमा क्याच आउट गराए। पाँचौ विकेटको लागि लोमरोरले रियान परागसग ३५ रनको साझेदारी गरे। १८ बलमा १६ रन बनाएर गर्ग उडानाको बलमा फिन्चबाट क्याच आउट भए।
४७ रन बनाएका महिपाललाई १७ औं ओभरमा चहलले क्याच आउट गराउदै तेश्रो शिकार बनाए। उनले ३९ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
सातौँ विकेटको लागि राहुल तेवतिया र जोफ्रा आर्चरले आक्रामक ब्याटिंग गर्दै टिमको योगफल १५० पार गराए। तेवतियाले अन्तिम ओभरमा नभदिपसैनीलाई लगातार २ छक्का हिर्काए।
तेवतियाले अविजित २४ रन बनाए जुन क्रममा १२ बलमा ३ छक्का प्रहार गरे। आर्चरले १० बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए। दुवैले २१ बलमा ४० रनको अविजित साझेदारी गरे।

बैंगलोरको बलिंगमा लेग स्पिनर युजभेन्द्र चहलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए। इसुरु उडानाले २ ( ४-०-४१-२ ) तथा नभदिप सैनीले १ ( ४-१-३७-१ ) विकेट लिए। वासिंगटन सुन्दर ( ४-०-२०-० ) , एडम जाम्पा ( ३-०-२७-० ) विकेटविहिन रहे।
३ विकेट लिएसंगै विकेट संख्या ८ पुर्याएर चहल मोहम्मद शामीलाई पछि पार्दै उनले पर्पल क्याप नाम गरेका छन्। ८ विकेटनै लिएता पनि शामी भन्दा चहलको एभरेज राम्रो रहेको छ।
दुवै टिमले हालसम्म ३ खेल खेल्दा २ जित र १ हार बेहोरेका छन्। नेट रन रेटमा अघि रहँदै राजस्थान पाचौं तथा बैंगलोर छैठौं स्थानमा रहेको छ। पछिल्लो खेलमा बैंगलोरले सुपर ओभरमा मुम्बई इन्डीएन्सलाई पराजित गरेको थियो। राजस्थानले पहिलो २ खेलमा चेन्नाई र पन्जाबलाई पराजित गरेपछि तेश्रो खेलमा राजस्थान कोलकातासंग निराश बन्नुपरेको थियो।
आईपीएल खेल्न युएई उडे स्टोक्स, को संग खेल्ने छन् पहिलो खेल
टि-२० क्रिकेट सुधार गर्न शेन वार्नले दिए ३ सुझाव
IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड
चेन्नाईको लगातार तेश्रो हारपछि धोनीले के भने