टस जितेर राजस्थानले ब्याटिंग गर्ने, यस्तो छ अन्तिम-११



आईपीएल २०२० अन्तर्गत आज शनिवार पहिलो पटक एकै दिन २ खेल हुँदैछ। शेख जायद स्टेडीयममा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स बीच पहिलो खेल हुनेछ जुन दिउसो ३:४५ बजे देखि सुरु हुनेछ। दोश्रो खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स बीच खेलिनेछ जुन ७:४५ बजे राति सुरु हुनेछ।

पहिलो खेलमा राजस्थान रोयल्सले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।

राजस्थानले आफ्नो टिममा एउटा परिवर्तन गरेको छ। फास्ट बलर अंकित राजपुतको स्थानमा देब्रे हाते अलराउण्डर महिपाल लोमरोरलाई स्थान दिएको छ।

राजस्थानको अन्तिम ११ : यसस्वी जैसवाल, जोस बटलर ( विकेटकिपर ) , सन्जु स्यामसन, स्टिभ स्मिथ ( कप्तान ) , राहुल तेवतिया, रियान पराग, टम करन, जोफ्रा आर्चर, श्रेयस गोपाल, महिपाल लोमरोर, जयदेव उनदकत

महिपाल लोमरोरले यो सिजन पहिलो खेल खेल्नेछन्

बैंगलोरले भने अन्तिम ११ म कुनै पनि परिवर्तन गरेको छैन।

बैंगलोरको अन्तिम ११ : देभदत्त पडीक्कल, आरोन फिन्च, बिराट कोहली ( कप्तान ) , एबि डी भिल्लीयर्स ( विकेटकिपर ) , शिभम दुबे, गुरकीरत मान सिंह, इसुरु उडाना, वासिंगटन सुन्दर, एडम जाम्पा, नभदिप सैनी, युजभेन्द्र चाहल

दुवै टिमले हालसम्म ३ खेल खेल्दा २ जित र १ हार बेहोरेका छन्। नेट रन रेटमा अघि रहँदै राजस्थान पाचौं तथा बैंगलोर छैठौं स्थानमा रहेको छ। पछिल्लो खेलमा बैंगलोरले सुपर ओभरमा मुम्बई इन्डीएन्सलाई पराजित गरेको थियो। राजस्थानले पहिलो २ खेलमा चेन्नाई र पन्जाबलाई पराजित गरेपछि तेश्रो खेलमा राजस्थान कोलकातासंग निराश बन्नुपरेको थियो।

आईपीएलमा आज २ खेल, दिल्ली र कोलकाता तथा बैंगलोर र राजस्थान बीच प्रतिस्पर्धा

टि-२० क्रिकेट सुधार गर्न शेन वार्नले दिए ३ सुझाव

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड

चेन्नाईको लगातार तेश्रो हारपछि धोनीले के भने





थप समाचार

अभ्यास खेलमा नेपालको जित

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एक मात्र अभ्यास खेलमा ओन्टारियोको एमएलसीसी-एघारलाई ६९ रनले पराजित गरेको छ। शनिवार विहान […]

स्व. महेन्द्र नारायण निधि प्रदेशस्तरिय क्रिकेट प्रतियाेगितामा सप्तरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज, असार १७ शुकवार राजबिराजमा संचालित महेन्द्र नारायण निधि मधेश प्रदेश स्तरिय क्रिकेट प्रतियाेगिता अन्तर्गत पहिलाे खेलमा सप्तरीले […]

नेपाली क्रिकेट टिमले अस्ट्रेलिया भ्रमण गर्ने

काठमाडौं, असार १५– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट […]

अपन राधेमाईलाई नेक्सस कप क्रिकेट उपाधि

अपन राधेमाई युथ क्लब, वीरगन्जले यू–१६ नेक्सस कप टी–२० क्रिकेट उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनल […]

धेरै भन्दा धेरै अभ्यासको खाँचो छः रुबिना क्षेत्री

अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसिसि महिला टी–२० च्याम्पियन्ससिपमा अभागी टोली बन्यो । […]

नेपालको क्रिकेट विकासमा सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा […]