रुपन्देही सुपरलिग : बुटवल राइनोज डिभिजन ‘ए’मा



प्रकाश न्यौपाने, भैरहवा, फागुन ५

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘बी’को खेलमा बुटवल राइनोजले शंकरनगर क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै डिभिजन ‘ए’ मा प्रवेश गरेको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५२ रनको योगफल बनायो । उसका लागि विराट भण्डारीले ५२ र कृष्ण सेनले २३ रन बनाए । बलिङमा बुटवलका राहुल साहनीले १० ओभरमा १ मेर्डन राख्दै ३६ रन खर्चेर ४ विकेट लिए । यस्तै, अब्दुल नसिम, ईश्वर खनाल र संदीप बश्यालले समान २/२ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवलले ४० ओभरमा ८ विकेटको क्षतिमा १५४ रन बनाउँदै लक्ष्य भेट्टायो । उसको जितमा सन्जु बोहराले २३, राहुल साहनीले २२ र मंजीर भुसालले नटआउट १८ रनको योगदान दिए । बलिङमा शंकरनगरका अखलेस यादवले ३, अमित तामाङ र कृष्ण सेनले समान २/२ विकेट लिए । राहुल साहनी म्यान अफ द म्याच भई पुरस्कृत भए ।

बिहीबार तिलोत्तमा क्रिकेट क्लब र साई ग्लोबल क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।





थप समाचार

काठमाडौँ मेयर कप : दुई सोनुलाई मौका दिंदै बागमती प्रदेश टिमको घोषणा

फाल्गुन २२ गते शनिवार देखि काठमाडौँमा सुरु हुने पहिलो संस्करणको ‘काठमाडौँ मेयर कप’ राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघले […]

रुपन्देही सुपर लिग : अनिल खरेलले ५ विकेट लिंदा वेष्टर्न विजयी, देवदह घटुवा

प्रकाश न्यौपाने, भैरहवा, फागुन २० रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार डिभिजन ‘ए’को खेलमा […]

काठमाडौँ मेयर कपको प्रत्यक्ष प्रशारणको लागि क्यान र डीश मिडिया विच सम्झौता

यही फाल्गुन २२ गते देखि काठमाडौँमा सुरु हुने काठमाडौँ मेयर कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको प्रशारणको लागि नेपाल क्रिकेट संघ र […]

स्पिनर बिरुद्ध कमजोर इंग्ल्यान्ड २०५ मै सिमित

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत चौथो तथा अन्तिम टेस्ट नरेन्द्र मोदी स्टेडियम अहमदावादमा सुरु भएको छ। सिरिजमा भारत २-१ ले अघि […]

पीएसएल रोकियो, खेल नखेली फर्कने भए सन्दिप लामिछाने

पछिलो केहि दिन देखि कोभीड-१९ को बढ्दो पोजेटिभ केसहरुका कारण पाकिस्तानको कराचीमा जारी पाकिस्तान सुपर लिग २०२१ तत्काल लागु हुने […]

एकै खेलमा ह्याट्रिक विकेट र ६ बलमा ६ छक्का, पोलार्डले रचे इतिहास

वेस्टइन्डिजका ब्याट्सम्यान काईरन पोलार्डले घरेलु मैदानमा श्रीलंका बिरुद्ध सम्पन्न पहिलो टि-२० अन्तर्राष्ट्रियमा ६ बलमा ६ वटै छक्का प्रहार गर्दै इतिहास […]