राष्ट्रिय महिला क्रिकेट कप्तान रुविनालाई अभिनन्दन

Rubina Chhetry


झापाको कनकाईमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ । सामाजिक गतिविधिमा झापामा क्रियाशील रहेको सुरुङ्गा जेसीजले आफ्नो १२ औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका अवसरमा जेसीजसहित स्थानीय एक दर्जन बढी सामाजिक सङ्घसंस्थाबाट क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गरिएको हो ।

झापा जिल्लालाई कर्मथलो बनाएर खेलकूद विधाको क्रिकेटबाट देशकै नाम चिनाउन सफल भएको भन्दै क्षेत्रीलाई अभिनन्दन गरिएको बताइएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारीमा रहनुभएकी रुविनालाई कनकाईमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, झापा क्षेत्र नं ४ का निवर्तमान सङ्घीय सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीरा थापालगायतले अभिनन्दन गर्नुभएको हो ।

झापाको मेचीनगर–१० निवासी क्षेत्रीले खेल क्षेत्रको माध्यमबाट देश विदेशमा समेत पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरूप नौमती बाजासहित अभिनन्दन गरिएको उत्कृष्ट नागरिक छनोट समितिका संयोजक सुरुङ्गा जेसीजका पूर्वअध्यक्ष जीवन तिम्सिनाले बताउनुभएको छ । छनोट समितिमा तिम्सिनासहित सुरुङ्गा जेसीजका पूर्वअध्यक्षद्वय सरला पोखरेल र भीम भट्टराई सदस्य रहेको समितिले यस वर्षको सुरुङ्गा जेसीजको उत्कृष्ट नागरिकका पमा क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गर्ने निर्णय गरेको बताइएको छ । सुरुङ्गा जेसीजबाट पाएको यो सम्मानले खेल क्षेत्रमा थप ऊर्जा मिलेको क्रिकेटर क्षेत्रीले बताउनुभएको छ । ( रासस )





थप समाचार

लो स्कोरिंग खेलमा पुलिस ३ विकेटले विजयी, आर्मीका आलमले लिए ७ विकेट

नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कपमा दोस्रो जित हात पारेको छ । विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित […]

नन्दन र ज्ञानेन्द्रको अर्धशतकमा बागमतीद्वारा एपीएफलाई २३४ रनको लक्ष्य

काठमाडौँमा जारि काठमाडौँ मेयर्स कप एकदिवसीय प्रतियोगिता अन्तर्गत चौथो दिन टियु मैदानमा जारि खेलमा बागमती प्रदेश र एपीएफ क्लब प्रतिस्पर्धा […]

पुलिसका स्पीनर चम्केपछि आर्मी ८७ रनमा अलआउट

काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ अन्तर्गत मुलपानी क्रिकेट मैदान नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल भइरहेको छ […]

धोनी आवद्ध ब्राण्ड ‘सेभेन’ ईपिएलसंग जोडियो

भारतीय स्पोर्ट्सवेयर कम्पनि ‘सेभेन’ ले आगामी सिजनको एभरेस्ट प्रिमियर लिग ( ईपिएल ) को सह प्रायोजन गरेको छ।  ईपिएल यो […]

सोमपाल र शाहब चम्किदा आर्मीद्वारा काठमाडौँ मेयर्स-११ पराजित

सोमपाल कामि र शाहब आलमले उत्कृस्ट प्रदर्शन गर्दा सन्दिप लामिछाने कप्तानीको काठमाडौँ मेयर्स-११ लाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले काठमाडौँ […]

शाहब आलम चम्कदा काठमाडौं मेयर-११ १५५ रनमा अलआउट

काठमाडौँमा जारि काठमाडौँ मेयर्स कप २०७७ अन्तर्गत हाल तेस्रो दिनको एकमात्र खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर-११ […]