रुपन्देही सुपर लिग : बुटवल राइनोज विजयी



प्रकाश न्यौपाने, भैरहवा, फागुन १

रुपन्देही क्रिकेट संघको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा शनिबार भएको डिभिजन बी अन्तर्गतको खेलमा बुटवल राइनोजले ज्ञानोदय क्रिकेट क्लबलाई २ रनले पराजित गर्दै जित निकालेको छ ।

टस जितेर ब्याटिङ गरेको बुटवलले निर्धारित ४३ ओभरको खेलमा ४१.५ ओभर खेल्दै सबै विकेट गुमाई १५० रन बनायो । उसका लागि आषिस लोहनीले ३६ र अब्दुल नसिमले २३ रन बनाए । बलिङमा ज्ञानोदयका सुवास विकेले ३ तथा करण विके र प्रशान्त अर्यालले समान २/२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको ज्ञानोदयले ३५.१ बलमा सबै विकेट बनाई १४८ रन बनाउन सक्यो । उसका लागि महेश रानाले ४३ र मनिष पौडेल १९ रन बनाए पनि अन्य ब्याट्सम्यान नचल्दा २ रनले हार बेहोर्यो । बुटवलका ईश्वर खनालले ९ ओभर बलिङ गर्दै १ मेर्डन राखेर २४ रन खर्ची ५ विकेट लिए । उनी म्यान अफ द म्याचसमेत भए । यस्तै अब्दुल नसिमले ३ विकेट लिए ।

आइतबार सैनामैना क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स ११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।





थप समाचार

एलपीएलको अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प धनगढी

धनगढीमा आयोजना हुन गइरहेको विद्यालय स्तरको यु–१९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६)को अटोमोबाईल पार्टनर बिशेष मोटोकर्प प्रा.लि.धनगढी रहने […]

शाहिन अफ्रिदी आईसीसी वर्ष पुरुष क्रिकेटर २०२१ घोषित, कसले जिते के अवार्ड

पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदी सर गारफिल्ड सोबर्स आईसीसीको वर्ष पुरुष क्रिकेटर घोषित भएका छन्। अफ्रिदीले वर्ष २०२१ मा […]

वेस्टइन्डिजका होसेनले तोडे सोमपालको विश्वरेकर्ड

नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामिले सन् २०१४ मा बनाएको विश्वकीर्तिमान वेस्टइन्डिजका अकेल होसेनले तोडेका छन्। सोमपालले सन् २०१४ नोभेम्बर २४ […]

‘गुट-उपगुट पनि पुनरागमन गर्न नसक्नुको कारण’ – अनिल मण्डल

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले राष्ट्रिय क्रिकेट टिम भित्रको तत्कालिन ‘गुट-उपगुट’ पनि पुनरागमन गर्न नसक्नुको कारण […]

२६ फोटोमा हेर्नुस राष्ट्रिय टिम कसरि गर्दैछ विश्वकप छनोटको तयारी

प्रधानमन्त्री कप राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता समाप्त भएपछि नेपाली रास्ट्रिय क्रिकेट टिमले टि-२० विश्वकप छनोटको लागि दोश्रो चरणको प्रशिक्षण थालेको छ। […]

यी हुन् आईपीएल अक्सनमा दर्ता हुने १५ नेपाली खेलाडी, सबैको बोलि नलाग्ने

नेपाल क्रिकेट संघ ( क्यान ) ले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा को अक्सनमा सहभागी हुने १५ जना […]