रुपन्देही सुपरलिग : कृष्ण कार्की चम्किदा वेष्टर्न डिभिजन ‘ए’मा



प्रकाश न्यौपाने, भैरहवा, फागुन ९

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन ‘बी’को अन्तिम खेलमा वेष्टर्न क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ४९ रनले पराजित गर्दै डिभिजन ‘ए’मा प्रवेश गरेको छ । यसअघि बुटवल राइनोज, तिलोत्तमा क्रिकेट क्लब र सैनामैना क्रिकेट क्लब ‘ए’ डिभिजनमा प्रवेश गरिसकेका छन् ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ९ विकेटको क्षतिमा १६१ रनको योगफल बनायो । उसका लागि अनिल खरेलले नटआउट २७, देव खनालले २४ र राहुल विकले २३ रन बनाए । बलिङमा गोलपार्कका हेमन्त ओलीले ३ र रिक्की पुनले २ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोलपार्कले ३९.२ ओभरमा सबै विकेट गुमाइ ११२ रन मात्रै बनाउन सक्यो । उसका लागि रिक्की पुनले ३२ र राजेश थापाले १३ रन बनाए । बलिङमा वेष्टर्नका कृष्ण कार्कीले ९ ओभरमा ५ मेर्डन राख्दै ९ रन खर्चेर ४ विकेट लिए । उनी म्यान अफ द म्याच भए । यस्तै, अनिल खरेलले ३ विकेट लिए ।

डिभिजन ‘बी’का खेल सकिएसँगै अब मंगलबारबाट डिभिजन ‘ए’का खेलहरु हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।





थप समाचार

न्याभ कप अस्ट्रेलिया : एक्स्पर्ट सगरमाथालाई उपाधि

अस्ट्रेलियाको नेपाल एसोसिएसन अफ भिक्टोरियाद्वारा आयोजित १६ औं संस्करणको न्याभ कप क्रिकेट प्रतियोगिताको उपाधि एक्स्पर्ट सगरमाथा स्टार्स क्लबले जितेको छ। […]

पीएसएल : सन्दिप आवद्ध लाहोरको शानदार जित

पाकिस्तान सुपर लिग अन्तर्गत आइतबार राति सम्पन्न ११ औं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध लाहोर कलन्दर्सले कराची किंग्सलाई […]

लिटल फ्लावर प्रिमियर लिग : शारदा र होल्याण्ड विजयी

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग अन्तरगत आज भएका खेलमा शारदा विद्या […]

एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक

नेपाली फ़्रेन्चाइज् टि-२० क्रिकेट लिग एभरेस्ट प्रिमियर लिगको चौथो संस्करणको नयाँ मिति सार्वजनिक गरिएको छ। गत वर्ष चैत्र १ गते […]

PSL 2021 : Sandeep Lamichhane joins Lahore Qalandars as a replacement of Rashid Khan

Nepal’s 20-year-old spin prodigy Sandeep Lamichhane departs towards Karachi today at 11:00 PM to participate in the ongoing 6th edition […]

पीएसएल : कप्तान रियाजले उत्कृस्ट बलिंग गर्दा पेशावरको सहज जित

कप्तान वहाव रियाजले उत्कृस्ट बलिंग गर्दा इश्लामावाद युनाइटेडलाई ६ विकेटले पराजित गर्दै पेशावर जाल्मी पाकिस्तान सुपर लिग ( पीएसएल ) […]