भुवनको अर्धशतकीय पारि मदतले वेस्टर्नको जित : रुपन्देही सुपर लिग



  • विकेटनेपाल-भैरहवा, २१ माघ ।

भैरहवामा जारी रुपन्देही सुपर लिग अन्तर्गत ‘ए’ डिभिजनको समूह ‘सी’ को शुक्रबार भएको खेलमा बुम एमसिसी भैरहवालाई वेस्टर्न क्रिकेट क्लब बुटवलले ७२ रनले पराजित गरेको छ।

टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टर्नले निर्धारित ३५ ओभरको खेलमा ३४.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो। लक्ष्य पछ्याउँदै जवाफमा मैदान छिरेको बुमले २९ ओभरमा अलआउट हुँदै १ सय १३ रन मात्रै बनाउन सक्यो ।

वेस्टर्नका लागि भुवन पाण्डेले ६२, किरण पाण्डेले २२ रनको योगदान दिए । बलिंगमा एमसिसीका रोशनलाल गुप्ताले ३, राहुल चौहान २, तुलबहादुर थापा २ विकेट लिए ।

एमसिसीका लागि अनिल जैसवारले ३८ तथा तुलबहादुर थापाले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। बलिंगमा वेस्टर्नका लागि राहुल बिश्वकर्माले ३, जगत क्षेत्री, विक्रम भुसाल, सुभाष वि.क.ले २/२ विकेट लिए । खेलको म्यान अफ द म्याच वेस्टर्नका भुवन पाण्डे घोषित भए l

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार समूह डिमा रहेका शिवशक्ति क्रिकेट क्लब भैरहवा र बुद्ध क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी प्रतियोगिता फागुन ४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृस्ट खेलाडीले १० हजार, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

EPL : कस्तो छ डिफेन्डिङ च्याम्पियन ललितपुर, कमजोर र बलियो पक्ष यस्ता छन्

सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिगको चौंथो संस्करणमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स उपाधि रक्षा गर्ने लक्ष्यका साथ […]

IPL : हैदरावादलाई सहजै पराजित गर्दै दिल्ली शिर्षमा

सनराइजर्स हैदरावादलाई सहजै ८ विकेटले पराजित गर्दै दिल्ली क्यापिल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा पुगेको छ। युएईमा जारि लिगको दुबई अन्तर्राष्ट्रिय […]

चलेन हैदरावादको ब्याटिंग, दिल्लीलाई सामान्य लक्ष्य

आईपीएलको युएईमा जारि दोश्रो फेज अन्तर्गत लिगको ३३ औ खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गरिरहेका छन्। दुबई अन्तर्राष्ट्रिय […]

क्रिकेटर भण्डारी र संचारकर्मी अर्याल विवाह बन्धनमा बाँधिने

राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारी र संचारकर्मी सोनीका अर्याल विवाह बन्धनमा बाँधिने भएका छन्। भण्डारी र अर्याल […]

आईसीसी नयाँ ओडीआई वरियतामा सन्दिपको फड्को

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले पुनः फड्को […]

IPL : दिल्ली बिरुद्ध हैदरावादले पहिले ब्याटिंग गर्दै, यस्तो छ दुवै टिमको अन्तिम-११

युएईमा जारी दोश्रो फेजको आईपीएल अन्तर्गत लिगको ३३ औं खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय […]